कोरोनाबाट बच्न घुमफिर सेवा प्रणाली लागू
नेपालबहस संवाददाता
असोज १६, २०७७ शुक्रबार १४:११:४६
१६ असोज, कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय तौलिहवाले यहाँ रोमिङ अर्थात् घुमफिर सेवा प्रणाली लागू गरेको छ । कोरोना भाइरसको महामारीका समयमा सेवाग्राहीलाई सेवा लिन सहज होस् भन्ने उद्देश्यले प्रशासनले घुमफिर प्रणाली लागू गरेको हो ।
प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार जिल्लाका १० स्थानीय तहका सर्वसाधारणले तोकिएको बारमा सेवा लिन सक्नेछन् । साताको छ दिन सबै पालिकाका नागरिकले सेवा लिँदै आए पनि कोरोनाबाट बच्न र बढी भीडभाड हुन नदिन प्रशासनले बार तोकेर सेवा दिन लागेको हो ।
प्रशासनका अनुसार आइतबार र बुधबार बुद्धभूमि र कपिलवस्तु नगरपालिकाका सेवाग्राहीले सेवा लिन पाउनेछन् । सोमबार र बिहीबार महाराजगञ्ज नगरपालिका र मायादेवी गाउँपालिकाका सेवाग्राहीलाई समय तोकिएको छ भने शुद्धोधन र यशोधरा गाउँपालिकाका सेवाग्राहीलाई मंगलबार र शुक्रबार समय तोकिएको छ । जिल्लामा इलाका प्रशासन कार्यालय चन्द्रौटा र इलाका प्रशासन कार्यालय वाणगङ्गाबाट पनि सेवा प्रवाह भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘नियत सफा राखौँ, आचारण सुधारौँ’
असोज ९, २०८१ बुधबार
सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा इमानदारिता चाहिन्छ : मुख्यमन्त्री आचार्य
असोज ८, २०८१ मंगलबार
लुम्बिनी विकास कोषका सदस्य–सचिव र कोषाध्यक्षमाथि आक्रमण
असोज ८, २०८१ मंगलबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार