सर्ट मुभी एक लभरको फस्टलुक सार्वजनिक
नेपालबहस संवाददाता
असोज २६, २०७७ सोमबार १९:४६:२
२६ असेज, काठमाडौं । सर्ट मुभी एक लभरको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । द सेलिव्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको चलचित्रको आज सामाजिक संजालमार्फत दुईवटा तस्विर सार्वजनिक गरिएको हो । चलचित्रलाई सि.ए. दुर्गाप्रसाद ज्ञवालीले निर्माण गरेका हुन् । समसामयिक प्रेम कथामा आधारित चलचित्रको दुई पोस्टरमध्ये एउटा पोस्टरमा प्रेमिल जोडीको प्रेम भाव प्रस्तुत गराइएको छ भने अर्को पोस्टरमा युवाको भिन्नै चरित्रलाई देखाउन खोजिएको छ ।
निर्माण टिमले चलचित्रको पुर्ण कथा भने अझै सार्वजनिक गरेको छैन । विगत १२ वर्षदेखि सम्पादनको रुपमा काम गर्दै आएका यो चलचित्रका अभिनेता शाहिल खानले चलचित्रमा निकै मिहेनत गरेको बताए । शाहिल खान, अनुपमा भण्डारीलाई फिचर गरिएको पोस्टरलाई टौवा क्रियशनले डिजाइन गरेको हो । यो चलचित्रमा शाहिल खान, अनुपमा भण्डारीबाहेक राज थापा क्षेत्री, सरु माझीको पनि अभिनय देख्न सकिनेछ ।
चलचित्र यतिबेला मुभी फ्याक्ट्रिमा पोस्ट पो्रेड्क्सनको काम भइरहेको छ । एक हप्ता लगाएर छायांकन गरिएको चलचित्रलाई रामजी ज्ञवालीले निर्देशन गरेका हुन् भने आर्यन अधिकारीले सहायक निर्देशकको भुमिका निर्वाह गरेका छन् । फस्टलुक पोस्टरसँगै निर्माण टिमले चलचित्रको रिलिज मिति समेत सार्वजनिक गरेको छ ।
चलचित्रका निर्माता दुर्गा प्रसाद ज्ञवालीले आगामी कात्तिक १७ गते उक्त चलचित्र सार्वजनिक हुने जानकारी गराए । चलचित्र प्रदर्शन गर्नुअघि यो चलचित्रको ट्रेलर र गीत समेत हेर्न सकिने निर्माण टिमले स्पष्ट पारेको छ । छोटो चलचित्र भएपनि यो चलचित्रले आम दर्शकको चाहना अनुसारको विषयवस्तु उठान गरेको निर्देशन रामजी ज्ञवालीले जानकारी दिए । चलचित्रमा निर्देशक रामजी ज्ञवाली र आर्यन अधिकारीको स्क्रिप्ट, स्क्रिनप्ले र डाइलग रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिखिल नयाँ हेयरका साथ पर्दामा फर्किने तयारीमा
असोज ११, २०८१ शुक्रबार
फिल्म ‘नरसिंहाः अवतार’ को शुभ मुहूर्त
असोज १०, २०८१ बिहिबार
फिल्म ‘गुन्यो चोलो’ को रिलिज स्थगित
असोज १०, २०८१ बिहिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार