भद्रबासमा रेडक्रस भवन बन्ने
नेपालबहस संवाददाता
माघ १६, २०७७ शुक्रबार २०:५८:७
१६ माघ, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ स्थित भद्रबासमा नेपाल रेडक्रस सोसाइटी उपशाखाको भवन बन्ने भएको छ ।
भवनको वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले आज शिलान्यास गरे । नगरपालिकाले उपलब्ध गराएको सात आना जग्गामा भवन बन्न लागेको हो । नगरपालिकाले गरेको अनुमानित लागतअनुसार रु ५० लाखमा एक हलसहित चारकोठे भवन निर्माण हुनेछ । भवन निर्माणका लागि मन्त्री फुयाँलले प्रदेश पूर्वाधार विकास कार्यक्रमबाट रु १५ लाख बजेट उपलब्ध गराएको उपशाखाले जनाएको छ ।
भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री फुयाँलले मुख्यमन्त्रीको अध्यक्षतामा बिहीबार वाग्मती प्रदेश यातायात सञ्चालन बोर्ड गठन गरिएको जानकारी दिए । बोर्डले ३० विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी गरेको जानकारीसमेत उनले दिए । बोर्डका लागि तीन अधिकारी खुला प्रतियोगिताबाट पूर्ति गर्न लागिएकोसमेत जनाइएको छ ।
“प्रदेश सरकारले तीन प्रतिशत ब्याजमा सहुलियत ऋण दिएर आयआर्जन गर्न चाहनेलाई सहयोग गर्न कार्यविधि ल्याएको छ, यसका लागि प्रदेश सरकारबाट रु तीन अर्ब बजेट विनियोजन भएको छ”, उनले भने ।
प्रदेश सरकारले उपत्यकाका काठ क्षेत्रका तीनै जिल्ला जोडिने गरी १५५ किमी लामो काठ उपत्यका चक्रपथ निर्माणका लागि छिट्टै ठेक्का गर्न लागेको जानकारीसमेत उनले दिए ।
कार्यक्रममा सोसाइटीका काठमाडौँ शाखा सभापति मथुराराम श्रेष्ठले सरकारले जेनेभा सन्धिमा हस्ताक्षर गरेपछि मात्र रेडक्रस स्थापना हुनसक्ने भएकाले अरु सामाजिक संस्थाजस्तो बुझ्न नहुने बताए ।
शाखाका मन्त्री श्यामकाजी डोटेलले काठमाडौँका फर्पिङ, कपन र शङ्खरापुर शाखाले यसअघि नै भवन निर्माण गरिसकेकामो जानकारी दिए । उपशाखाका लागि गाडी सहयोग गर्न पनि शाखाले पहल गर्ने उनको प्रतिबद्धता थियो । उपशाखा सभापति वासुदेव पौडेलले भवनमा १२ बाई २४ को एक हलसहित चार कोठा निर्माण गरिने बताए ।
प्रदेश पूर्वाधार विकास कार्यक्रमबाट प्राप्त रु १५ लाखबाहेक अरु बजेट चन्दाबाट नै सङ्कलन गर्नुपर्ने उपशाखाका सचिव लक्ष्मीप्रसाद कुइँकेलले जानकारी दिए । भवन निर्माणका लागि छुट्टै समिति गठन गरी सहयोग जुटाउने काम भइरहेको उपसभापति हरिशरण ढकालले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
पुङ्दी खोला अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो
कात्तिक २६, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सरकार उदासीन र निस्प्रभावी रहेको भन्दै आजपाको काठमाडौंमा प्रदर्शन
मंसिर १, २०८१ शनिबार
साधक अग्रजहरूको आदर्श जीवनचर्याबाट केही सिकौँ, केही गरौँ
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार