सामुदायिक वनमा आगलागी हुँदा साना बिरुवा जलेर नष्ट
नेपालबहस संवाददाता
मंसिर १०, २०७७ बुधबार २२:५०:३२
१० मंसिर, खलङ्गा । जुम्लाको चन्दननाथ नगरपालिका– ४ स्थित सिद्धिविनायक सामुदायिक वनमा आगलागी हुँदा सो वनको डेढ हेक्टर वनक्षेत्रमा क्षति भएको छ । सो वनको डेढ हेक्टर क्षेत्रमा मंगलबार आगलागी हुँदा करीब एक हजार ५०० देखि दुई हजारसम्मका साना बिरुवा तथा ठूला रुखलाई असर परेको छ । साना बिरुवा जलेर नष्ट भए पनि ठूला रुखलाई सामान्य असर पारेको स्थानीयवासीले बताएका छन् ।
स्याउला र सोतर लिन वनमा गएका महिलाको लापरवाहीले आगलागी भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख माधव काफ्लेले बताउनुभयो । नेपाल प्रहरी, नेपाली सेना, स्थानीयवासी तथा वन कार्यालयका कर्मचारीको सहभागितामा मंगलबार आगलागी नियन्त्रण भएको सिद्धिविनायक सामुदायिक वनका सचिव देवीप्रसाद सिंखाडाले बताए।
वनमा आगलागी हुँदा साना तथा ठूला सयौं रुखबिरुवा जलेर नष्ट भएको छ । उनले भने,“समयमै पुगेका नेपाली सैनिक, प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगका कारण ठूलो क्षति हुनबाट जोगिएको छ । ” जिल्ला वन कार्यालय जुम्लाका सहायक वन अधिकृत भावना शाहीले आगलागी हुँदा देवदियार तथा सल्लाका सयौं साना बिरुवा जलेर नष्ट भएको र अब चाँडै त्यहाँ वृक्षरोपण गरिने बताए । वनमा जाँदा सावधानी नपआनाएकै कारण वन क्षेत्र आगलागीको चपेटामा परिरहेकाले सबैलाई सचेत रहन वन कार्यालय जुम्लाले आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘संविधानको अक्षरश : पालनाबाट नागरिक अधिकार सुनिश्चित’
असोज ३, २०८१ बिहिबार
बाटो पहिरो आएर भत्किँदा दुई दिनदेखि विद्यालय बन्द
भदौ २९, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार