हरियो काठ कटान गरेको भन्दै समिल शिल
नेपालबहस संवाददाता
माघ २, २०७७ शुक्रबार २१:३१:५१
२ माघ, लहान । सामुदायिक वनबाट हरियो काठ कटान गरेको भन्दै डिभिजन वन कार्यालय लहानले यहाँका एक समिललाई शिल गरेको छ ।
सामुदायिक वनभित्रको हरियो साल रुख अवैधरुपमा कटान गरी मिलमा ल्याएर चिरान गरिरहेको पाइएपछि कार्यालयले लहान नगरपालिका–३ स्थित राजकुमार समिललाई सिल गरेको हो ।
डिभिजन वन कार्यालय लहानका रेञ्जर देवेन्द्र पासवानको नेतृत्वमा खटिएको गस्ती टोलीले समिलमा साल जातको हरियो काठ चिरान गरिरहेका अवस्थामा बरामद भएपछि तत्काल समिलमा सिल गरिएको कार्यालयका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिए ।
अवैध तरिकाबाट वनक्षेत्रभित्रको साल जातको हरियो रुख कटान गरी चिरान गरिरहेको अवस्थामा उक्त समिलबाट वन कर्मचारीको ३६ थान चिरानको ३६ दशमलव ५३ क्यूविफिट काठ बरामद गरेको उनले बताए । सो क्रममा समिल सञ्चालक र कामदार वन कर्मचारीलाई देखेर फरार भएको थियो । सो सालको काठ स्थानीय गोविन्द मुरारी सामुदायिक वनबाट कटान गरी ल्याएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअविरल वर्षा: देशका विभिन्न नदीमा जलसतह खतरास्तर नजिक
असोज १२, २०८१ शनिबार
झापामा खोलाले बगाएर तीन जना बेपत्ता
असोज १२, २०८१ शनिबार
त्रिशूली नदीले एक्साभेटर र टिप्पर बगायो
असोज १२, २०८१ शनिबार
अविरल वर्षा: देशका विभिन्न नदीमा जलसतह खतरास्तर नजिक
असोज १२, २०८१ शनिबार
झापामा खोलाले बगाएर तीन जना बेपत्ता
असोज १२, २०८१ शनिबार
त्रिशूली नदीले एक्साभेटर र टिप्पर बगायो
असोज १२, २०८१ शनिबार
कुलेखानी ड्याम भरिएपछि २ वटा ढोका खोलियो
असोज १२, २०८१ शनिबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
आजको मौसम: बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा भारी वर्षा
असोज १२, २०८१ शनिबार