जुम्लाका किसान स्याउ बगैँचा व्यवस्थापनमा व्यस्त
नेपालबहस संवाददाता
माघ ७, २०७७ बुधबार १९:४२:४
७ माघ, खलङ्गा । जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका छन् । यहाँको तातोपानी गाँउपालिका–६ का स्याउ किसान पुथ्वीबहादुर भण्डारी यो याममा स्याउ बगैँचा काँटछाट तथा व्यवस्थापनमा व्यस्त रहेको बताए ।उनले भने, “स्याउको बगैँचा समयमै व्यवस्थापन नगरे स्याउ कम फल्छ, स्याउ कम फलेको खण्डमा हाम्रो आम्दानीको स्रोत हुँदैन”, समयमै स्याउ काँटछाट गर्न लागेको भण्डारीले बताए ।”
जिल्लामा खासगरी पुषदेखि माघको अन्त्यसम्म स्याउका विरुवा लगाउने र स्याउको बगैँचा काँटछाट गर्ने समय हो । धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा बगैँचा काँटछाट तथा व्यवस्थापन किसानले राम्रोसँग नगरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाई जुम्लाका कार्यालय प्रमुख नमराज भण्डारीले बताए । उनले भने, “जुम्लाको स्याउलाई गुणस्तरीय बनाउन बगवानी अनुसन्धान केन्द्र राजिकोट कार्यालयको विशेषज्ञ प्रविधिक टोली र स्याउ सुपर जोन कार्यालयको टोलीले गुठीचौर, तातोपानी, पातारासी र चन्दननाथ नगरपालिकाका बगैँचामै पुगेर स्याउ बगैँचा काटँछाटदेखी स्याउ व्यवस्थापन गरेका छन् ।” ।
हाल जिल्लाभर सात लाख नर्सरी विरुवमा उत्पादन भएतापनि परियोजना कार्यन्वयन एकाई जुम्लाको प्राविधिक मापदण्डभित्रका गुणस्तर विरुवा करिब तीन लाख ५० हजार छ । विरुवा लगाउने किसाले सुपरजोनको मापदण्डले तोकेका विरुवा मात्र लगाउन सुपरजोन कार्यालयका प्रमुख भण्डारीले बताए । स्याउ प्रविधिकको सल्लाहअनुसार गुणस्तर विरुवा किनेर बगैंचा लगाउन किसानलाई जानकारी दिएको सो कार्यालयले जनाएको छ ।
विरुवा लगाउन पहिले खाडल खन्दा देखी नै ध्यान दिन कृषि विज्ञले सुझाव दिएका छन् । खाडल खन्दा एउटादेखि अर्को स्याउको विरुवासम्म छ मिटरको दूरी आवश्यक हुने कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए । उनले भने, “एक–एक मिटर लम्वाई, चौडाई र गहिराइको खाडल खनेर सबैभन्दा तलको माटोलाई माथि र माथिल्लो भागको माटोलाई तल हाल्नुपर्ने हुन्छ ।”
खाडल खन्दा माथिल्लो सतहको माटो एकातर्फ र तल्लो सतहको माटो अर्कोतर्फ राख्नुपर्ने कार्यालय प्रमुख देवकोटाले बताए। खाडल खन्दा निस्किएको माथिल्लो सतहको माटोमा २० केजी कम्पोष्ट, रसायनिक मल र माटो उपचार गर्ने विषादी राम्रोसँग मिसाएर विरुवा लगाउन उपयुक्त हुने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।
स्याउका विरुवा लगाउँदा कृषि प्राविधिकको सल्लाहअनुसार स्याउका विरुवा रोप्दा र समयमै बगैँचा व्यस्थापनमा गरे गुणस्तरीय फल र बगैँचा राम्रो देखिने तिला गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक सरीता महतले बताए । सो शाखाले फागुन महिनामा स्याउको पालुवा पलाउने भएकाले त्योभन्दा अगाडि नै स्याउका विरुवा रोपीसक्नुपर्ने जनाएको छ । उनले स्याउका विरुवा रोप्दा पाकेको गोठेमललाई माटोसँग मिसाएर हाल्दा राम्रो हुनेदेखी स्याउ खेतीका लागि सकेसम्म दक्षिणी मोहडा भएको पारिलो जग्गा उपयुक्त हुने कृषि विकास कार्यालय जुम्लाका प्राविधिक सहायक लछीराम महतले बताए ।
जिल्लामा चार हजार २०० हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमध्ये करिब १६ सय ५० हेक्टर क्षेत्रफलमा मात्र स्याउले फल दिने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन परियोजना कार्यान्वयन एकाई जुम्लाले जनाएको छ । सो परियोजान अहिले जिल्लाको चार स्थानीय तहमा लागू भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
जुम्लासहित उच्च हिमाली भेगमा गड्यौलाको मलको समस्या
कात्तिक ३०, २०८१ शुक्रबार
किसानले उत्पादन गरेको महले बजार पायो
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति
मंसिर १, २०८१ शनिबार
जुनको उज्यालोमा मकै सुकाउने पर्व
मंसिर १, २०८१ शनिबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मंसिर १, २०८१ शनिबार
खुला सीमाले पर्साका युवा लागुऔषधको कुलतमा फसे
मंसिर १, २०८१ शनिबार