नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो
नेपालबहस संवाददाता
माघ ७, २०७७ बुधबार १८:२९:४०
७ माघ, जेनेभा । कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यो संक्रमण विश्वका ६० देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो । उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको छ ।
विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको छ । यता बेलायतबाट निस्किएको भनिएको कोरोना भाइरसको नयाँ संक्रमण पनि बढ्दो रुपमा विश्वमा बढ्दै गएको बताइएको छ । विश्व स्थास्थ्य संगठनले दिएको जानकारीअनुसार गएको एक हप्ताभित्रमा मात्र करिब ९३ हजार जनाको ज्यान गएको छ । कोरोना भाइरसबाट उनीहरुको ज्यान गएको हो ।
तर त्यसमा यो नयाँ स्वरुपको भाइरसका कारण के कस्तो क्षति पुगेको छ भन्ने बारेमा भने केही अनुसन्धान भएको छैन । गएको सात दिनभित्रमा विश्वमा कोरोना भाइरसका थप ४७ लाख जति संक्रमितहरु थपिएका छन् ।
पछिल्लो समयमा युरोपमा भित्रिएको खोपका कारण धेरै नागरिकमा आशा पलाएको छ । युरोपेली युनियनले पछिल्लो तथ्यांकमा भनेको छ कि आगामी अगष्ट महिनाको अन्तिम सम्ममा विभिन्न युरोपेली देशहरुका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइ सकिने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !
असोज ११, २०८१ शुक्रबार
बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन
असोज ११, २०८१ शुक्रबार
अस्ट्रेलियामा मङ्कीपक्सका घटनामा तीव्र वृद्धि, अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यका
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
देशका विभिन्न स्थानमा बाढीपहिरोमा परी ६ जनाको मृत्यु, सात जना बेपत्ता
असोज १२, २०८१ शनिबार
कोशी ब्यारेजका सबै ढोका खोलिए, सतर्क रहन आग्रह
असोज १२, २०८१ शनिबार
त्रिकोणात्मक टी-२० सिरिज: आज नेपाल र क्यानडा खेल्दै
असोज १२, २०८१ शनिबार
वर्षा नरोकिएपछि आन्तरिक उडान बन्द
असोज १२, २०८१ शनिबार