मुख्यमन्त्री कार्यालयमै कर्मचारी अभाव, तत्काल विज्ञापन खोल्ने तयारी
नेपालबहस संवाददाता
पुस २, २०७७ शुक्रबार १:८:४६
२ पुस, कर्णाली । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कर्मचारीको अभाव रहेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका समन्वय विज्ञ झकबहादुर मल्लले कर्णालीका पत्रकारसँगको भेटघाटमा कार्यक्रममा आज कर्मचारी अभावले प्रदेश सरकारका काम अपेक्षित ढङ्गले अघि बढ्न नसकेको बताएका छन् ।
“हामीसँग छ जना उपसचिवको दरबन्दीमा एक जना उपसचिव मात्र छन”, उनले भने, “अधिकृतलगायतका अन्य कर्मचारीको पनि त्यस्तै अभाव छ, जसका कारण धेरै काम रोकिएका छन् ।”
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत कर्णालीमा भएका कर्मचारी अभावको समस्या समाधानका लागि कर्णाली प्रदेश लोकसेवा आयोग गठन गरी तत्काल विज्ञापन खोल्ने कार्य अगाडि बढाउने तयारीमा सरकार लागेको मल्लले जनाए ।
सरकारले आमसञ्चार प्रतिष्ठान गठन प्रक्रियालाई समेत अघि बढाएको जनाउँदै उनले सरकार र सरोकारवाला सबै पक्षसँग समन्वयको भूमिकालाई प्रभावकारी बनाएर लैजाने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘संविधानको अक्षरश : पालनाबाट नागरिक अधिकार सुनिश्चित’
असोज ३, २०८१ बिहिबार
बाटो पहिरो आएर भत्किँदा दुई दिनदेखि विद्यालय बन्द
भदौ २९, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार