भीरकोटमा बाल प्रतिभा प्रेन्साको प्रस्तुती
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस २८, २०७७ बुधबार ०:३३:४
![](https://nepalbahas.prixacdn.net/media/albums/prinsa_38KeAIQRul.jpg)
२८ पुष, भीरकोट । सानै उमेरमा सामाजिक कार्यको सोचका साथ अगाडी बढेकी बहुमुखी प्रतिभाकी धनी बाल प्रतिभा प्रेन्सा रेग्मीले स्याङ्गजाको भीरकोट नगरपालिकामा आफ्नो प्रस्तुती राखेकी छिन् ।
कक्षा ३ मा अध्ययन गर्दै गरेकी ८ वर्षीय रेग्मीले सानो उमेरको मान्छेले सानो कामबाट समाज परिर्वतन गराउने उद्देश्यले कोरोनाको कहरको वेला माक्स वितरण, फुड वैंक, कपडा वैंक र बुक वैंक स्थापना गरेको बताइन । त्यस अत्तिरिक्त्त हाल पोखरामा वस्दै आएकी रेग्मीले सरसफाई अभियान र १८ वर्ष उमेर नपुगेका वालवालिकालाई खैनी, चुरोट, मदिरा विक्री वितरण गर्ने कार्यमा रोक लगाउने अभियान चलाएको बताइन् ।
साथै रेग्मीले आफ्नो गाँऊ ठाँऊमा ठुलठुला कामले मात्र समाजसेवा हैन निश्वार्थ भावले स–साना सहयोगले पनि समाजसेवा गर्न सकिने बताइन् । उक्त कार्याक्रममा वोल्दै भीरकोट नगरपालिकाका नगर प्रमुख एंव कार्यक्रमका प्रमुख अतिथि छायाराम खनालले हामी गरिव छैनौ हाम्रो सोचाई गरीवीको छ भन्दै सर्वप्रथम सोच वदल्न आग्रह गरे ।
गत आ.व. को चैत्र मसान्तर भीत्र नगरलाई वालमैत्री नगर घोषणा गर्ने गरी सवै सुचकहरु पुरा गरी अन्तीम चरणमा पुगेको अवस्थामा कोराना कहरको कारण निर्धारित समयमा गर्न नसकिएको वताउदै प्रमुख खनालले अव कोरानाको संक्रमण हट्दै गएको हुनाले आगामी माघ महिना भीत्र भीरकोट नगरपालिकालाई वाल मैंत्री नगर घोषणा गर्नको लागी तयारी अवस्थामा रहेको बताइन् ।
नगरप्रमुख खनालले भीरकोट नगर भित्रका कापी कलम किन्न नसक्नेका लागी एउटा वालकोष खडा गर्ने तथा उक्त कोषको लागी नगरपालिकाले १ लाख जम्मा गर्ने तथा हरेक सक्षम वालवालिकाले प्रत्येक दिन आफ्नो खाजा खर्चवाट १ रुपैया कटाई जम्मा गर्ने प्रताव पनि पास भएको बताए ।
कार्यक्रममा उपस्थीत महानुभावहरुलाई स्वागत गर्दै नगर उपप्रमुख सीमा केसी कर्माचार्यले अव लगतै भीरकोटलाई वालमैंत्री नगर घोषणा गर्ने तयारीको अन्तिम चरणमा रहेकोले सरोकारवालाको निम्त्ति वालमैंत्रीको क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्नको लागी सो कार्यक्रमको आयोजना गरेको भन्दै नगर वाल संरक्षण समितिका संयोजक समेत रहेकी सीमा केसी कर्माचार्यले वहुप्रतिभाकी धनी वालिका प्रेन्सा रेग्मीमा संस्कार सहितको ज्ञान भएको हुँदा सवै संग उक्क्त ज्ञान हुन आवश्यक रहेको बताइन् । केसीले उक्त प्रतिभाले भीरकोटका वालवालिकामा थप उर्जा र उत्प्रेरणा प्रदान गर्ने बताइन् ।
जन प्रतिनिधि, सामाजिक व्यक्तित्व भीरकोट नगर भीत्रका विद्यालयका शिक्षक र विद्यर्थीहरुको सहभागिता रहेको कार्यक्रम माथि प्रकाश पार्दै वालोदय माविका प्रअ अमृत अर्यालले प्रेन्साको सामाजिक अभियानको सवैले अनुशरण गर्नुपर्ने बताए । सहभागीको तर्फवाटवोल्दै वालोदय माविका प्रन्जल तिवारी र भाग्योदय माविका डोल कुमारी थापाले प्रेन्साको प्रतिभा र प्रशंसनीय कार्यवाट सवै वर्गले पाठ सिक्नु पर्ने वताए ।
भीरकोट नगर वाल संजालका अध्यक्ष सुदिप पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन विद्यार्थी द्धय श्रेया सुना र प्रतिक्षा गुरुङ्गले गरेका थियो भने धन्यवाद भीरकोट नगरपालिका वडा न १ का वडाअध्यक्ष एंवम नगर प्रवत्ता दिपेन्द्र केसीले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी
असार १७, २०८१ सोमबार
पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा
असार १८, २०८१ मंगलबार
टर्की युरोकपको क्वाटरफाइनलमा
असार १९, २०८१ बुधबार
नमोबुद्धका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
असार १९, २०८१ बुधबार
म्याग्दी नदीको कटान रोक्न मंगलाघाटमा पर्खाल निर्माण
असार १९, २०८१ बुधबार
ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध
असार १९, २०८१ बुधबार
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ५२ प्रतिशत काम
असार १९, २०८१ बुधबार