पढ्न छाडेर कन्दमूलको खोजीमा चेपाङ बालबालिका
नेपालबहस संवाददाता
माघ २१, २०७७ बुधबार १९:२२:२६
२१ माघ, चितवन । पर्वमा मीठोचोखो खानु त परको कुरा अन्न बालीले तीन महिना धान्न मुस्किल पर्ने चेपाङ समुदायमा अधिकांश समय कन्दमूलले धान्ने गर्दछ । बिहान र बेलुकाको छाक टार्नका लागि उनीहरुले निकै सङ्घर्ष गर्नुपर्ने बाध्यता रहिआएको छ ।
जिल्लाको ग्रामीण पहाडी भेगमा चेपाङ समुदायको बाक्लो बस्ती छ । खेतीपाती र कामका लागि बालबालिकासमेत परिचालन गर्ने गरिन्छ । स्कुले बालबालिकासमेत पढ्न छाडेर कन्दमूलको खोजीमा जाने गर्दछन् । ती बालबालिकालाई बीचैमा विद्यालय नछाडून् भन्नका लागि कालिका नगरपालिकाले दिवा खाजाको व्यवस्था गर्दै आएको छ । यसले गर्दा खाजाको लोभले विद्यार्थी बीचैमा कक्षा छाड्दैनन् ।
दिवा खाजामा विविधता दिन समयसमयमा खिरसमेत बनाइन्छ । चेपाङ बालबालिकाले खिर भने खान मान्दैनन् । कालिका आधारभूत विद्यालय निबुवाटार सिद्धिका प्रधानाध्यापक जीतबहादुर भट्टराई दिवा खाजामा खिर र जाउलो खान विद्यार्थीले रुचि नदेखाएको बताउछन् ।
उनको विद्यालयमा भर्ना भएका विद्यार्थी १७४ जना छन् । नियमित विद्यालय हाजिर हुने विद्यार्थीको सङ्ख्या १४० जना रहेको छ । भट्टराईले भने, “घरमा खिरको स्वाद नलिएकाले विद्यालयमा पनि खान मान्दैनन् ।” खिर नचिनेकै कारण विद्यार्थीले नखाने गरेको उनको भनाइ छ ।
कालिका नगरपालिकाको चतुर्मुखी माध्यामिक विद्यालयका प्रध्यानाध्यापक चन्द्रबहादुर गुरुङ विद्यार्थीले जाउलो र खिर खाजामा राख्दा खासै चाख नदिएपछि त्यसको ठाउँमा मौसम अनुसारको फलफूल, दूध र चिउरा राखिएको बताउछन् ।
कालिका नगरपालिकाका नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्ले परिवारमा खिर खाने परिपाटी नहुँदा विद्यार्थीलाई दिवा खाजामा खिर खुवाउन नसकिएको बताउछन् । यहाँ रहेका ३५ वटा विद्यालयमा एक हजार ७७८ जना चेपाङ समुदायका विद्यार्थीलाई खाजा खुवाइन्छ ।
नगरपालिकाले अहिले ती विद्यालयमा अध्ययन गर्ने चार हजार ६५९ जना विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको छ । दिवा खाजामा उनीहरुलाई स्थानीय उत्पादनलाई जोड दिन भनिएको छ ।
विद्यालयले खाजामा खिर, चना, अण्डा, तरकारी चिउरा, हलुवा, मासु चिउरा, जाउलोलगायतका परिकार खुवाउने गरेका छन् । विद्यार्थीले दिवा खाजामा स्थानीय उत्पादन गरिएको तरकारी र चिउरा, चना, केराउको तरकारी र चिउरा, चना र अण्डा बढी रुचाउने गरेको उनले जानकारी दिए ।
खाजा मीठो हुँदा विद्यार्थी आउने र नमिठो हुँदा कम हुने गरेपछि विद्यार्थीलाई खाजा खाने समयमा मात्र जानकारी दिइने गरेको उनले बताए । कतिपय खाजा खानकै लागि मात्र भए पनि आउन थालेपछि विद्यार्थीलाई विद्यालय आउने बानी बसेको उनले जानकारी दिए।
पुसदेखि असारसम्म दिवा खाजाका लागि नगरपालिकाले रु ८७ लाख २१ हजार बजेट विनियोजन गरेको छ । खाजाका लागि नगरपालिकाले परिकारसमेत तोकेको उनले बताए । उनले भने “खाजा के खुवाउने भन्ने विषयमा हामीले तोकेका छौ । सोही अनुसार विद्यालयले खुवाउँछन् ।”
जिल्लाको कालिका नगरपालिकासँगै राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकामा पनि चेपाङ समुदायको बसोबास रहेको छ । ग्रामीण क्षेत्रमा उब्जनी कम हुने भएकाले धेरैको परिवारमा आफ्नो उत्पादनले ६ महिना पनि धान्दैन । मेलापात र कन्दमूलले परिवार पाल्नुपर्ने बाध्यता रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडोलेश्वरमा साताव्यापी निःशुल्क योग शिविर
मंसिर १, २०८१ शनिबार
दुई सय ३६ सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार
कात्तिक ३०, २०८१ शुक्रबार
भक्तपुरको दरबार स्क्वायरनजिक ९४ वर्षीया वृद्धाको हातखुट्टा बाँधिएको अवस्थामा शव भेटियो
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
तीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
पार्टीभित्र गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जान्छः महामन्त्री थापा
मंसिर १, २०८१ शनिबार
डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
मंसिर १, २०८१ शनिबार
राजनीतिक स्थायित्व र सुशासनका लागि नयाँ आन्दोलनको विकल्प छैन : अध्यक्ष प्रचण्ड
मंसिर १, २०८१ शनिबार
पहिलो चौमासिकमा करिब १० प्रतिशत मात्रै विकास खर्च
मंसिर १, २०८१ शनिबार
डढेलोको खतराका कारण अस्ट्रेलियामा सहरहरू खाली गर्न आदेश
मंसिर १, २०८१ शनिबार