कुखुरा मर्ने क्रम नरोकिएपछि रोग नियन्त्रण गर्न खोप
नेपालबहस संवाददाता
माघ १६, २०७७ शुक्रबार १९:२०:५०
१६ माघ, सिमकोट। हुम्लाको खार्पुनाथ गाउँपालिकाका–२ थाली गाउँका कुखुरामा लागेको रोग पुष्टि भएको छ । गाउँमा फैलिएको रोगबाट हालसम्म पनि कुखुरा मर्ने क्रम नरोकिएपछि बचेका कुखुराकाको रक्षाका लागि खोप ल्याइने भएको छ । केही दिन अगाडि मात्रै थाली गाउँमा कुखुरा मर्न थालेको भन्दै स्थानीयद्वारा विभिन्न सञ्चार मिडियामा जानकारी गराएपछि सम्बन्धित पशु सेवा कार्यालयले खोपको व्यवस्था गर्न लागेको हो ।
गाउँमा फैलिएको रोगका बारेमा जानकारी पाउन र शव परीक्षणका लागि जिल्ला पशु सेवा कार्यालय हुम्लाले माघ १२ गते मरेको कुखुरा पशु रोग अन्वेषण प्रयोगशाला वीरेन्द्रनगर सुर्खेतमा पठाएपछि सो कार्यालयले रानीखेत रोग पुष्टि भएको पशु विकास कार्यालयका सूचना अधिकारी कृष्ण रोकायाले बताए । सूचना अधिकारी रोकायाका अनुसार “कुखुरामा फैलिएको रानीखेत रोगको उपचारका लागि खोपसमेत लिएर अबको केही दिनमा टोली गाउँतर्फ जाने तयारी गरिरहेको छ, ।” यो रोगका लागि सुर्खेतबाट बिहीबार पाँच हजार खोप जिल्लामा पुगिसकेको जनाइएको छ । थाली गाउँमा दैनिक १५/२० वटा कुखुरा मर्ने गरेको स्थानीयवासी बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
जुम्लासहित उच्च हिमाली भेगमा गड्यौलाको मलको समस्या
कात्तिक ३०, २०८१ शुक्रबार
किसानले उत्पादन गरेको महले बजार पायो
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सरकार उदासीन र निस्प्रभावी रहेको भन्दै आजपाको काठमाडौंमा प्रदर्शन
मंसिर १, २०८१ शनिबार
साधक अग्रजहरूको आदर्श जीवनचर्याबाट केही सिकौँ, केही गरौँ
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार