छोटे गुण्डाको हातै काटिदिने गुण्डा नाइके राधे भण्डारी पक्राउ
नेपालबहस संवाददाता
असोज २३, २०७७ शुक्रबार १५:३१:३९
२३ असोज, काठमाडौं । गुण्डा नाइके राधे भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएपछि जिल्ला प्रहरी कार्यालय, धादिङले राधेलाई पक्राउ गरेको हो ।
डीएसपी लोकनाथ तिम्सिनाका अनुसार बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि पनि उनले अवैध तरिकाले बालुवा निकालिरहेका थिए । जनप्रतिनिधिलाई त्यसलाई रोक्न भनेपछि भण्डारीले धम्की दिएपछि उनलाई पक्राउ गरिएको हो ।
राधेलाई पक्राउ गर्न गाउँपालिकाका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय, धादिङमा उजुरी दिएका थिए । गुण्डा नाइके राधे नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत हुन् । उनी गएको जेठमा पक्राउ परेका थिए ।
राधे नामी गुण्डा नाइके भएपनि ०७० असार २१ मा धादिङबाट काठमाडौंमा फर्किन लागेका अर्का गुण्डा नाइके दिनेश अधिकारी चरीलाई लुकेर गोली हानेका थिए । गोली लागेपनि चरी भने भाग्न सफल भएका थिए । तर त्यसपछि राधेको चर्चा चुलियो । त्यसअघि राधेले चरी समूहका एक जनाको हात नै काटिदिएका थिए ।
धादिङका दुवै गुण्डा नाइकेबीच ठूलो दुष्मनी थियो । तर नेताहरुलाई समेत धम्की दिन थालेका चरीलाई प्रहरीले २०७१ साउन २१ गते भीमढुंगामा इन्काउन्टर गरेको थियो । त्यसपछि यी दुईको दुष्मनी मात्रै सकिएन । त्यसयता धादिङमा राधेको बर्चश्व चलिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा
जेठ ७, २०८१ सोमबार
प्रतिपक्षी दलहरुको निष्कर्ष, सभामुख मर्यादाहीन भए
जेठ ७, २०८१ सोमबार
कृषकलाई अनुदानमा धानको बीउ वितरण
जेठ ७, २०८१ सोमबार
जलेश्वर कारागार जीर्ण, कैदीबन्दीलाई समस्या
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार