शिक्षिकामाथि नै बलात्कार प्रयास, अश्लील हर्कत गर्ने शिक्षक प्रहरी हिराशतमा !
नेपालबहस संवाददाता
असोज २१, २०७७ बुधबार २३:५९:१९
२१ असोज, दाङ । समाजमा शिक्षकलाई सबैभन्दा उच्च श्रेणाीको व्यक्ति मानिन्छ । डाक्टर र इन्जिनियर आफ्नो पेशागत काममा उत्कृष्ट मानिएपनि गाउँघर वा शहर बजारमा शिक्षकलाई विवेकी र समाजको अग्रणी व्यक्तिका रुपमा दर्जा दिइन्छ् ।
तर सबै शिक्षक उस्तै कहाँ हुन्छन् र ? दाङमा शिक्षिकालाई यौनांग देखाउँदै जिस्किने बानी परेका शिक्षक प्रहरी हिराशतमा परेका छन् । सहकर्मी महिला शिक्षकलाई यौनांग देखाउने जस्तो अश्लिल हर्कत गर्ने घोराहीमा रहेको सिद्धार्थ एकेडेमीमा कार्यरत शिक्षक शिवकुमार रानालाई प्रहरीले पक्राउ गरेर हिराशतमा लिएको हो ।
आरोपित शिक्षकले पटक–पटक सहकर्मी महिला शिक्षकलाई गलत नियतले अश्लिल क्रियाकलाप गरेपछि ती शिक्षिकाले भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । पछि उनले प्रहरीमा समेत उजुरी दिएपछि अश्लील हर्कत गर्ने शिक्षक पक्राउ परेका हुन् ।
शिक्षक रानाले एक्लै भएको बेला बलात्कार प्रयास गर्नका लागि यौनांग देखाउने जस्तो अश्लील हर्कत गर्ने गरेको पीडित शिशिक्षकाले बताएकी छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काका अनुसार पक्राउ परेका शिक्षकमाथि अनुसन्धान शुरु गरिएको छ । मुलुकी अपराध संहिताका अनुसार सार्वजनिक स्थलमा यौनांग देखाउनेलाई ६ महिना कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
शिक्षिकामाथि अश्लील हर्कत गर्ने राना पक्राउ परेपछि सिद्धार्थ एकेडेमीले पनि उनलाई बर्खास्त गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जेठ १८, २०८१ शुक्रबार
अनलाईन मार्फत ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेठ १८, २०८१ शुक्रबार
कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
जेठ १७, २०८१ बिहिबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
मुगुमा यार्सागुम्बा संकलनमा गएका तीन जनाको मृत्यु
जेठ १९, २०८१ शनिबार
चीनमा खाद्य सुरक्षा कानुन लागु
जेठ १९, २०८१ शनिबार
नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने
जेठ १९, २०८१ शनिबार
माछापुच्छ्रे बैंकद्धारा सल्यानको विद्यालयमा खानेपानी ट्याङ्की निर्माण
जेठ १९, २०८१ शनिबार
काठमाडौं महानगरले करारमा २४१ नगर प्रहरी भर्ना गर्दै
जेठ १९, २०८१ शनिबार