ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण
नेपालबहस संवाददाता
माघ १२, २०७७ सोमबार १६:५४:५७
१२ माघ, टीकापुर । कैलालीको जोशीपुर गाउँपालिका–३ ले ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा कम्बल वितरण गरेको छ । वडाभित्र रहेका ६५ ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा र कम्बल वितरण गरिएको हो । न्यानो कपडा पाउँदा ज्येष्ठ नागरिक र एकल महिला खुसी भएका छन् । बयासी वर्षीय रामराजा चौधरीले चिसो बढेका बेला वडा कार्यालयले सम्झेको बताए । “ज्येष्ठ नागरिकलाई सम्झने सरकार पाएका छौँ, गत वर्ष पनि कम्बल पाएका थियौँ, यसले जाडो छेक्न सघाउँछ”, उनले भने, “परिवार, समाज, सन्तानको माया नपाएर दिक्क भएका हामीजस्ता बूढापाकालाई यहाँ भेला गरेर सम्मान गर्नु नै ठूलो ठानेका छौँ ।”
गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले गाउँपालिकाले विभिन्न वडामा विपन्नलाई राहत हुने खालका कार्यक्रम गर्दै आएको बताए। “हामीले सक्दो राहत दिन यस्ता सानासाना कार्यक्रम गर्ने गरेका छौँ”, अध्यक्ष चौधरी भन्छन्, “सहयोग सानो भए पनि यहाँ ज्येष्ठ नागरिक र एकल महिलाको भावना र पीडा समेटिएको छ ।”
वडा कार्यालयले हरेक वर्ष ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप न्यानो कपडा वितरण गर्दै आइरहेको छ । ज्येष्ठ नागरिकलाई सम्मान पनि होस् र उनीहरुलाई जाडोबाट पनि बच्न सजिलो होस् भनि कम्बल वितरण गरिएको वडाध्यक्ष किशोर कठरियाले जानकारी दिए । “ज्येष्ठ नागरिकलाई बढी जाडो हुन्छ, अनि एकल महिलालाई आर्थिक समस्या हुन्छ, थोरै भए पनि राहत दिऔँ भनी कम्बल दिएका हौँ”, वडाध्यक्ष कठरियाले भन्छन्, “यो कार्यक्रम आउँदा वर्ष पनि निरन्तर हुनेछ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई सय ३६ सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार
कात्तिक ३०, २०८१ शुक्रबार
भक्तपुरको दरबार स्क्वायरनजिक ९४ वर्षीया वृद्धाको हातखुट्टा बाँधिएको अवस्थामा शव भेटियो
कात्तिक २९, २०८१ बिहिबार
जाडो छल्न आगन्तुक चरा चितवनमा
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
चितवन कांग्रेसले पुःन सुरु गर्यो १०० दिने अभियान
मंसिर १, २०८१ शनिबार
कर दिवसमा विभिन्न कार्यालयका १० कर्मचारी सम्मानित
मंसिर १, २०८१ शनिबार
अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ
मंसिर १, २०८१ शनिबार
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार