चालू आर्थिकभित्र पुरानो तुइनको ठाउँमा झोलुङ्गे पुल निर्माण गरिने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक १७, २०७७ सोमबार २०:३९:१०
![](https://nepalbahas.prixacdn.net/media/albums/Rameshwor_7rrBYnoDf4.jpg)
१७ कार्तिक, मकवानपुर । वाग्मती प्रदेशको भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले पुरानो तुइनको ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने प्रदेश सरकारको प्रतिबद्धता रहेको बताएका छन ।
उनले भने प्रदेशका १३ वटै जिल्लामा रहेको पुरानो तुइनलाई विस्थापित गरी उक्त स्थानमा चालू आर्थिकभित्र नै झोलुङ्गे पुल निर्माण गर्ने सरकारको प्रतिबद्धता रहेको बताए ।
“यसका लागि भौतिक पूर्वाधार मन्त्रालयले प्राविधिक टोली जिल्ला÷जिल्लामा खटाइसकेको र प्रतिवेदन आउन बाँकी रहेको छ”, उनले भने, “प्राविधिक प्रतिवेदन आउनसाथ सोही अनुरुप आवश्यक कार्य अगाडि बढाइनेछ ।” मन्त्री फुयाँलले उपत्यकाबाहेक १० जिल्लाको १६ वटा गाउँपालिकामा रहेको खरको छानालाई विस्थापन गरी जस्तापाताको छानो निर्माण गर्ने योजना रहेको पनि जानकारी दिए ।
प्रदेशको आठ जिल्लामा परम्परागतरुपमा रहेको २४ वटा राजकुलोको मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन सम्बन्धित प्राविधिकले निर्माण कार्य शुरु गरिसकेको बताउँदै उनले चालू आर्थिक वर्षभित्र १३ वटा जिल्लाको विभिन्न दुर्गम भेगका जनतालाई सुविधा उपलब्ध गराउने गरी करिब १०० वटा नयाँ पक्की पुलको निर्माणका लागि सम्बन्धित कार्यालयलाई बजेट उपलब्ध गराइसकेको र ती क्षेत्रमा पुलको निर्माण कार्य पनि भइरहेको जानकारी दिए । निर्माण भइरहेको त्यस्ता पुलको अनुगमानका लागि मन्त्रालयबाट मंसिरको पहिलो हप्तामा प्राविधिकसहित टोली पठाइने उनले बताए ।
“प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत रु तीन÷तीन करोड अनुदान रकम सम्बन्धित निर्वाचन क्षेत्रका प्रदेश सभा सदस्यमार्फत उपलब्ध गराइसकिएको छ”, मन्त्री फुयाँलले भने, “वाग्मती प्रदेशको स्थायी राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौंलाई जोड्ने पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग आगामी चार वर्षभित्र सङ्घीय र प्रदेश सरकारको संयुक्त लगानीमा निर्माण कार्य सम्पन्न गर्नका लागि बोलपत्र आह्वान गरिसकेको छ ।” आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निर्माण व्यवसायीलाई ठेक्का सम्झौता गरिने पनि उनले बताए ।
वाग्मती प्रदेश सरकारले प्रदेशको १३ वटै जिल्लामा यसै आर्थिक वर्षभित्रै सम्पन्न गर्नेगरी राष्ट्रिय गौरवको आयोजनाको छनोट गरी निर्माण गर्ने, विभिन्न राजमार्गको सडक विस्तार र कालोपत्र गर्ने तथा कृषि उत्पादनमा वृद्धि र सिँचाइको व्यवस्थापन र नयाँ औद्योगिक क्षेत्र विस्तारका लागि आवश्यक प्रक्रिया पूरा गरी निर्माण कार्य प्रारम्भ भइसकेको पनि उनले स्पष्ट पारे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
असार ११, २०८१ मंगलबार
इच्छाकामनाले बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने
असार ११, २०८१ मंगलबार
भरतपुर महानगरपालिकाले बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन गर्ने
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
अब साउनदेखि सिंहदरबार प्रवेश गर्न 'इ–गेटपास'को व्यवस्था गरिने
असार १२, २०८१ बुधबार
ढल्केबर–इनरुवा प्रसारण लाइन सञ्चालन
असार १२, २०८१ बुधबार
देशका विभिन्न नदीमा पानीको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह
असार १२, २०८१ बुधबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार