नवलपुरमा जनता आवासमार्फत ८० घर निर्माण हुने
नेपालबहस संवाददाता
माघ १९, २०७७ सोमबार १८:३१:२८
१९ माघ, कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा जनता आवास कार्यक्रममार्फत् चालू आर्थिक वर्षमा ८० घर निर्माण गरिने भएको छ । गण्डकी प्रदेश सरकार ‘जनता आवास कार्यक्रम’ अन्तर्गत जिल्लामा घर निर्माणका लागि चालू आर्थिक वर्षमा रु तीन करोड ६८ लाख बजेट विनियोजन गरिएको छ । पूर्वाधार विकास कार्यालय नवलपरासी पूर्वले जनता आवास जिल्ला समन्वय समितिसँग समन्वय गरेर अहिले प्रत्येक पालिकाबाट लाभग्राहिको सूची मागेको छ ।
चालू आर्थिक वर्षका लागि गाउँपालिकामा आठ र नगरपालिकाबाट १२ वटाका दरले घर सिफारिस गर्ने निर्णय भएअनुसार पाँच स्थानीय तहले सूची बुझाइसकेका छन् भने तीन स्थानीय तहले बुझाउन बाँकी पूर्वाधार विकास कार्यालय नवलपरासी पूर्वका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिनुभयो । अन्य केही समस्या नभए काम समयमै सम्पन्न गर्ने गरेर लागिपरेको तिवारीको भनाइ छ । दलित, विपन्न मुसलमान, लोपोन्मुख र अति सीमान्तकृत जाति तथा समुदायका विपन्न वर्गलाई आवासको व्यवस्था गर्न प्रदेश सरकारले सञ्चालन गर्दै आएको ‘जनता आवास कार्यक्रम’मार्फत् जिल्लाको आठवठै स्थानीय तहमा गरी यो वर्ष ८० नयाँ घर निर्माण गरिने छ ।
कार्यालय प्रमुख तिवारीका अनुसार गत वर्ष निर्माण सम्पन्न गर्नुपर्ने १६० मध्ये ८० घर निर्माण सम्पन्न भएको छ । बाँकी घरधनीले पनि केहिले तेस्रो, केहिले चौथो किस्ता बुझिसकेको छन् । कोभिड–१९ का कारण कार्यक्रम पनि प्रभावित हुन पुगेको हो । कार्यक्रम अन्तर्गत आवास निर्माणका लागि मापदण्ड पुगेका घरधनीलाई भूकम्प प्रतिरोधात्मक, टिनले छाएको पक्की दुई कोठे घर निर्माण गर्ने गरी प्रति घर साढे तीन लाख रुपैँया प्रदान गरिएको तिवारीले जानकारी दिनुभयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
तीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
पार्टीभित्र गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जान्छः महामन्त्री थापा
मंसिर १, २०८१ शनिबार
डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
मंसिर १, २०८१ शनिबार
राजनीतिक स्थायित्व र सुशासनका लागि नयाँ आन्दोलनको विकल्प छैन : अध्यक्ष प्रचण्ड
मंसिर १, २०८१ शनिबार
पहिलो चौमासिकमा करिब १० प्रतिशत मात्रै विकास खर्च
मंसिर १, २०८१ शनिबार
डढेलोको खतराका कारण अस्ट्रेलियामा सहरहरू खाली गर्न आदेश
मंसिर १, २०८१ शनिबार