किशोरीमा देखिने रक्तअल्पताको समस्या न्यूनीकरणका लागि आइरन र फोलिक एसिड खुवाइँदै
नेपालबहस संवाददाता
माघ १९, २०७७ सोमबार १८:४२:२६
१९ माघ, टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले किशोरीलाई आइरन चक्की र फोलिक एसिड खुवाउन शुरु गरेको छ । नगरपालिकाले किशोरीमा देखिने रक्तअल्पताको समस्या न्यूनीकरणका लागि आइरन चक्की र फोलिक एसिड खुवाउन थालेको हो ।
टीकापुर नगरपालिकामा विद्यालय र समुदायमा गरी १० हजार किशोरीलाई आइरन चक्की र फोलिक एसिड खुवाइने भएको छ । विद्यालयस्तरमा आइतबारबाट खुवाउन शुरु भएको छ ।
रक्तअल्पताको समस्या हुने भएकाले नेपाल सरकारको स्वास्थ्य तथा पोषण कार्यक्रमअनुसार कैलाली जिल्लाभरी किशोरीलाई आइरन तथा फोलिक एसिड खुवाइने टीकापुर नगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए । ‘‘टीकापुर नगरपालिकाभित्रका सामुदायिक र संस्थागत गरी ७४ विद्यालयमा अध्ययनरत १० देखि १९ वर्ष उमेर समूहका किशोरीलाई आइरन तथा फोलिक एसिड चक्की खुवाउन शुरु भएको छ’’, संयोजक रावलले भने, ‘‘हप्तामा एक दिन हरेक आइतबार आइरन तथा फोलिक एसिड चक्कीलाई १३ हप्ता अर्थात वैशाख १२ गतेसम्म खुवाउने छौँ ।’’
सबै किशोरी विद्यालयको पहुँचमा नहुन सक्ने भएकाले समुदायमा रहेका किशोरीलाई समेत खुवाइने छ । चक्की खुवाउन विद्यालय तहमा ७४ जना शिक्षक, शिक्षिकालाई तालीम दिएर परिचालन गरिएको छ । समुदायस्तरका किशोरीका लागि १२० महिला स्वास्थ्य स्वयम्सेविकालाई तालीम दिएर परिचालन गरिएको छ ।
तेह्र हप्तासम्म खुवाइसके पश्चात सोही समयको अन्तरमा आउँदो वर्ष साउन, भदौँ महिनादेखि फेरि १३ हप्ता गरी २६ हप्तासम्म उक्त चक्की खुवाइनेछ । टीकापुरका विद्यालयले आइतबारबाट चक्की खुवाउन शुरु गरेका छन् । ‘‘शुरुमा के औषधि होला जस्तो लागेको थियो, पछि शिक्षकले यसको महत्वबारे भने’’, किशोरी सङ्गीता धामीले भने, ‘‘मेरो कक्षाका सबै किशोरीले खायौँ । स्वास्थ्यसँग जोडिएको औषधि किन नखाने भनेर खायौँ ।’’
तालीम प्राप्त शिक्षक तथा स्वयमसेविकाले औषधि खुवाउनुपूर्व किशोरीलाई रक्तअल्पता भनेको शरीरमा रगतको कमी भएको अवस्था हो, रक्तअल्पताका कारणमध्ये आइरनको कमी एक प्रमुख कारण हो भनेर सम्झाउने गरेका छन् । आजका किशोरी भोलिका आमा हुने भएकाले किशोरी पोषणबारे सबै सचेत हुन आवश्यक रहेको टीकापुर अस्पतालका स्टाफ नर्स कल्पना खड्का बताउछन् । ‘‘किशोरी कूपोषित भएमा उसबाट जन्मने बच्चा पनि कम तौलको वा कुपोषित जन्मिन सक्छ, जसले परिवार, समाज र सिङ्गो राष्ट्रको विकासको लागि नराम्रो असर गर्छ । त्यसैले किशोरीको पोषण समुदायका लागि महत्वपूर्ण छ’’, उनी भन्छन्, ‘‘किशोरीमा आइरनको कमीले हुने रक्तअल्पता भएमा शरीर पूर्णरुपमा वृद्धि नहुने, कमजोर वौद्धिक विकास हुने, न्यून शारीरिक क्षमता तथा कार्यसम्पादन र दैनिक कार्यमा कम एकाग्रता जस्ता समस्या देखिन्छन् ।’’
खड्का पोषणयुक्त खाद्यपदार्थबारे अभिभावकलाईसमेत जानकारी दिन आवश्यक रहेको बताए । ‘‘किशोरीमा रजश्वला हुने भएकाले बढी रगत बग्छ, उनीहरुलाई किशोरावस्थामा पोषणयुक्त खानेकुरा बढी चाहिन्छ’’, उनी भन्छन्, ‘‘हाम्रो समाजमा अझै छोरालाई मीठो खान दिने, छोरीलाई काम बढी लगाउने अभिभावक छन् ।’’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापाका अस्पतालमा रगत अभाव
कात्तिक ३०, २०८१ शुक्रबार
चिसोमा निमोनियाबाट बच्न विज्ञ चिकित्सकको सुझाव
कात्तिक २९, २०८१ बिहिबार
जुम्लामा निःशुल्क कान शिविर, दुई सय ५९ जना लाभान्वित
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
पहिलो चौमासिकमा करिब १० प्रतिशत मात्रै विकास खर्च
मंसिर १, २०८१ शनिबार
डढेलोको खतराका कारण अस्ट्रेलियामा सहरहरू खाली गर्न आदेश
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने
मंसिर १, २०८१ शनिबार
धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्छ : प्रधानमन्त्री ओली
मंसिर १, २०८१ शनिबार
रुकुममा बस अनियन्त्रित हुँदा नौ जना घाइते
मंसिर १, २०८१ शनिबार
महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता
मंसिर १, २०८१ शनिबार