घरमा दाईले बलात्कार गरेपछि शहर आइन्, बसभित्रै सामूहिक बलात्कारमा परिन !
नेपालबहस संवाददाता
असोज २१, २०७७ बिहिबार १:५०:७
२१ असोज, काठमाडौं । जिन्दगी सबै ठीकै चल्दैथ्यो । घरमा आमा थिइन् । दाजु थिए । अनि बहिनी सम्झना । सानो परिवार पाल्न धौधाैं भएपनि बुवा खाडी गएका थिए । सिन्धुपाल्चोकको घरमा आमा, दाजु र बहिनीको जिन्दगी आरामसँग चल्दै थियो ।
बढ्दै गरेको उमेरमा सम्झनाको जवानी भरिदै थियो । उनको आफ्नै लक्ष्य थियो । केही गर्ने । ठूलो मान्छे बन्ने । घर परिवारको सास बचाउन बुवा परदेश लागेको उनलाई मन परेको थिएन । तर बाध्यता यस्तै थियो ।
त्यही पनि उनी खुशी थिइन् । बुवा छिट्टै विदेशबाट फर्किने पखाईमा थिइन् । बुवा फर्केपछि सबैजना घरमै हाँसीखुशी बस्ने उनको सोचाई थियो । तर सधै सोचेको जस्तो कहाँ हुन्छ र ?
जब आफ्नै दाईको गिद्धे नजर लाग्यो…
सम्झना हुर्कदै थिइन् । हुर्कदै गरेका उनका कोमल अंग आकर्षक बन्दै थिए । यसले उनलाई राम्री मात्रै होइन, ब्युटिफूल बनाएको थियो । घर छिमेककाले उनलाई राम्री केटी भन्दै जिस्क्याउँथे । घर वरपरका केटाले जिस्क्याउँदा उनलाई मनमा डर बढ्दै गयो ।
तर उनको त्यो डरभन्दा भयानक भएर आफ्नै दाईको गिद्धे नजर आयो । दाईले एकान्तमा छँदा अश्लील कुरा गर्न थाले । घरभित्र हुँदा संवेदनशिल अंग छुन थाले । बाहिर कसैले दुःख दिएमा घर भनिन्छ । कसैले जिस्क्यायो र यौन दुर्यवहार गरे पनि घरमै आमाबुवा र दाईलाई भन्ने गरिन्छ ।
तर यहाँ आफ्नै दाईले यौन दुर्यवहार गर्न थालेका थिए । आमालाई कसरी भन्नु ? उनले भन्न सकिनन् । नभन्दै दाईले एकान्त मौका छोप्न थाले । रातीको समय सम्झना सुतेकै ठाउँमा दाई आउन थाले ।
एकदिन आमा मामाघर गएकी थिइन् । घर दाजु बहिनीको जिम्मा छाडेर आमा मामाघर लागिन् । दाईले यही मौका छोपे । रात परेपछि आआफ्नो ओछ्यानमा सुतेका दाजु बहिनी बिहान बलात्कारी र पीडितसरह भए ।
मध्यरातमा दाईले बहिनीमाथि आक्रमण गरे । बलशाली दाईले सम्झनाको मुख थुनेर बलात्कार गरे । एकपटक होइन, पटक पटक । बेहोस हुने गरी बलात्कार गरे । आफ्ने दाईले बलात्कार गरेपछि सम्झनालाई आफ्नो घर असुरक्षित लाग्न थाल्यो ।
बलात्कारी दाई प्रहरी हिराशतमा परेपछि….
बलात्कार यत्तिमै रोकिएन् । १५ बर्षको उमेरबाट बलात्कार हुन लागेकी सम्झना १७ बर्षको उमेरसम्म बलात्कार भइरहिन् । त्यो पनि आफ्नै दाजुबाट । यो उनका लागि असह्य पीडा थियो । अन्ततः उनले बरु घर छाड्ने तर बलात्कारी दाजुलाई सजाय गराउने प्रण गरिन् ।
शुरुमा यो कुरा उनले आमालाई समेत भनिन् । तर आमाले सुनेर बेवास्ता गरिन् । दाजुको बलात्कार रोकिएन । त्यसपछि उनी प्रहरी कहाँ पुगिन् । प्रहरीले उजुरी पाउनेवित्तिकै पक्राउ गरेर अनुसन्धान थाल्यो ।
सम्झनाको बयानसँगै बलात्कारी दाईले पनि प्रहरी हिराशतमा अपराध स्वीकार गरे । यो उनका लागि ठूलो उपलब्धि थियो । बर्षौदेखि बलात्कार गर्ने दाईलाई उनले जेलको चिसो हावा खुवाउन सफल भइन् । तर यो खुशी उनको धेरैबेर टिकेन् ।
आमाले घरबाट निकालिन्
प्रहरी हिराशतबाट अदालतसम्म पुगेकी उनी खुशी थिइन् । बलात्कारी दाईलाई जेल सजाय हुनेमा ढुक्क थिइन् । अदालतले पनि सम्झनाकै पक्षमा फैसला गर्यो । दाई जेल गए । उनी घर आइन् । तर घरमा उनकी आमा खुशी होइन, दुखी थिइन् ।
अहिलेसम्मकै ठूलो दुःख उनकी आमालाई थियो । छोरा जेल गएकोमा उनले छोरीलाई धिक्कार्न थालिन् । एक दिन होइन, दिनदिनै । उनले घर छाडेर जान समेत भन्न थालिन् । यति भन्दै गर्दा उनलाई घिसारेर घरभित्रबाट बाहिर फालिन् ।
छोरालाई जेल हाल्ने छोरी चाहिदैन भन्दै उनले घरको ढोका बन्द गरिन् । आफूमाथि भइरहेको अपराधबारे बोल्दा उनले झन् ठूलो सजाय पाइन् । घरबाट निकालिएपछि उनले केही दिन स्थानीय दिदीकोमा शरण लिइन् ।
त्यसको केही दिनमा उनै दिदीको हौसलाले उनले काठमाडौंको यात्रा तय गरिन् । अन्त जाने बाटो नभएपछि उनले काठमाडौं आएर धेरै कमाउने अनि सुखको जिन्दगी बाँँच्ने उनको धोको थियो । तर सोचेजस्तो जिन्दगी कहाँ हुन्छ र ?
