डोटीमा रिर्चाज कार्डमा मनपरी मूल्य
नेपालबहस संवाददाता
पुस १६, २०७७ बिहिबार १९:४१:३९
१६ पुष, डोटी । जिल्लाका ग्रामीण भेगमा नेपाल टेलिकम र निजी क्षेत्रको कम्पनी एनसेलका प्रिपेड रिर्चाज कार्डमा मनपरी मूल्य लिने कार्य अझै रोकिएको छैन । हालसम्म सम्बन्धित निकायले समेत कुनै सुनुवाइ नगरेको सेवाग्राहीका गुनासो छ ।
यहाँका गाउँघरका व्यापारीले मनपरी मूल्य लिँदा ग्राहक ठगिँदै आएको दिपायल सिलगढी नगरपालिका–१ का भीमबहादुर साउदले जानकारी दिए । उनले भने, “गाउँमा व्यापारीले रिचार्ज कार्डमा मनपरी मूल्य लिँदा ग्राहक ठगिँदै आएका छन् । सम्बन्धित निकाय मौन बसेका छन् ।”
जिल्ला सदरमुकाम भन्दा बाहिर रहेका सबैजसो ग्रामीण भेगहरुमा व्यापारीले रिचार्ज कार्डमा उल्ल्ेखित अधिकतम खुद्रा मूल्य भन्दा १० देखि २० रुपैयासम्म बढी लिने गरेको प्रयोगकर्ता ‘ग्राहक’को गुनासो छ । यहाँका गाउँमा व्यापारीले रु १०० को रिचार्ज कार्डमा रु १२० र रु ५० को कार्डमा रु ६० लिने गरेको स्थानीयवासीको आरोप छ ।
जिल्लाको बोगटान फुड्सिल , जोरायल, पूर्वीचौँकी, सायल, आदर्श, बडिकेदार गाउँपालिकालगायतका सडक यातायातको सुविधा पुगेका क्षेत्रमा पनि अधिकतम खुद्रा मूल्य भन्दा बढी रुपैयाँ लिने गरेको जनाइएको छ । नेपाल टेलिकमले कुनै चासो नदिँदा समस्या जस्ताको तस्तै रहेको जोरायल –५ का नीरज विष्टको भनाइ छ । कार्डहरुमा अधिकतम खुद्रा मूल्य प्रष्ट उल्लेख गरेको भए पनि व्यापारीले उक्त कुराको बेवास्ता गर्दै नियम विपरीत ग्राहकसँग बढी रकम असुल्ने गरेको उनको भनाइ छ ।
गाउँमा रिचार्ज कार्ड बिक्री गर्ने ग्राहकलाई रिचार्ज कार्डमा उल्लेख भएको मूल्यमा छुटदिइने भएकाले उनीहरुले गाउँमा बिक्री गर्दा जति रकमको रिचार्ज हो त्यत्ति रकम मात्रै लिनुपर्ने दिपायल पिपल्ला बजारमा नेपाल टेलिकम तथा एनसेलका रिचार्ज कार्ड थोकमा बिक्री वितरण गर्दै आएका डिलर व्यापारी किरण भण्डारीले जानकारी दिए ।
उनले भने, “हामीले गाउँका व्यापारीलाई कार्ड बिक्री्र गर्दा छुट दिएका हुन्छौँ, उनीहरुले तोकिएको मूल्यमा ग्राहकसँग कार्ड बेचेकुनै घाटा हुँदैन ।” नेपाल टेलिकम दिपायल राजपरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले गाउँमा टेलिकमका कार्डमा तोकिएको भन्दा बढी मूल्य लिएको विषयमा अनुगमन गरिने तयारी भइरहेको जानकारी दिए । उनले भने, “कार्डमा बढी मूल्य लिइँदैछ भन्ने सुन्नमा आएको छ, हामी खास कुरो केहो छानबिन गर्ने तयारीमा छौँ, गलत देखिए कारवाही हुन्छ ।”
नेपाल टेलिकम व्यापार शाखा अत्तरियाका मगेन्द्र चौधरीले कार्डमा तोकिएको भन्दा बढी मूल्य लिने गरेको गुनासो आएपछि टेलिकमबाट छानबिनका लागि कर्मचारी खटिएको बताए । उनले भने,“कार्डमा मनपरी मूल्य लिएको विषयमा कर्मचारी खटाएर अनुगमन गराउदै छौँ, गलत प्रमाणित भएका ठाउँमा तत्काल कारवाही हुन्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्मार्ट फोनको युगमा टुकटुके मोबाइल झुन्ड्याएर सुत्नुपर्ने बाध्यता
असोज १, २०८१ मंगलबार
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अर्याल नियुक्त
भदौ २३, २०८१ आइतबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार