तपाईको आजको राशीफल कस्ताे छ ?
नेपालबहस संवाददाता
मंसिर २०, २०७७ शनिबार ११:५०:३१
वि.सं. २०७७ साल मंसिर २० गते । शनिबार इ.स.२०२० डिसेम्बर ०५ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । नेपाल संवत् ११४१ । मंसिर कृष्णपक्ष । तिथी– पंचमी,१७ बजेर २८ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–तिष्य,१२ बजेर ५० मिनेट उप्रान्त अश्लेषा । योग–ब्रम्ह,०८ बजेर ५१ मिनेट उप्रान्त ऐन्द्र । करण– तैतिल,१७ बजेर २८ मिनेट उप्रान्त गर,२९ बजेर ०४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४१ मिनेटमा, सूर्यास्त १७ बजेर ०६ मिनेटमा । दिनमान २६ घडी ०२ पला । स्वयंसेवक दिवस ।
मेष:-( चू,चे,चो,ला,लि,लू,ले,लो,अ )
काम तथा अध्ययनको सवालमा आमा तथा आफन्तबाट छुट्टिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ । घर जग्गा तथा सवारी साधनको खरिद बिक्रिबाट भनेजस्तो नाँफा कमाउन सकिनेछ । माया प्रेममा आजको दिन टाडै रहनु नै बेश हुनेछ नजिकिदा मनमुटाव हुनेछ । अरुकै काममा समय खर्चिदा आफ्नो काम थाती रहनेछ । तरपनि कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ ।
बृष:- ( ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो )
स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो हुनेछ । आफन्त तथा परिवार बाट अप्रीय तथा दुखद समाचार सुनिने हुँदा मनमा खिन्नता पैदा हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनैपनि प्रश्तुतिमा भाग लिदा प्रशस्त तयारी गर्नुहोला कमजोरी गरेको वा भएको आभास हुनेछ । तयारी बिनानै प्रश्तुत गरिने कुनै पनि योजना बिफल हुन सक्छ ध्यान दिनुहोला ।
मिथुन:-( का,की,कू,घ,ङ,छ,के,को,हा )
सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जागर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन संग्रह गर्न सकिनेछ । बिद्यार्थीहरुले मेहनेत गरी राम्रो नतिजा हात पार्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ ।
कर्कट:- ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो )
विगतका निर्णयले काम बिग्रन सक्छ भने बोल्दा ख्याल नगर्नाले समस्या उत्पन्न हुनेछ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। काम बिग्रने डरले पनि सताइरहनेछ। खनिज पदार्थ तथा अन्य भौतिक सम्पतिको व्यापारमा घाटा हुन सक्छ ध्यान दिनुहोला । पढाईमा मन नजादा अरुभन्दा पछि परिनेछ ।
सिंह:-( मा,मी,मू,मे,मो,टा,टी,टू,टे )
काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवान हुन सक्छ । माया प्रेमको दुरी बढ्ने हुनाले मनमा नरामाईलो महशुस हुनेछ । यात्राको क्रममा रुपैया पैसाको सही परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । तरपनि बैदेशिक यात्राको तय हुनेछ भने बिदेशी सामान तथा रुपैया पैसा हातलागी हुने योग रहेको छ । बिदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुले आजको दिन आफ्नो कामदेखि सन्तुुष्ट हुनेछन् ।
कन्या:- ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो )
सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरु लाभ हुनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडी बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । सरकारी धन तथा पैत्रिक धन सम्पत्ति हात लागी हुने सम्भावना रहेको छ । व्यापार व्यावसायमा लगानी गरी आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ ।
तुला:- ( रा,री,रु,रे,रो,ता,ती,तू,ते )
व्यापारमा नाँफा कमाउन बढि नै समय दिनु पर्नेछ भने नोकरिमा बिशिष्ट व्याक्तित्व हरुसँग बिवाद बढ्नेछ । बुवा वा अग्रजसँग कुरा नमिल्दा दैनिक कामहरु प्रभावित हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको शिकार हुनु पर्दा मन खिन्न हुनेछ । प्रेममा अनाबस्यक शंका गर्नाले मनमुटाब बढ्नेछ । प्रतिकुलताको सामना गर्ने शक्तिमा क्षय हुने हुनाले समय काम सकाउन मुस्किल हुनेछ ।
बृश्चिक:- ( तो,ना,नी,नू,ने,नो,या,यी,यू )
धार्मिक तथा आध्यात्मक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र मन्दिर तिरको यात्रा गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यावसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ । नयाँ काम पाउने तथा राम्रो स्थानमा स्थानान्तरण हुने योग रहेकोछ । पुराना काम सफलता पुर्वक सम्पन्न हुने हुनाले मन प्रशन्न हुनेछ । सानो सानो प्रयत्न गर्दा पनि मनग्गे आम्दानी हुनेछ भने व्यापार व्यावसाय फस्टाएर जानेछ ।
धनु:- ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे )
सवारी साधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछी परिने चिन्ताले सताउनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानिका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ ।
मकर:- ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी )
व्यवसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । व्यापार फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । पढाइ लेखाइमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउमा नया नियूक्ती तथा काम गरिरहेको ठाउमा बढोत्तरी हुने योग रहेकोछ । प्रेममा नजिक भई रमाउन सकिनेछ ।
कुम्भ:- ( गू,गे,गो,सा,सी,सू,से,सो,दा )
जीवन शैली व्यस्त रहेपनि आर्थिक पक्ष कमजोर रहनेछ । कुनैपनि विवादमा सामेल नहुनुहोला हुलमुलमा फस्ने तथा नराम्रा परिणामको सामना गर्नु पर्नेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछी परिनेछ । माया प्रेममा चिसोपनको विकास हुनेछ ध्यान दिनुहोला । आफन्त तथा मामा मावली पक्षसँग नजिक नहुनु तथा आजको दिन सँगै काम नगर्नु नै राम्रो रहेकोछ ।
मीन:- ( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बित्तिय क्षेत्रसँग सम्बन्धीत कामबाट मनग्गे आम्दानी हुनेछ । सन्तान बृद्धिको योग रहेकोछ धने सन्तानको प्रगती देख्न पाईनेछ । धर्म शाष्त्र तथा अध्यात्म ज्ञानमा बिषेश चासो बढ्नेछ । प्रेम गर्ने जोडिहरुले आफ्ना भावना खुलेरै साटासाट गर्नको लागि समयले साथ दिनेछ भने उपाहार पाईने हुनाले मन प्रशन्न हुनेछ । नयाँ काम पाउने तथा नोकरिमा बढुवा हुने योग रहेकोछ । तपाईको दिन शुभ रहोस् ।
◊ ज्योतिषी गणेश काफ्ले ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार