धार्मिक पर्यटनको केन्द्र बन्दै ‘शान्तिधाम’
नेपालबहस संवाददाता
माघ ६, २०७७ मंगलबार २१:०:५८
६ माघ, काठमाडौं । काठमाडौंको उत्तरी क्षेत्र तारकेश्वरमा रहेको शान्तिधाम धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास हुँदै गएको छ । विसं २०६८ मा तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा चारधाम मन्दिर निर्माण गर्ने उद्देश्यले ‘शान्तिधाम’ दर्ता भएपछि उक्त परिसरमा बद्रिनारायणको मन्दिर निर्माण भएसँगै धार्मिक पर्यटक बढ्न थालेका हुन् । विसं २०७३ को निर्जला एकादशीमा शिलान्यास भई २०७५ रामनवमीमा निर्माण सम्पन्न भएको बद्रिनारायण मन्दिर दर्शनका लागि दैनिक पाँचसय भन्दा बढी दर्शनार्थी आउने गरेका छन् ।
यस्तै बिदाको दिनमा तीन हजारदेखि पाँच हजार दर्शनार्थी मन्दिर दर्शनका लागि आउने गरेका छन् । बिहान र बेलुका खुल्ने उक्त मन्दिर मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म बन्द हुँदै आएको छ । रु १५ करोडको लागतमा निर्माण सम्पन्न भएको बद्रिनारायणको मन्दिर द्रबिड शिखरशैलीमा निर्माण भएको हो । उक्त मन्दिर कलात्मक र सुन्दर रहेको छ । विभिन्न क्षेत्रमा सत्सँग धार्मिक चेतना अभिवृद्धि गर्दै आएको शान्तिधाममा हिन्दू धर्मावलम्बीका दर्शनीय धार्मिकस्थल चारधाम निर्माण गर्ने उद्देश्य राखिएको वृहद शान्तिधाम नेपालका संस्थापक मठाधीश अनन्त श्रीविभूषित स्वामी श्री चतुर्भुजाचार्य चुडामणिजी महाराजले राससलाई जानकारी दिए । “वार्षिक हजारौँ नेपाली अर्बौँ रकम खर्च गरेर छिमेकीमूलुक भारतका विभिन्न मठमन्दिर तथा धाम घुम्न जाने गरेका छन्, भारतमा रहेका धाम नेपालमै दर्शनको व्यवस्था मिलाउनका लागि वृहद शान्तिधाम नेपाल स्थापना गरी विभिन्न मठमन्दिर र धाम निर्माण गर्न लागेका छौँ,”उनले भने ।
अहिले बद्रिनारायण धाम निर्माण भए पनि आगामी दिनमा रामेश्वरम धाम, द्वाराकाधीश धाम र जगन्नाथ धाम निर्माण गरिने मठाधीशको भनाइ छ । शान्तिधामभित्र सम्पन्न भएको बद्रिनारायण मन्दिर विसं २०७५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको हो । कूल १०० रोपनी क्षेत्रफलमा फैलिएको शान्तिधाम परिसरभित्र आयुर्वेद अस्पताल, वृद्धाश्रम, अनाथालय, गौशाला, गुरुआश्रम, धर्मशाला, अतिथि निवास, क्रियापुत्री भवन निर्माण गर्ने लक्ष्य राखिएको छ ।
नेपालमा पहिलोपटक एकै स्थानमा चारधाम मन्दिर, गौशाला, वृद्धाश्रम, अनाथालय, बाचनालय, भोजनालय, साङ्गीतिक हल साथै सुन्दरमुक्ति सरोवर निर्माण गरिएको यस शान्तिधाममा अक्षय तृतीयाका दिनमा ठूलो मेला लाग्ने गरेको छ । त्यसबाहेक कृष्ण जन्माष्टमी र एकादशीमा समेत मेला लाग्ने गरेको छ ।
उक्त शान्तिधाममा दैनिक सय भक्तजनलाई आवास तथा भोजन गर्नसक्ने क्षमता छ । शान्तिधाम परिसरमा निर्माण गर्न लागिएको भौतिक संरचनाका लागि आर्थिक अभाव रहेको मठाधीशको भनाइ छ । यस्तै, शान्तिधाम पुग्न बाटो राम्रो नहुँदा समस्या परेको छ । आन्तरिक तथा बाह्य पर्यटन विकास गर्दै राज्यलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको शान्तिधाममा दाताले सहयोग गर्ने क्रम बढेको छ ।
शान्तिधाम परिसरमा बन्न लागेको भौतिक संरचना निर्माणका लागि तारकेश्वर नगरपालिकाले आर्थिक सहयोग गर्दै आएको छ । नगरपालिकाका प्रवक्ता एव्ं वडा नं १ का वडाअध्यक्ष विदुर सापकोटाले शान्तिधाम क्षेत्रको विकासका लागि नगरपालिकाले प्रत्येक वर्ष सहयोग गर्दै आएको बताउनुभयो । धार्मिक पर्यटनको विकास हुने भएकाले नगरपालिकाले उक्त क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उनको भनाइ थियो । शान्तिधाम काठमाडौँ महानगरपालिका–१६ माछापोखरीबाट ७ किलोमिटर दूरीमा पर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ
मंसिर १, २०८१ शनिबार
पर्यटन प्रवर्द्धन गर्न लमजुङमा जगत तातोपानीकुण्ड महोत्सव
कात्तिक ३०, २०८१ शुक्रबार
पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ
मंसिर १, २०८१ शनिबार
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति
मंसिर १, २०८१ शनिबार
जुनको उज्यालोमा मकै सुकाउने पर्व
मंसिर १, २०८१ शनिबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मंसिर १, २०८१ शनिबार