व्यवसायिक ड्रागनखेतीबाट राम्रो आम्दानी
नेपालबहस संवाददाता
माघ ४, २०७७ आइतबार १८:३०:३८
४ माघ, भोजपुर । धेरै मानिस सेवासुविधाको खोजीमा शहरतिर बसाइँ सर्छन् । यसरी हिँडेका मानिस पुनःआफ्नै जन्मथलोमा फर्किएका कमै उदाहरण भेटिन्छन्, तर भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ८ गोगने सल्लेनीका कृषक शम्भु नेपाल भने २२ वर्ष विराटनगरमा बिताएर गाउँ फर्केर व्यवसायिक खेतीमा लागेका हुन् । व्यवसाय गर्नका लागि विराटनगरमा रहेको घरलाई बिक्री गरेर गाउँ आएको उनले बताए । उनले जिल्लामा पहिलो पटक यसको खेती लगाइएको हो ।
कृषक नेपालले अहिले आफ्नो पुर्खौली भूमिमा २२ रोपनी क्षेत्रफलमा ड्रागन फल र १८ रोपनी क्षेत्रफलमा कागतीको व्यवसायिक खेती गरिरहेको छ । उनले एक हजार बोट कुरिलो, एभोकाडोलगायतका बिरुवासमेत लगाएको छ ।उनले दानाबोटे फलफूल तथा कृषि फार्ममा अहिले एक हजार ५०० बढी पिलरमा ड्रागन फल लगाएको छ । दुई हजार ५०० पिलर पुर्याउने लक्ष्यका साथ खेतीलाई थप विस्तार गरिरहेको नेपालले बताए। उनले तीन वर्षअघिबाट भोजपुरमा पहिलो पटक ड्रागन फलको व्यावसायिक खेती गर्न थालेको बताए । अहिले उनको फर्ममा रहेको ड्रागनले फल दिन शुरु गरेको छ ।
कृषक नेपालले भने, “म २२ वर्षपछि पुनः गाउँ फर्केर व्यावसायिक कृषिमा लागेको छु, अहिले मैले ४० रोपनी बढी क्षेत्रफलमा ड्रागन फलसँगै कागतीको व्यावसायिक खेती गरिरहेको छु, शुरुमा गाउँमा फर्केर आएर व्यावसायिकरुपमा खेती गर्दा यहाँका साथीले धेरैथरीका कुरा गरे, बौलायो भने पैसा धेर भएर यस्तो गर्दैछ भने तर अहिले मैले ड्रागनको खेती गरेको देखेर अन्य साथीले पनि खेती गर्दै आएका छन् ।”
उनले ड्रागन फलको खेतीका लागि मात्र हालसम्म रु १५ लाख बढी खर्च गरिसकेको बताए । गत वर्षबाट सामान्यरुपमा त्यसले फल दिन थालेको उनले बताए । उनले ड्रागन खेतीबाट वार्षिक रु ५० लाख आम्दानी लिने लक्ष्य राखेको छ । उनले भारतबाट सोका बिरुवा ल्याएर खेती थालेको जानकारी दिए ।
उहीले आफैँले पनि ड्रागनका बिरुवा उत्पादन थालेको समेत जानकारी दिए । ड्रागन फल लागेको ४५ दिनमा खान मिल्नेछ यसको मूल्य स्थानीय बजारमा रु ७०० देखि रु एक हजारसम्म रहेको उनले जानकारी दिए ।
गत वर्ष कागती बिक्रीबाट रु १० लाख आम्दानी गरेको उनले जानकारी दिए । कोभिडका कारण यस वर्ष भने बिक्रीवितरणमा समस्या भएको उनको भनाइ छ । “गत वर्ष मैले रु १० लाख बराबरको कागती बिक्री गरेँ, सोमध्ये रु तीन लाख बराबरको कागती स्थानीय बजारमा बिक्री भयो, बाँकी काठमाडौं लगेर बिक्री गरेँ, भोजपुरबाट आएको आर्गानिक कागती भनेपछि यसको काठमाडौँमा पनि बजार राम्रो छ ।”
व्यवसायिकरुपमा खेती गरिरहेको भए पनि राज्यकातर्फबाट सहयोग नपाएको नेपालले गुनासो गरे । उनले भने, “मैले खेती गरेको देखेर हौसला दिने धेरै छन्, खास सहयोग पाएको छैन, मैले बैंकबाट कृषि ऋण लिएर व्यवसाय थालेको हो, मैले पनि राज्यलाई केही दिन सकेको छैन, फर्मसम्म आउनका लागि सडक नहुँदा डोकामा बोकेर बस भएको ठाउँसम्म लैजाने गरेको छु, मैले राम्रो काम गर्न सके भने सरकारको तर्फबाट पनि सहयोग आउला भन्ने आशा छ, अहिले मेरो एक मात्र लक्ष्य भनेको वर्षिक रु ५० लाख आम्दानी सुनिश्चित गर्ने नै हो ।”
उनले गाउँका अन्य कृषकलाई समेत व्यवसायिक कृषिमा लाग्ने हौसला दिँदै आएको बताए । उनले गाउँमा उत्पादन भएको दूधलाई बजारसम्म पुर्याउनका लागि पहलसमेत थालेको जानकारी दिए । विभिन्न ठाउँमा दूध सङ्कलन केन्द्र स्थापना गरेर दूधलाई बजारसम्म लैजानका लागि काम गर्ने तयारी रहेको उनको भनाइ छ ।
कृषक नेपालले भने, “हाम्रो ठाउँमा दूधको सम्भावना अत्यन्तै राम्रो छ, तर गाउँघरमा उत्पादन भएको दूधले मूल्य पाउन सकेको छैन, दूधलाई बजारमा पुर्याएर बिक्री गर्नसकेमा यहाँका हजारौँ कृषकलाई लाभ पुग्छ, दूध सङ्कलन केन्द्र स्थापनाका लागि आवश्यक कागजात तयार गरेर स्थानीय सरकारसँग समन्वय गरिरहेको छु ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
जुनको उज्यालोमा मकै सुकाउने पर्व
मंसिर १, २०८१ शनिबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मंसिर १, २०८१ शनिबार
खुला सीमाले पर्साका युवा लागुऔषधको कुलतमा फसे
मंसिर १, २०८१ शनिबार
बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार गरिँदै
मंसिर १, २०८१ शनिबार
पश्चिमी तथा स्थानीय वायुको प्रभावः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
मंसिर १, २०८१ शनिबार
सीमा सुरक्षालाई बलियो बनाउन आजदेखि काठमाडौंमा एपिएफ–एसएसबी आठौं समन्वयात्मक बैठक
मंसिर १, २०८१ शनिबार