अर्थमन्त्री पौडेललाई चेम्बर अध्यक्ष राजेशकाजीको २२ बुदेँ सुझाव
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक २७, २०७७ बिहिबार १४:४१:१
![](https://nepalbahas.prixacdn.net/media/albums/chamber_B5d4MUbeM8.jpg)
२७ कार्तिक, काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले अर्थ मन्त्री विष्णुप्रसाद पौडेल समक्ष कोरोनाभाइरस महामारीबाट प्रभावित अर्थतन्त्रलाइ चलायमान बनाउन २२ बुँदे सुझाव प्रस्तुत गरेका छन् । उक्त अवसरमा अध्यक्ष श्रेष्ठले निजी क्षेत्र तर्फ औद्योगिक उत्पादनमा भएको ह्रास र आयात घट्दै गएकोले कारोवारमा ह्रास आइ व्यापार व्यवसायमा मन्दी आएको बताए ।
यसबाट राजश्व तथा रोजगारीमा प्रत्यक्ष प्रभाव परेको साथै जनताको क्रयशक्ती पनि प्रभावित भएको उनले उल्लेख गरे । मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको अहम भूमिका रहने र निजी क्षेत्रको दीगो विकासले नै आर्थिक विकास तथा रोजगारी अभिवृद्धिलाई टेवा दिने हुनाले औद्योगिक तथा व्यवसायीक कारोवार बिस्तार गरी अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको मनोवल उच्च बनाउन जरुरी भएको उनले बताए । अध्यक्ष श्रेष्ठले निजी क्षेत्र मुख्यतः ४ वटा बिषयवस्तुमा केन्द्रीत रहेको बताउँदै यसमा राजश्व तथा रोजगारी वढाउने, जनताको क्रयशक्ति बढाउने, व्यवसायीक पारदर्शिता वढाइ व्यवसाय पूर्ण क्षमतामा संचालन गर्ने र आर्थिक चलायमान बनाउने रहेको बताए ।
सो अवसरमा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले चेम्वरबाट प्रस्तुत संस्थागत सुझावको लागि धन्यबाद ज्ञापन दिंदै अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्व अर्थतन्त्रमा गम्भीर असर परेको बताए । नेपाल जस्तो अतिकम विकसित र आत्मनिर्भर हुन नसकेको मुलुकमा यसबाट उत्पन्न चुनौतीसँग सामना गर्न व्यवसायी तथा उद्योगीहरुलाइ झनै कठिन रहेको उल्लेख गरे । यस सन्दर्भमा निजी क्षेत्रको आत्मबिश्वास नवढाइ समग्र अर्थतन्त्र उकास्न संभव नभएको बताए । अर्थ मन्त्री पौडेलले समस्त निजी क्षेत्रलाई कोरोनाभाइरसबाट प्रभाबित अर्थतन्त्रलाई उकास्न आत्मविश्वास तथा मनोवल वढाउन र आफ्ना व्यवसायहरु सुचारु गर्न आव्हान गरे ।
राहतका लागि सरकारले गरेका प्रविद्धताहरुको पूर्ण कार्यान्वयन हुनेमा विश्वस्त रहन आग्रह गर्दै यदी यस्तो हुन सकेन भने निजी क्षेत्रसंग पुनःछलफल गरिने उल्लेख गरे । अर्थतन्त्रलाई उकास्ने चुनौतिहरुबारे मन्त्री पौडेलले निजी क्षेत्रलाई सरकार भएर सोच्न र सरकारले निजी क्षेत्र भएर सोच्ने बताए । यस परिस्थितिमा निजी क्षेत्र र सरकार समन्वयात्मक ढंगले अघि वढ्नुपर्नेमा उनले जोड दिए ।अर्थ मन्त्री पौडेलले चेम्वरबाट प्रस्तुत सुझावहरु मनन गरी सम्वोधन गरिने बताए । चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल तथा उपाध्यक्ष द्वय कमलेशकुमार अग्रवाल तथा दीपककुमार मलहोत्रा समेतको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट
असार ३, २०८१ सोमबार
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्ग र अर्थमन्त्री पुनबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
उत्तर कोरिया जाँदै रुसी राष्ट्रपति पुटिन
असार ३, २०८१ सोमबार
प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट
असार ३, २०८१ सोमबार
सडक कालोपत्र गर्ने काम बीचमै छाडेर ठेकेदार फरार
असार ३, २०८१ सोमबार
पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल
असार ३, २०८१ सोमबार