दर्भानमा अम्बा र ड्रागन फ्रुटको व्यवसायिक खेती
नेपालबहस संवाददाता
माघ १२, २०७७ सोमबार १८:२५:३३
१२ माघ, झिमरुक। सरुमारानी गाउँपालिका वडा नं २ दर्भानमा व्यवसायिक रुपमा अम्बा र ड्रागन फ्रुटको खेती गरिएको छ ।तीन व्यक्तिको साझेदारीमा हाम्रो बहुद्देश्यीय कृषि फार्ममार्फत विसं २०७६ असार र साउनदेखि अम्बा र ड्रागनको खेती गरिएको छ । दर्भानका स्थानीय केशरबहादुर गुरुङ, दाङका हीरामणि पौडेल र रुपन्देहीका खुमानन्द भुसालले साझेदारीमा व्यवसायिकरुपमा खेती गर्दै आएको छ ।
दर्भानमा ७०० र बराखुट्टीमा ६०० गरी एक हजार ३०० अम्बा र एक हजार २०० ड्रागनका बोट लगाएको सञ्चालक गुरुङले जानकारी दिए । भारतको तामिलनाडुबाट बोटको रु २०० मा खरीद गरी ताइवान पिङ्क र ताइवान ह्वाइट गरी दुई जातको अम्बाको विरुवा लगाइएको छ । “नेपालका विभिन्न क्षेत्रमा भारत तथा चाइनाबाट अम्बा खरीद गरिएको पाइन्छ”, उनले भने, “जिल्लासँंगै छिमेकी जिल्लामा खपत हुने विश्वासले खेती गरेका हौँ ।” एक वर्षको अवधिमा दुई चरणमा अम्बा फलेको र बेचेको सञ्चालक गुरुङले बताए । “दुई चरणमा प्यूठान र दाङमा गरी १५ क्विन्टल अम्बा बेचिसक्यौँ”, उनले भने, “अब तेस्रो चरणको अम्बा फल्दैछ ।” प्रतिकेजी रु १०० का दरले जिल्लासँगै बुटवलमा पनि अम्बा बिक्री गरिएको उनको भनाइ छ । अन्य खेतीको तुलनामा अम्बा खेती गर्न सजिलो छ । वर्षमा एकपटक मात्र मलजल गरे पनि अम्बा खेती राम्रो हुने उनले बताए ।
त्यस्तै ड्रागन फ्रुटको पनि पहिलो उत्पादन बिक्री गरिएको छ । विसं ०७७ साउनदेखि कात्तिक महिनाको अवधिमा एक क्विन्टल ड्रागन फ्रुटको बिक्री भएको जनाइएको छ । भारतको गुजरातबाट बिरुवा खरीद गरी फु्रटको खेती गरिएको हो । पहिलो वर्ष केही कम मात्रामा फल दिए पनि अबका वर्षमा यसले राम्रो फल दिने उनले बताए । फार्ममा रातो र सेतो गरी दुईथरीको ड्रागन फ्रुट उत्पादन भएको छ । रातोलाई प्रतिकेजी रु ८०० र सेतोलाई प्रतिकेजी रु ७०० मा बिक्री गरेको उनले बताए ।
उत्पादित फु्रट जिल्लासँगै बुटवल, काठमाडौँमा माग आएअनुसार खपत भएको हो । नेपालमै यो खेती कम मात्रा गरिएकाले बिक्रीवितरण सहजरुपमा हुने विश्वास लिएको उनले बताए । तीन जनाको करीब रु २५ लाख लगानीमा खेती गरिएको हो । वार्षिक रु एक लाख भाडा तिर्ने गरी प्यूठानमा १६ रोपनी र दाङमा १० कट्ठा जमीन भाडामा लिइ उक्त खेती गरिएको हो । ड्रागन फु्रट र अम्बासँगै चार रोपनी क्षेत्रफलमा एप्पलवेयर, ४०० बिरुवा स्टाबेरीको पनि खेती गरिएको छ ।
सानैदेखि किसान खेती गर्दै आएका उनले कम्युनिष्ट पार्टीले लिएको नारालाई सार्थक बनाउन राजनीतिसँगै कृषि पेशा अगालेको जानकारी दिए । भाषणमा कृषि क्रान्तिका नारा लगायौँ, व्यवहारत खासै कृषि क्रान्ति भएन । उनले भने, “व्यवहारत कृषि क्रान्तिका लागि हामीले यी खेती गरेका हौँ ।” अम्बा र ड्रागनको बिरुवा उत्पादन गर्ने र आफ्नो खेतीबाट सबै किसानलाई जोड्ने योजनासमेत बनाएको उनको भनाइ छ ।
व्यवसाय सञ्चालनका लागि एक जना व्यवस्थापक पनि राखिएको छ भने धेरै काम गर्ने समयमा अन्य कामदार पनि खटाउने गरिएकोसमेत उनले बताए। हावापानी राम्रो रहेकाले जिल्लामा यसको उत्पादन राम्रो हुने विश्वास लिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
जुम्लासहित उच्च हिमाली भेगमा गड्यौलाको मलको समस्या
कात्तिक ३०, २०८१ शुक्रबार
किसानले उत्पादन गरेको महले बजार पायो
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
कर दिवसमा विभिन्न कार्यालयका १० कर्मचारी सम्मानित
मंसिर १, २०८१ शनिबार
अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ
मंसिर १, २०८१ शनिबार
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति
मंसिर १, २०८१ शनिबार