सप्तरीको भारदह अस्पतालमा ५० शैयासहितको भवन शिलान्यास
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
मंसिर ३, २०७७ बिहिबार १:७:१३
![](https://nepalbahas.prixacdn.net/media/albums/Hospital-bhawan-Shilanayas-nepalbahas_fErajfHLuS.jpg)
धीरुभाई
३ मंसिर, सप्तरी । सप्तरीको भारदह अस्पतालमा ५० शैय्यासहितको अस्पताल भवनको शिलान्यास गरिएको छ । आज जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वार्ड नम्बर १ भारदह स्थित भारदह अस्पतालमा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले एक समारोहबीच भवनको शिालान्यास गरे ।
उनले यस अस्पताललाई जिल्ला स्तरको अस्पताल बनाउन मन्त्री तथा कुनै पदको आवश्यकता नरहेको बताए । यस अस्पताललाई नमूना अस्पताल बनाउन आफु पदमा रहेपनि नरहेपनि दत्तचित भएर सहयोग गर्ने विश्वास दिलाए, सो कार्यक्रममा उनले सबैको सहयोगको आवश्यकता रहेको पनि जनाए ।
हनुमाननगर कंकालीनी नगरपालिका उपप्रमुख सरितादेवी यादवको अध्यक्षतामा आयोजित सो कार्यक्रममा अस्पताललाई स्थायीत्वको लागि आमरण अनसनसम्म गर्नु भएका उमेशकुमार मिश्रले उपस्वास्थ्य चौकीबाट अस्पतालमा परिणत गराउन निकै सघर्ष गर्नु परेको जानकारी दिए ।
भारदह अस्पतालको साढे तीन बिघा जग्गामध्ये ४९ सय स्क्वाइर मिटरमा ५० शैय्याको आकस्मिक कक्ष निर्माणको लागि सम्झौता भएको धनदा कन्स्ट्रक्सनका प्रोपाइटर जितेन्द्रकुमार खडगाले जानकारी दिए । भ्याटसहित एक करोड १४ लाखमा टेण्डर सम्झौता भएको उनले सम्झौता मितिले सात महिना भित्र निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने जानकारी दिए ।
वि.सं. २०६५ सालमा सप्तकोसी नदीको पूर्व तटबन्ध कटान भएपछि छाप्रोमा बसेका पश्चिमी कोसी बाढी पीडित परिवारलाई दुष्टिगत गरी भारदह स्थित उपस्वास्थ्य चौकीको पूर्वाधारमा आवश्यक सामग्री थपेर स्वास्थ्य उपचारको लागि भारदहमा १५ शैय्याको अस्थायी अस्पताल सञ्चालनमा ल्याएको थियो । कोशी बाढी पीडित पुर्नस्थापनासँगै अस्पताल पनि हटाउन लाग्दा स्थानीयले स्थायीको माग गर्दै प्रदर्शन, रिले अनसन तथा आमरण अनसनसम्म गरेका थिए ।
यसअघि ९० दशकताका सप्तकोसी बाँध निर्माण परियोजनामा कार्यरत कर्मचारीहरुको स्वास्थ्य उपचारको लागि सोही स्थानमा अस्थायी अस्पताल र विद्यालय पनि निर्माण गरिएको वीपी माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष प्रमानन्द मण्डलले जानकारी दिए ।
सो कार्यक्रममा निर्माण व्यवसायी संघ सप्तरीका अध्यक्ष ऐनेश्वरप्रसाद दासले निर्धारित समयमै निर्माण काम सकिएमा जनविश्वास बढ्नुकोसाथै सरकारको लक्षय पनि पूरा हुने बताए । शिलान्यास कार्यक्रममा कञ्चनरुप नगरपालिका प्रमुख बसन्तकुमार मिश्र, तिरहुत गाउँपालिका अध्यक्ष हेमन्तकुमार बडहरखेर, पूर्व साँसद नागेन्द्र झा, भारदह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कुन्दन ठाकुर लगायतले अस्पतालको भवन निर्माणका साथ गुणस्तरीय स्वास्थ्य सेवा सञ्चालनको व्यवस्थापनमा जोड दिए ।
अस्पताल पूर्ण रुपमा सञ्चालनमा ल्याएपछि पूर्वपश्चिम लोकराजमार्गका सवारी दुर्घटनासहित भारदह, हनुमाननगर, पोर्ताहा, मधवापुर, सकरदही, बलुवा, कोशी ब्यारेज, भण्टाबारी, हरिपुर तथा भारत बिहारको विरपुर, भीमननगर, करजाइन, रत्नपुरा लगायतकावासी स्वास्थ्य सेवा पाउने छन । कार्यक्रम सञ्चालन स्वास्थ्यकर्मी धर्मेन्द्र खडगाले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
असार ३, २०८१ सोमबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार
पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु
असार १२, २०८१ बुधबार
बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल खुल्यो
असार १२, २०८१ बुधबार
सिटिजन्स बैंकद्वारा भुकम्पबाट क्षतिग्रस्त बझाङको विद्यालयलाई एक लाख सहयोग प्रदान
असार १२, २०८१ बुधबार