भक्तपुरमा बसभित्रै १७ बर्षीया किशोरीमाथि सामूहिक बलात्कार
नेपालबहस संवाददाता
असोज १८, २०७७ आइतबार २०:१५:१८
१८ असोज, भक्तपुर । बसभित्रै भक्तपुरमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । भक्तपुर नगरपालिका–८ कालाँचामा १७ बर्षीया किशोरीमाथि ३ जना युवाहरुले बलात्कार गरेका प्रहरीले जनाएको छ ।
रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा ३ ख २६१२ नम्बरको बसमा ३ जनाले सामूहिक बलात्कार गरेका थिए । बलात्कार गरेपछि तीनै जना युवा फरार भएका थिए भने किशोरीले प्रहरीमा पुगेर जाहेरी दिएकी थिइन् ।
महानगरीय प्रहरी वृत जगातीका डिएसपी राजेश थापाका अनुसार किशोरीको उजुरीपछि सिन्धुपाल्चोक साँगाचोकगढी–१० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ घर भएका सुर्य श्रेष्ठ पक्राउ परेका छन् । एक जना भने फरार छन् ।
यसरी भयो बलात्कार
शनिबार किशोरी रत्नपार्कबाट भक्तपुरका लागि गाडी चढेकी थिइन् । गाडी चढेर उनी भक्तपुर डेरा हिडेकी थिइन् । तर उनलाई बाटैमा गाडीका खलासी समेत रहेका बलात्कारी युवाहरुले चक्लेट भन्दै बेहोस हुने ट्याब्लेट खुवाएका थिए ।
युवती बसको सीटमै बेहोस भइन् । भक्तपुरको कालाचाँमा सबै यात्रु सीटबाट झरे । बस एकान्तमा लिएर रोकेपछि खलासी, उनका साथीहरुसहित ३ जनाले किशोरीमाथि पालैपालो बलात्कार गरेका थिए । बलात्कार गर्दै गर्दा युवती होशमा आएपछि भने बलात्कारी युवा त्यहाँबाट फरार भएका थिए ।
बलात्कारी फरार भएपनि उनले नजिकैको प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीका अनुसार ती किशोरी र बसका खलासी समेत रहेका बलात्कारी युवाहरुबीच पहिलेदेखि नै चिनजान रहेको अनुमान गरिएको छ ।
पक्राउ परेका दुई जनामाथि अनुसन्धान चलिरहेको र फरार भएकाको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जेठ १८, २०८१ शुक्रबार
अनलाईन मार्फत ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेठ १८, २०८१ शुक्रबार
कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
जेठ १७, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार