पाँच महिना बित्दा पनि कामदारले ज्याला पाएनन्
नेपालबहस संवाददाता
पुस २८, २०७७ मंगलबार २१:४७:५९
२८ पुष, सिमकोट। खानेपानी उपभोक्ता समितिका अध्यक्षले काममा लगाए तर कामदारलाई ज्याला दिएनन् । आयोजनाका काम सकिएको पाँच महिना बित्दा पनि आफूहरुले ज्याला नपाएको कामदारको गुनासो छ । हुम्लाको सिमकोट गाउँपालिका–८ स्थित स्याडामा खाने पानी आयोजना निर्माणका लागि विनियोजन भएको रकम दुरुपयोग भएको पाइएको हो । स्याडा गाउँका करीब २०० स्थानीयवासीले मजदूरी गरी कमाएको रकम उपभोक्ता समितिका अध्यक्षले आफ्नो व्यक्तिगत काममा खर्च गरेको देखिएको छ ।
विसं २०७७ साउनदेखि होपा खाने पानीको काम शुरुआत गरेको पाँच महिना बितिसक्दा पनि कामदारलाई ज्याला नदिएको स्थानीय कामदारको गुनासो छ । समितिका अध्यक्षले स्याडा गाउँका १०० कामदारलाई ज्याला दिएको र अन्यलाई हालसम्म नदिएको स्याडा गाउँका स्थानीयवासी लक्ष्य बुढाले गुनासो गरे । गत साउनदेखि काम शुरु गरी भदौमा काम सम्पन्न भएको तर मजदूरी गरेको ज्याला नदिएको बुढाले बताए । स्थानीयवासी बुढाका अनुसार कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत खानेपानीका लागि रु ६५ लाख छुट्याएको थियो । उक्त रकममार्फत गाउँमा ११ वटा खाने पानीका नयाँ धारा बनाउने भनियो तर खाने पानी उपभोक्त समितिको लापरवाहीका कारण जम्मा नौवटा धारा मात्रै निर्माण गरिएको छ । गाउँमा नौवटा धारा निर्माण गरिएको नाम मात्रै भयो, धारा बनाइयो, तर पानी हालसम्म पनि झरेन यो समस्या जस्ताको तस्तै छ ।
उनले भने, “खानेपानीको काम गरेमा पैसा पनि पाइने, पानीको पनि सुविधा हुने भन्ने आशै आशमा काम गरियो । न पानी पिउन पाइयो नत ज्याला नै पाइयो ।” बुढाको जस्तै यहाँका स्थानीयवासीको गुनासो पनि उस्तै छ । उनीहरुका अनुसार धारामा पानी नझरेपछि पुरानै समस्या झेल्नुपर्ने बाध्यता छ । उपभोक्ता समितिका अध्यक्ष बुढालाई कामदारले ज्याला नपाएको विषयमा बुझ्न खोज्दा सम्पर्कमा आउन चाहनु भएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा
असोज ११, २०८१ शुक्रबार
देशका यी नदीहरूको जल सतह बढ्ने, सतर्क रहन आग्रह
असोज ११, २०८१ शुक्रबार
सांस्कृतिक कार्यक्रममा योगदान गर्ने सम्मानित
असोज १०, २०८१ बिहिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार