चिनियाँ इ-कमर्श साइडमा ग्राहकको अधिक माग, १०० अर्ब डलरभन्दा बढीको सामान खरिद
नेपालबहस संवाददाता
कात्तिक २७, २०७७ बिहिबार २१:१६:२९
२७ कार्तिक, काठमाडौं । यस वर्ष सन् २०२० को “सिंगल्स डे” सपिङ मेलाका अवसरमा चिनियाँ उपभोक्ताले १०० अर्ब डलरभन्दा बढीको सामान खरिद गरेका छन् । कोरोनाभाइरस महामारीका कारण संकट झेलिरहेको चिनियाँ अर्थतन्त्रमा सुधार आएको संकेत पनि यस खरिदले देखाएको अनुमान गरिएको छ ।
गत नोभेम्बर १ देखि ११ दिनसम्म भएको यस मेलामा टाओबाओ र टीमलबाट ७५ अर्ब डलर बराबरको सामान बिक्री भएको छ । यी दुबै इ-कमर्श प्लेटफर्महरु चीनको सबैभन्दा ठूलो इकमर्श कम्पनी अलिबाबाले सञ्चालन गरेको हो । पछिल्लो २४ घण्टामा मात्र ३८ अर्ब ४० करोड डलर बराबरको सामान बिक्री भएको अलिबाबाले जनाएको छ ।
अर्को प्रतिस्पर्धी चिनियाँ कम्पनी जेडी डट कमले पनि ४० अर्ब ९० करोड डलर बराबरको सामान बिक्री गरेको छ । विश्वमै सबैभन्दा ठूलो सपिङ मेला ठानिएको चिनियाँ सिंगल्स डे मेला पछिल्ला वर्षहरुमा निकै लोकप्रिय भइरहेको छ । यस मेलामा उपभोक्ताले विभिन्न किसिमका सामानमा भारी छुट पाउने गर्दछन् जसमा सामान्य घरायासी सामानदेखि बहुमूल्य वस्तु पनि राखिएका हुन्छन् ।
यस मेलामा साना खुद्रा पसलेदेखि ठूला र विश्व प्रसिद्ध ब्रान्डका सामान पाइन्छन् । एप्पल, नाइक र लोरियल समेतका लोकप्रिय ब्रान्डका सामान पनि अनलाइनमा सस्तोमा र भारी छुटमा पाइने गर्दछ । यस प्रकारको मेला सन् २००९ देखि शुरु भएको हो । अमेरिकामा संचालित ब्लाक फ्राइडे र साइबर मन्डे मेला झैं सिंगल्स डे चीनमा लोकप्रिय छ । एजेन्सी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तर कोरिया जाँदै रुसी राष्ट्रपति पुटिन
असार ३, २०८१ सोमबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार