ओलीको नकचरोपन
नेपालबहस संवाददाता
कात्तिक २०, २०७७ बिहिबार १९:९:५२
सम्पादकीय
२० कार्तिक, काठमाडौं । संसारमा सबैको ओखती छ तर नकचरोको चाहिं हुँदैन – बूढापाका भन्ने गर्थे । हुनपनि अहिले केपी ओलीको चालामाला त्यस्तै देखिन्छ । प्रधानमन्त्रीको कुर्सीमा विराजमान ओली भन्छन्–अहिले मैले राजीनामा दिन मिल्दैन, दिएँ भने देश बर्बादीतिर जानेछ ।
ओली पार्टीभित्रको रडाकोले यतिबेला पिल्सिएका छन् । उनीमाथि निरंकुशता लाद्न खोजेको आरोप छ । शीर्ष नेताहरु आगो भएका छन् । चरम अल्पमतमा उनी धकेलिएको अवस्था छ । त्यसैले होला उनको सोच अलि खल्बलिएको छ । कहिले भन्छन्– इतिहासमै यो सरकार सबैभन्दा लोकप्रिय छ । मैले जति कसैले काम गरेन ।
ओलीको अभिव्यक्ति किन आउँछ त यस्तो ? बुझ्न कठिन छ । जानकार भन्छन् – दिमागले सायद राम्रो काम गर्न छाडेछ । हुनपनि दुईतिहाई समर्थन प्राप्त भएपनि ओली सरकार सबैभन्दा अस्थिर छ । कतिबेला कस्ले लडाउने हो भन्ने त्रासमा उनी छटपटाइरहेका छन् । त्यसैले गर्दा उनी के बोल्छन् आफैंलाई थाहा छैन । नत्र यस्तो नकचरो कुरा कस्ले पो बोल्न सक्थ्यो होला त ?
पार्टी भित्रको अन्तरद्धन्द्ध चर्किएको बेला ओलीले एउटा सार्वजनिक कार्यक्रममा भने– अहिले मैले राजीनामा दिन मिल्छ त ? उनको प्रश्न राजनीतिक मञ्चमा नभई चिकित्सक र नर्सहरुसँग गरिएको थियो । डाक्टर नर्सले ओलीको प्रश्नको जवाफ दिने कुरै थिएन । बरु आफैंले जवाफ पनि दिए– मिल्दैन, मैले राजीनामा दिएँ भने देश नै खाल्डोमा पर्छ ।
नकचरो ओलीलाई के थाहा ! देश उनले खाल्डोमा हालेको कत्तिको समय बितिसक्यो । जनताका नाममा राजनीति गर्ने तर सत्तामा पुगेपछि तिनै जनतामाथि निरंकुशता लाद्ने ? ओली सरकार सत्तामा आएपछि देशले ठूलो मोल चुकाउनु परेको छ । जनताका लागि ओलीले माखो मारेनन् ।उनको सरकार केवल बिचौलियको सेवा गर्नै तल्लिन रह्यो । भ्रष्टाचार र अनियमितताले चरम रुप लिएको छ । जताततै अभाव र छटपटी छ ।
महामारीका बेलासमेत मन्त्रीहरु भ्रष्टाचार र कमिशनमा चुर्लुम्म डुुबेका छन् । कोरोनाको महामारीका बेला जनताले स्वास्थसुविधा पाएका छैनन् । अस्पतालमा बेड नपाएर मानिस छटपटाएर मृत्युवरण गर्न बाध्य छन् । सरकार रमिते छ । संविधान र सर्वाेच्च अदालतले महामारीको बेला स्वास्थ्य सेवा निशुल्क दिन सरकारलाई निर्देशन दिएको छ । तर ओली सरकार अटेरी छ । अब सबै खर्च जनताले नै बेहोर्नुपर्ने निर्णय सरकारले गरेको छ । यो भन्दा निर्लज्जता अरु के होला ? तर ओली भने अझै गर्जंदैछन्– मैले राजीनामा गरें भने देश डुब्छ ।
अहिले उनको कसले राजीनामा मागेको छ, जनतालाई थाहा छैन् । पार्टी भित्रको अन्तर्विरोधलाई लक्ष्य गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् भने प्रष्टसँग भन्नुुप¥यो कसले राजीनामा मागेको हो । यदि मागेकै हो भने उसले गल्ती गरेको छैन । यस्तो निकम्मा सरकारको राजीनामा नमाग्ने चाहिं बरु गैरजिम्मेवार हो ।
अब ओलीको शासन जति लम्बिन्छ, देशले त्यति नै ठूलो क्षति ब्यहोर्नुपर्छ । त्यसैले समयमै निकाश दिएर देश र जनतालाई थप पीडा नदिनुनै ओलीको लागि बुुद्धिमत्ता हुुनेछ । साथै, ओलीलाई पदबाट गलहत्याउन वाध्य बनाउने पार्टी नेता नै अहिले आवश्यक पनि छ । तर नेकपाभित्र त्यो ल्याकत भएका नेता भएजस्तो लाग्दैन । त्यसैले गर्दा नकचराहरुले खुलेआम यस्तो भाषण गर्न पाएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ वर्षमा सबैको कामना, हाम्रा नेतामा सद्बुद्धि पलाओस् !
बैशाख १, २०८१ शनिबार
शान्ति, सम्बृद्धि, सुशासन र सहमतिको वर्ष बनोस् २०८० !
बैशाख १, २०८० शुक्रबार
इतिहास र बाह्य आलोकमा राष्ट्रिय मेलमिलाप तथा एकता दिवस
पुष १८, २०७८ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार