अझै रोकिएन महिला तथा बालबालिका हराउनेक्रम
नेपालबहस संवाददाता
पुस २६, २०७७ आइतबार १८:५६:३१
२६ पुष, लमजुङ । जिल्लामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराउने क्रम भने वृद्धि हुँदै गएको छ । चालु आर्थिक वर्ष २०७७ ७८ को साउनदेखि यही पुस २५ गतेसम्म ४६ महिला, बालबालिका र ज्येष्ठ नागरिक हराएका छन् ।
जिल्ला प्रहरी कार्यालयको अनुसार हराएका ती मध्ये ३५ महिला, नौ बालिका, एक बालक र एक ज्येष्ठ नागरिक रहेका छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख नन्दुकुमारी अधिकारीले हराएकामध्ये १८ महिला, पाँच बालिका, एक बालक र एक ज्येष्ठ नागरिक रहेका छन् । त्यस्तै १७ महिला, चार बालिका अझै फेला नपरेको प्रहरीले जनाएको छ । फेला नपरेका ती महिला तथा बालिकाहरुको प्रहरीले खोजी जारी राखेको उनको भनाइ छ ।
त्यस्तै गत आवमा ८६ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएका थिए । ती मध्ये ६४ महिला, १६ बालिका, तीन|तीन बालक तथा ज्येष्ठ नागरिक रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै हराएकामध्ये ४२ महिला, १४ बालिका, ३ नै बालक र दुई ज्येष्ठ नागरिक फेला परेका छन् । अझै २२ महिला, दुई बालिका र एक ज्येष्ठ नागरिक बेपत्ता रहेको प्रहरीको भनाइ छ ।
आर्थिक वर्ष २०७५|७६ मा १०४ महिला तथा बालबालिका हराएका थिए । ती मध्ये ७२ महिला, ६ बालक, २६ बालिका रहेका छन् । तीमध्ये ५४ महिला, चार बालक र २२ बालिका फेला परेका छन् । अठार महिला, दुई बालक र चार बालिका हराएका छन् । त्यस्तै, आर्थिक वर्ष २०७४|७५ मा ८० महिला तथा बालबालिका हराएको प्रहरीको तथ्याङ्कमा रहेको छ । तीमध्ये ५० महिला, १२ बालक र १८ बालिका रहेका छन् । त्यस्तै, २३ महिला, ६ बालक र ६ बालिका फेला परेका थिए भने २७ महिला, ६ बालक र १२ बालिका भने भेटिएको छैन ।
त्यस्तै आर्थिक वर्ष २०७३|७४ मा ८० महिला तथा बालबालिका रहेको थियो । सो अवधिमा २३ महिला १२ बालक र १८ बालिका रहेका छन् । ती मध्ये २२ महिला, १२ नै बालक र ६ बालिका फेला परेको प्रहरीको तथ्याङ्कमा रहेको छ ।
महिला तथा बालबालिका हराउनुमा वैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको प्रयोग, गलत साथीको सङ्गत, घर झगडा, प्रेममा धोकालगायतका कारणले महिला तथा बालबालिका हराउने गरेको पाइन्छ । प्रहरीले खोजी कार्यमा अग्रसरता देखाउँदै आए पनि यी हराएकामध्ये फेला परेका भने अधिकांश आफन्तको सम्र्पकमा आएको देखिन्छ । प्रहरीले वर्षेनी ६ देखि १७ जना मात्रै फेला पारेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७३|७४ देखि सबै भन्दा बढी गत आवमा १७ महिला तथा बालबालिका प्रहरीले फेला पारेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा
असोज ११, २०८१ शुक्रबार
देशका यी नदीहरूको जल सतह बढ्ने, सतर्क रहन आग्रह
असोज ११, २०८१ शुक्रबार
सांस्कृतिक कार्यक्रममा योगदान गर्ने सम्मानित
असोज १०, २०८१ बिहिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार