आइसोलेसन निर्माणको काम सुस्त
नेपालबहस संवाददाता
असोज २२, २०७७ बिहिबार २१:२१:३१
२२ असोज, झापा । झापाको दमक नगरपालिकामा कोरोना भाइरसको सङ्क्रमणको त्रास बढ्दो छ । अहिलेसम्म नगरपालिकामा १८९ जनामा कोरोना सङ्क्रमण देखिसकेको छ ।
तीमध्ये १५५ जना सङ्क्रमित भने उपचारपछि निको भएर घर फर्किसकेका छन् भने एक सङ्क्रमित महिलाको ज्यान गएको छ । वडा नं १ का ५८ वर्षीय सङ्क्रमित एक पुरुषको भने काठमाडौँमा उपचारका क्रममा ज्यान गएको थियो ।
पछिल्ला समय कोरोना सङ्क्रमणबाट नगर प्रमुख रोमनाथ ओलीसहित तीन जना जनप्रतिनिधि उपचाररत छन् । अहिले नगरमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ रहेको छ । तीमध्ये २५ जना होम आइसोलेसनमै उपचाररत रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
दुई दिनअघि यहाँ ३०० जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि कन्काई नगरपालिकाको कोटीहोमस्थित प्रयोगशालामा पठाइएको छ । यसअघि सङ्क्रमण देखिइसकेका व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिको स्वाब सङ्कलन गरिएको छ । नगरपालिकामा व्यवस्थित आइसोलेसन नहुदाँ समस्या भएको छ ।
सङ्घीय सरकारले स्थानीय तहमै कोभिड–१९ विशेष कम्तीमा ३० बेडको आइसोलेसन कक्ष निर्माण गर्न सर्कुलर गरिसकेको भए पनि यहाँ भने अहिलेसम्म छुट्टै आइसोलेसन कक्ष सञ्चालनमा आउन सकेको छैन । आम्दा अस्पतालमा केही आइसोलेसन कक्ष रहेका भए पनि प्राय खाली छैनन् ।
नगरपालिकाले छुट्टै कोरोना विशेष उपचारस्थल र सङ्क्रमितको मृत्यु भइहाले शव व्यवस्थापनका लागि कुनै पूर्वतयारी नगर्दा सङ्क्रमितको उपचार तथा मृत्युपछि हुने अन्त्येष्टि कार्यमा समस्या हुँदै आएको छ ।
नगरपालिकाले कोभिड–१९ को उपचारका लागि वडा नं २ स्थित पुरानो शरणार्थी समन्वय एकाइको कार्यालय रहेको भवन र सशस्त्र प्रहरीको बेलडाँगी–१ स्थित बेस क्याम्प परिसरमा एक महिना अघिदेखि भौतिक पूर्वाधारको व्यवस्था मिलाउने गरी काम अघि बढाए पनि त्यसले अझैसम्म पूर्णता पाउन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी
असार ३, २०८१ सोमबार
कोशी प्रदेशमा दश वर्षमा चट्याङ लागेर दुई सय ५४ जनाले ज्यान गुमाए
असार ३, २०८१ सोमबार
कोशीमा स्वास्थ्य क्षेत्रमा साढे ३ अर्बको बजेट
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार