यस वर्षको हरि अभिनव पुरस्कार सुदर्शन श्रेष्ठलाई
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १३, २०७७ आइतबार ५:१२:५
![](https://nepalbahas.prixacdn.net/media/albums/sudarsan_1zdch24zRO.jpg)
१३ मंसिर, काठमाडौं । ज्योतिष हरिप्रसाद घिमिरेको नाममा स्थापना गरिएको हरि अभिनव पु्रस्कार यस वर्ष साहित्य तथा चलचित्र क्षेत्रमा उत्कृष्ट योगदान गर्ने स्रष्टा सुदर्शन श्रेष्ठलाई प्रदान गरिएको छ । अभिनव साहित्य समाजले आज जोरपाटीमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले नगद रु ३० हजारसहित सम्मान पत्रले श्रेष्ठलाई सम्मान गरेको हो । ।
सो अवसरमा मन्त्री फुयाँलले समाज रुपान्तरणका लागि साहित्यको भूमिका महत्वपूर्ण हुने बताए । साहित्यसँगसँगै कला र संस्कृतिको विकास विना समृद्ध समाजको परिकल्पना गर्नु निरर्थक भएको उनको भनाइ थियो । कार्यक्रममा वरिष्ठ साहित्यकारहरु विष्णु प्रभात, विजय चालिसे, समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, कोषाध्यक्ष घनश्याम प्रसाईं, सदस्य विमल अर्याल लगायतले साहित्य तथा चलचित्रको क्षेत्रमा श्रेष्ठको योगदानको चर्चा गरे ।
ज्योतिष स्व हरिप्रसाद घिमिरको स्मृतिमा समाजले विसं २०६४ देखि हरि अभिनव पु्रस्कार प्रदान गर्दै आएको छ । हालसम्म यो पुरस्कारबाट संस्कृतिविद् प्राज्ञ जगमान गुरुङ, भाषाविद् प्रा डा माधवप्रसाद पोखरेल, कोषकार वसन्तकुमार शर्मा नेपाल, साहित्यसेवी रमा शर्मा पुरस्कृत भइसकेका छन ।
हरिप्रसादका सुपुत्र समेत रहनुभएका समाजका अध्यक्ष घिमिरेले रु चार लाखको अक्षयकोष राखी पुरस्कार स्थापना गरेको हो । अक्षय कोषबाट वार्षिक रुपमा प्राप्त हुने ब्याजबाट पुरस्कार वितरण गरिँदै आएको सो अवसरमा जानकारी दिइएको थियो ।
आजै भएको समाजको १९औँ वार्षिक साधारणसभाले आगामी तीन वर्षका लागि निर्विरोध नयाँ कार्य समिति चयन गरेको छ । नयाँ कार्य समितिको अध्यक्षमा घिमिरे पुनःनिर्वाचित भएका छन। उपाध्यक्षमा विमल अर्याल, सचिवमा परशुराम पराजुली पराशर, कोषाध्यक्षमा घनश्याम प्रसाई, सहसचिवमा मेनका आचार्य र सह कोषाध्यक्षमा शारदा पराजुली रहेका छन । यसैगरी सदस्यहरुमा सुमन पुडासैनी, विन्दा खतिवडा र आलोक चालिसे चयन भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
काठमाडौंको सोह्रखुट्टेमा सडक भासियो ( फोटो फिचर )
असार १९, २०८१ बुधबार
कांग्रेस कम्युनिष्टसँग मिल्नु राम्रो होइनः शशांक कोइराला
असार १९, २०८१ बुधबार
नशालु ईन्जेक्सनसहित दुई भारतीय नागरिक पक्राउ
असार १९, २०८१ बुधबार
हनिमुनमा निस्किए सोनाक्षी-जहीर
असार १९, २०८१ बुधबार
चुरे गाउँपालिकाद्धारा किसानलाई बाख्रा वितरण
असार १९, २०८१ बुधबार
सभापति लामिछानेले पढ्न रोकेपछि सहमहामन्त्रीले पढे महामन्त्री ढकालको प्रतिवेदन
असार १९, २०८१ बुधबार