बसभित्रै सामूहिक बलात्कार
सम्झना काठमाडौं आइन् । गिद्धैगिद्धको शहर भनेर चिनिने काठमाडौंमा उनका संघर्षका दिन शुरु भए । शुरुमा एक गार्मेन्ट उद्योगमा उनले काम थालिन् । तर त्यहाँ धेरै दिन उनी टिक्न सकिनन् । त्यहाँ पनि यौन दुव्र्यवहार हुन थालेपछि उनले त्यो उद्योग छाडिन् ।
अर्को उद्योगमा काम थालिन् । मासिक ५ हजार कमाई थियो । कोठाभाडा र एक्लो ज्यान पाल्ने राशन किन्न मुश्किलले पुगेकै थियो । गार्मेन्टमा काम गर्ने दिदीसँग एकदिन उनी घुम्न भन्दै बजार निस्किइन् ।
रत्नपार्कमा उनीहरुले केही थान लुगा किने । लुगा किनेपछि अलिकति घुमघाम गरेपछि उनीहरु बस चढ्न स्टेशनमा कुरिरहेका थिए । प्यास लागेपछि दिदी पानी किन्न गइन् । तर लामो समय उनी आइनन् । एक्ली रहेकी उनको नजिकै एक युवक आए ।
उनले हातमा पानी बोकेका थिए । सम्झनाले पानी मागिन् । उनले सहजै दिए । पानी खाएपछि उनलाई प्यास मेटिएको आभास भयो । दिदी नआएपछि बस चढ्ने सुरमा थिइन् । ती युवकले नै आफू पनि भक्तपुर जाने भन्दै एउटै बस चढ्न सुझाए ।
बलात्कारमाथि बलात्कार
पानी पिएर बस चढेकी युवती बेहोस भइन् । उनी बेहोसीमै छँदा भक्तपुर पुर्याइयो । पानीमा बेहोस हुने औषधि दिएर भक्तपुर पुर्याउने युवाले उनलाई रातभर बलात्कार गरे । त्यो शुक्रबारको दिन थियो । खोला छेउमा रहेको पुरानो बसभित्र लगेर उनले रातभरी बलात्कार गरेपछि भोलिपल्ट शनिबार बसका चालक र सहचालकको जिम्मा लगाए ।
चालक र सहचालकले आफूले चलाउने बसभित्र लगेर युवतीमाथि फेरि शनिबार रातभरी बलात्कार गरे । उनी शनिबार होसमा आउँदा बसभित्रै थुनेर कपडा खोलेर, मुखमा कपडा हालेर बेहोस हुने गरी बलात्कार गरेका थिए ।
दुई दिनदेखि केही खानेकुरा नखाएकी उनलाई दुई रात लगातार बलात्कार हुँदा बेहोस भएकी थिइन् । उनी बेहोसीमै रहेका बेला बलात्कार भइरहँदा स्थानीयले शंका गरेपछि प्रहरीलाई खबर गरेका थिए ।
लगत्तै आएको प्रहरीले युवतीको बलात्कार गर्ने दुई जनालाई रंगेहात समातेर युवतीको उद्धार गरेको थियो । प्रहरीले पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान गरिरहेको छ । युवतीलाई भने एक संस्थाको जिम्मा लगाएको छ ।
घरमा दाईबाटै बलात्कारमा परेकी उनी बसभित्रै सामूहिक बलात्कारमा परेपछि जीवनबाट निराश भएकी छिन् । यद्यपी केही प्रहरी र सामाजिक परामर्शदाताले उनलाई काउन्सेलिङ गरिररहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जेठ १८, २०८१ शुक्रबार
अनलाईन मार्फत ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेठ १८, २०८१ शुक्रबार
कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
जेठ १७, २०८१ बिहिबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
यमनमा घातक आक्रमणपछि हुथी समुहद्वारा अमेरिकी जहाजमा आक्रमण
जेठ १९, २०८१ शनिबार
च्याम्पियन्स लिग फाइनल : उपाधिका लागि रियल म्याड्रिड र डोर्टमण्ड भिड्दै
जेठ १९, २०८१ शनिबार
शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गरिने
जेठ १९, २०८१ शनिबार
क्यामरा आकृतिको भवन
जेठ १९, २०८१ शनिबार
नेपालगञ्जका विद्यालयमा गर्मी बिदा बढाइयो
जेठ १९, २०८१ शनिबार