कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि, भातृसंस्थाका पदाधिकारी रुष्ट
नेपालबहस संवाददाता
कात्तिक २७, २०७७ बिहिबार २०:२५:२०
२७ कार्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्र चर्किएको विवाद हल गर्न भातृ तथा शुभेच्छुक संस्थालाई बलीको बोको बनाइएको छ । २५ गते मंगलबार बसेको पदाधिकारी बैठकले अधिवेशन नगरी अस्तित्वमा रहेका भातृ तथा शुभेच्छुक संस्थालाई महाधिवेशनमा प्रतिनिधित्व नगराउने विषयमा संस्थापन पक्षले मञ्जुरी जनाएकाले सहमति जुटेको हो ।
सहमति जुटेको छ, तर भातृ संस्था र शुभेच्छुक संस्थाका पदाधिकारी भने रुष्ट छन् । कांग्रेसका कुल १३ वटा भातृ संस्थामध्ये ११ वटामा देउवा निकटको पकड रहेको छ । बाँकी दुुईवटामा भने रामचन्द्र पौडेल पक्षले पाएको अवस्था छ । देउवा निकट धेरै भातृ तथा शुभेच्छुक संस्था यो निर्णयबाट रुष्ट छन् । आफैं अवैधानिक भएको केन्द्रीय कार्यसमितिले यस्तो निर्णय अनुमोदन गर्न नसक्ने तर्क गर्न थालिएको छ ।
केन्द्रीय कार्यसमिति नै तदर्थ बनेको बेला अरुलाई महाधिवेशनमा प्रतिनिधित्व गर्न नदिने भन्ने कुरा गलत मात्र होइन अनैतिक पनि हो– एक भातृ संस्थाका अध्यक्षले आक्रोश पोखेका छन् । कांग्रेसमा १३ भातृ र १८ वटा शुभेच्छुक संस्था क्रियाशील छन् । ती मध्ये भातृसंस्था सबै र १२ वटा शुभेच्छुक संस्थाले महाधिवेशनमा प्रतिनिधित्व गर्न पाउने व्यवस्था विधानले गरेको छ ।
नेपाल विद्यार्थी संघ, तरुण दल, नेपाल प्रेस युनियन, किसान संघ, दलित संघ, प्रजातान्त्रिक सेनानी संघलगायत सबैले लामो समयदेखि अधिवेशन नगरी देउवा निकट नेताहरुले ओगटेका छन् । किसान संघ, जनजाती संघ र प्रजातान्त्रिक सेनानी संघले त विगत १७ वर्षदेखि अधिवेशन नगराई ओगटेका छन् ।
यस्तै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मीन विश्वकर्मा ८ वर्षदेखि दलित संघको सभापति बनिरहेको अवस्था छ । यस्ता संस्थालाई प्रतिनिधित्व नगराउनु ठीकै होला तर कोरोना लगायत परिस्थितिजन्य हिसावले अधिवेशन गर्न नपाएका संस्थालाई समेत एउटै डालोमा राखेर निर्णय गर्न खोज्नु चाहिं गलत भएको ती नेताको दुखेसो छ ।
नेपाल विद्यार्थी संघले पनि तीन वर्षदेखि अधिवेशन नगराएको भन्दै नैनसिंह महरको कमिटी भंग गरी राजीव ढुंगानालाई उक्त जिम्मेवारी दिइएको छ । उनको कमिटीले अधिवेशन गर्ने तयारी गरिरहेकै बेला कोरोना महामारी सुरु भयो । जसले गर्दा उनको कमिटी पनि नेताहरुको सहमतिको मारमा पर्ने भएको छ । यस्तै एक वर्षअघि म्याद सकिएको तरुण दलको अवस्थासमेत उस्तैछ । अध्यक्ष जीतजंग बस्नेत र महामन्त्री भूपेन्द्रजंग शाहीबीचको विवादले अधिवेशन नै हुन सकेन ।
यी सबै भातृसंस्थाको सिफारिशमा पाँच जनाका दरले महाधिवेशनमा प्रतिनिधित्व गर्न पाइने व्यवस्थाले धेरै नेता आफूलाई सुरक्षित ठान्थे । तर उनीहरु अब बुथ कमिटीबाटै आउनु पर्ने अवस्था निर्माण भएपछि कतिपयको पीडा बेपत्ता देखिएको छ । खासगरी नेताहरुको नजिक रहेर पद हत्याउनेहरु यसबाट प्रताडित हुने भएका छन् । नेताहरुबीच सहमति जुटेकाले त्यसलाई अनुमोदन गर्न भोलि पार्टी केन्द्रीय कार्यालयमा कार्यसमिति बैठक बस्दैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार