कर्णालीका मुख्यमन्त्री शाहीद्वारा शोक व्यक्त
नेपालबहस संवाददाता
असोज २२, २०७७ बिहिबार १५:४८:३०
२२ असोज, कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जाजरकोट जीप दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति शोक व्यक्त गरेका छन । जाजरकोटको जुनीचाँदे गाउँपालिका औंलखोलामा बुधबार भएको जीप दुर्घटनामा परी सो गाउँपालिका–११ का वडाअध्यक्ष अमरबहादुर शाहीसहित पाँच जनाको दुखद् निधन भएको थियो ।
सो घटनाप्रति मुख्यमन्त्री शाहीले भने – जीप दुर्घटनाका कारण जनप्रतिनिधिसहित ठूलो मानवीय क्षति भएको घटनाले प्रदेश सरकारलाई स्तब्ध तुल्याएको छ । उनले सो दुर्घटनामा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली एवम् शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे ।
जुनीचाँदे जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप बुधबार सो गाउँपालिका–१ औलखोलामा दुर्घटनामा परी जुनीचाँदे गाउँपालिका ११ का अध्यक्ष अमरबहादुर शाही, सोही वडाका कृतिबहादुर शाही, खेमबहादुर शाही, वडा नम्बर ५ का मालिका बस्नेत र कृष्णबहादुर शाहीको मृत्यु भएको थियो । दुर्घटनामा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँले उपचारमा कुनै कमी आउन नदिन र बेपत्ताको खोजीमा तीव्रता दिन सम्बन्धित सबैमा आग्रह गरे ।
दुर्घटनाको खबर पाउने बित्तिकै उद्धार, उपचार एवम् सूचना सम्प्रेपणमा सबैलाई मुख्यमन्त्री शाहीले धन्यवाद व्यक्त गरे । सडक दुर्घटनाका कारण वर्षेनी ठूलो सङ्ख्यामा नागरिकको ज्यान गईरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले सडक दुर्घटना रोकथाम र न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न सम्बद्ध सबै निकायलाई आग्रहसमेत गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘संविधानको अक्षरश : पालनाबाट नागरिक अधिकार सुनिश्चित’
असोज ३, २०८१ बिहिबार
बाटो पहिरो आएर भत्किँदा दुई दिनदेखि विद्यालय बन्द
भदौ २९, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार