अपाङ्गता भएका व्यक्तिलाई रेडियो र सिरक वितरण
नेपालबहस संवाददाता
माघ १९, २०७७ सोमबार १८:१५:३२
१९ माघ, बझाङ । जिल्लाको खप्तडछान्ना गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई रेडियो र सिरक वितरण गरेको छ ।गाउँपालिकाको कार्यालय घाँटखोलामा आइतबार आयोजित कार्यक्रममा गाउँपालिकाले पालिकाभित्रका ‘क’ वर्गको अपाङ्गता परिचयपत्र पाएका २९ जनालाई प्रतिव्यक्ति एक सेट रेडियो र एक न्यानो सिरक वितरण गरेको हो ।
अपाङ्गता भएका व्यक्तिलाई चिसो मौसममा न्यानो कपडा सिरक र सूचना तथा जानकारीका लागि रेडियो वितरण गरेको थियो । गाउँपालिकाभित्र क, ख, ग, घ वर्गको अपाङ्गता परिचयपत्र पाएका व्यक्ति धेरै भए पनि पहिलो चरणमा शाररीरिकरुपले अशक्त गाउँपालिकाभित्रका ‘क’ वर्गका सबै अपाङ्गता भएकालाई सानो राहत दिएको गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले बताए ।
वार्षिक नीति तथा कार्यक्रममा असहाय, गरिब, अशक्तलाई विभिन्न चरणका सहयोग गर्ने कार्यक्रमअन्तर्गत रेडियो र सिरक वितरण गरेको उनले बताए ।
पालिकाले यसअघि पनि ज्येष्ठ नागरिकलाई चिसोयाममा सिरकसमेत वितरण गरेको थियो भने अपाङ्गता भएका व्यक्तिलाई सीपमूलक तालीमसमेत दिएको थियो ।
गाउँपालिकाले सिरक र रेडियो दिएपछि रेडियो सुनेर ज्ञानविज्ञानका कुरा तथा सूचना समाचार सुन्नेर दिन काट्न सजिलो हुने र सिरकले पनि चिसोयाममा राहत मिलेको खप्तडछान्ना–६ का वीरबहादुर खड्काले बताए । उनीजस्तै अन्य सामग्री पाएका व्यक्ति पनि गाउँपालिकाले दिएको सहयोगप्रति खुशी भएका छन् । अपाङ्गता भएका व्यक्तिको राहत सामग्रीका साथै क्षमता विकास, आयआर्जन र संस्थागत विकासका लागि पालिकाले काम गरिरहेको कर्मचारीले बताएका छन् ।
दुई सयको हाराहारीमा अपाङ्गता भएका व्यक्ति रहेको खप्तडछान्ना गाउँपालिकामा अपाङ्गता सञ्जालसमेत गठन गरी उनीहरुको हकहित र क्षमता विकासका कामसमेत भइरहेको वडा नम्बर ७ का अध्यक्ष रामबहादुर सिंहले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडोलेश्वरमा साताव्यापी निःशुल्क योग शिविर
मंसिर १, २०८१ शनिबार
दुई सय ३६ सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार
कात्तिक ३०, २०८१ शुक्रबार
भक्तपुरको दरबार स्क्वायरनजिक ९४ वर्षीया वृद्धाको हातखुट्टा बाँधिएको अवस्थामा शव भेटियो
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
मंसिर १, २०८१ शनिबार
राजनीतिक स्थायित्व र सुशासनका लागि नयाँ आन्दोलनको विकल्प छैन : अध्यक्ष प्रचण्ड
मंसिर १, २०८१ शनिबार
पहिलो चौमासिकमा करिब १० प्रतिशत मात्रै विकास खर्च
मंसिर १, २०८१ शनिबार
डढेलोको खतराका कारण अस्ट्रेलियामा सहरहरू खाली गर्न आदेश
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने
मंसिर १, २०८१ शनिबार
धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्छ : प्रधानमन्त्री ओली
मंसिर १, २०८१ शनिबार