सम्झनाको हत्या अघि नै बलात्कारी राजेन्द्रलाई जोगाउने ६ जना पक्राउ
नेपालबहस संवाददाता
असोज २०, २०७७ मंगलबार १८:३९:२५
२० असोज, बझाङ । १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका राजेन्द्र बोहराले गरेको पहिलो बालात्कारको घटना मिलापत्र गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मिलापत्र गर्ने मष्टा गाँउपालिकाका ६ जनालाई सोमबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा २४ वर्षीय झलक दमाई, ४५ वर्षीय लालबहादुर बोहरा, ५७ वर्षीय धनचढी बोहरा, ४५ वर्षीया थमकला दमाई, ५७ वर्षीय पिरू दमाई र ५५ वर्षीय गल्फे बोहरा छन्।
उनीहरूले गत साउन २९ गते १४ वर्षीया बालिकामाथि बलात्कार भएको घटनालाई मिलापत्र गराएका थिए। घटना बाहिर आउन नदिन उनीहरूले पीडित र राजेन्द्र बोहरा पक्षबीच साउन ३१ गते मिलापत्र गराएका थिए। मिलापत्रमा दुई पक्षका तीन जनाले हस्ताक्षर गरेका थिए भने राजेन्द्रले बालिकाको खुट्टामा पाँच सय रुपैयाँ राखेर ढोगेको समेत खुलेको थियो।
त्यसरी मिलापत्र गराएको एक महिनापछि बोहराले असोज ७ गते बुधबार सोही ठाँउकी १२ वर्षीया सम्झना बिकको बलात्कार पछि हत्या गरेका थिए।
अहिले उनी प्रहरी हिरासतमा छन्। सम्झना बिकमाथि बलात्कारपछि हत्या गरेको घटनामा पक्राउ परेका बोहरामाथि अनुसन्धान गर्दा साउन २९ गतेको घटना बाहिरिएको हो।
मिलापत्र गर्नेहरूमाथि पनि अहिले अनुसन्धान भइरहेको बझाङका डिएसपी रूपक खड्काले जानकारी दिएका छन् । पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जेठ १८, २०८१ शुक्रबार
अनलाईन मार्फत ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेठ १८, २०८१ शुक्रबार
कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
जेठ १७, २०८१ बिहिबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
विधिको शासन सञ्चालनका लागि तीन अङ्गबीच समन्वय जरुरीः सभामुख घिमिरे
जेठ १९, २०८१ शनिबार
‘बेहुली फ्रम मेघौली’ को पोस्टर सार्वजनिक, ट्रयाकटर चलाउदै स्वस्तिमा
जेठ १९, २०८१ शनिबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप तीन दिन बन्द
जेठ १९, २०८१ शनिबार
चुरे संरक्षण पदयात्रा टोलीद्वारा काठमाडौंमा र्याली
जेठ १९, २०८१ शनिबार
हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी
जेठ १९, २०८१ शनिबार
अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी
जेठ १९, २०८१ शनिबार