बाघखोर–खम्बुखा सडक निर्माण अन्तिम चरणमा
नेपालबहस संवाददाता
माघ ६, २०७७ मंगलबार २०:३३:५०
६ माघ, भोजपुर । बाघखोर–तिम्मा खम्बुखा सडक स्तरोउन्नतिको काम अन्तिम चरणमा पुगेको छ ।भोजपुरको रिङरोडको रुपमा विकास हुँदै गरेको सो सडक सङ्घीय सरकारको रु दुई करोडको लागतमा गत असोज महिनाबाट स्तरोउन्नतिको काम थालिएको हो । सडकलाई वर्षात्को समयमा यातायात सञ्चलान गर्ने गरी चौंडा गर्ने, बढी हिलो हुने ठाउँमा ग्राभेल गर्ने, ग्याबिन भर्ने लगायतका काम भइरहेको छ । साघुँरो कच्चीबाटो त्यसमाथि वर्षात्को समयमा हिलाम्य बनेर यातायात सेवा अवरोध हुँदा वषौँदेखि सास्ती भोग्दै आएका स्थानीयवासी सडक स्तरोउन्नति हुन थालेपछि खुशी भएका छन् ।
हिउँदको समयमा जसोतसो यात्रा गर्दै आएका यस क्षेत्रका स्थानीयवासी वर्षात्को समयमा भने यातयात सेवाबाट वञ्चित हुँदै आएका थिए । करीब ८ किलोमिटर क्षेत्र भोजपुर नगरपालिकाको भू–भागमा पर्ने भए पनि नगरपालिकाले बेवास्ता गर्दा टेम्केमैयुङ–१ तिम्माका बासिन्दा समस्या भोग्नु परेको स्थानीयवासीको गुनासो छ ।
स्थानीयवासी उपेन्द्र राउतले भने, ‘‘यस क्षेत्रका हामीले वषौँदेखि सडकको समस्या भोग्दै आएका छौँ, आठ किलोमिटर सडक नगरपालिका क्षेत्रमा पर्ने भए पनि हालसम्म नगरपालिकाले एक रुपैयाँ पैसा लगानी गरेको छैन, यस क्षेत्रमा मानिसको बसोबास छ भन्नेसमेत नगरलाई थाहा छैन होला, तर अब भने वडा कार्यालयको पहलमा केन्द्रबाट बजेट विनियोजन भएपछि स्तरोउन्नतिको काम भइरहेको छ यसले हामीलाई राहत पुगेको छ ।’’
सडक स्तरोन्नतिले विगतका दिनमा कष्टकर यात्रा गर्दै आएका स्थानीयवासीलाई राहत पुग्ने वडा कार्यालयले जनाएको छ । साथै वडा कार्यालयले स्थानीयवासीको आवश्यकतालाई ध्यानमा राख्दै केन्द्र र प्रदेश सरकारसँग पहल गरेर सडक विस्तारलगायत अन्य विकास निर्माणका काम गर्दै आएको जनाइएको छ ।
वडाध्यक्ष नरबहादुर राईले भने,‘‘भोजपुर सदरमुकामसँग सहज पहुँच बनाउने यो सडकको स्तरोउन्नति गरिरहेका छौँ, सडकलाई १२ महिना नै सञ्चालनमा ल्याउने हाम्रो लक्ष्य छ, भोजपुरको रिङरोडको रुपमा विकास भइरहेको यो सडकलाई सेती बगरसम्म विस्तार गर्नका लागि गाउँपालिकाले पनि रु एक करोडको बोलपत्र आह्वान गरेर काम गर्ने तयारी गरेको छ ।’’
वडामा आउने थोरै बजेटमा पनि सरोकारवाला निकायसँग समन्वय गरेर स्वास्थ, शिक्षा, कृषि, सडक विस्तारलगायत काममा वडा कार्र्यालयले गरिरहेको कामको स्थानीयवासीले प्रशंसा गर्दै आएका छन् । टोल बस्तीसम्म कृषि सडक विस्तारमा वडा कार्यालयले भूमिका खेलिरहेकाले स्थानीय उत्पादनलाई भोजपुर बजारसम्म लैजान विगतका दिन भन्दा केही सहज भएको स्थानीयवासी बताउँछन् । सडकलाई बाह्रैमहिना सञ्चालन हुने तवरबाट विस्तार गरिनुपर्ने उनीहरुको भनाइ छ ।
स्थानीयवासी देवेन्द्र राउतले भने, ‘‘सडक विस्तार भएसँगै हाम्रो जीवनस्तरमासमेत परिवर्तन भएको छ, घण्टौँसम्म डोकोमा बोकेर यहाँका कृषिजन्य उपजलाई बजारसम्म लैजानुपर्ने अवस्था थियो । अहिले घर दैलोबाट नै बजार लैजान पाएका छौँ, सडक विस्तारलगायत अन्य क्षेत्रमा वडा कार्यालयले खेलिरहेको भूमिकाप्रति हामी खुशी छौँ ।’’
कामलाई तोकिएको समय अगावै सक्ने लक्ष्यका साथ काम भइरहेको निर्माण कम्पनी युडी विल्डर्सले जनाएको छ । सडक स्तरोउन्नतिको काम गत असोजमा सम्झौता भएको थियो भने आगामी चैत महिनामा सक्नुपर्नेछ । जिल्लाको महत्वपूर्ण रिङ रोडका रुपमा विकास भइरहेको गाउँपालिका क्षेत्रको करीब ७५ किलोमिटर क्षेत्रमा विस्तार हुने टेम्केमैयुङ गाउँपालिका अध्यक्ष ध्रुवराज राईले जानकारी दिए । सो सडकले वडा नं १ तिम्मा, २ छिनामखु, ४ अन्नपूर्ण, ४ नागी, ५ खावा, ६ र ७ कोट, ८ गोगने र ९ लेखर्कलाई सडक पहुँचमा जोड्ने अध्यक्ष राईको भनाइ छ ।
उनले भने, ‘‘ यो महत्वपूर्ण सडकका रुपमा रहेको छ, अहिले तिम्मा खण्डमा करीब ९ किलोमिटर क्षेत्रमा काम भइरहेको छ, त्यो भोजपुर नगरपालिकाको पनि भू–भाग हो, हामीले यस क्षेत्रमा सडक विस्तारको लागि हालसम्म रु तीन करोड बजेट लगानी गरिसकेका छौँ । यस वर्ष पनि रु एक करोड बजेट विनियोजन गरेका छौँ ।’’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीमा विवादका कारण बसपार्क निर्माण अवरुद्ध
कात्तिक २९, २०८१ बिहिबार
आठ करोडको लागतमा त्रिशूलीमा नयाँ पुल
कात्तिक २९, २०८१ बिहिबार
मन्त्री दाहालले गरे निर्माणाधीन ग्वार्को फ्लाई ओभरको स्थलगत निरीक्षण
कात्तिक २६, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ
मंसिर १, २०८१ शनिबार
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति
मंसिर १, २०८१ शनिबार
जुनको उज्यालोमा मकै सुकाउने पर्व
मंसिर १, २०८१ शनिबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मंसिर १, २०८१ शनिबार