जनावर संरक्षणका लागि निकुञ्जमा घाँसे मैदान व्यवस्थापन हुँदै
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार १५:४६:५२
२७ माघ, नवलपुर । दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, पाटेबाघ, हरिणलगायतका जनावर संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान व्यवस्थापनको कामलाई प्राथमिकता दिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जले चालु आव २०७७र७८ मा एक हजार ४३ हेक्टरमा नयाँ घाँसे मैदान निर्माण तथा ४०० हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापनको काम गरिरहेको छ । निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले निकुञ्जभित्र नयाँ र पुराना गरी एक हजार ४४३ हेक्टर क्षेत्रफलमा घाँसे मैदान निर्माण तथा व्यवस्थापनको काम भइरहेको जानकारी दिए। “हामीले नयाँ घाँसे मैदान निर्माणका लागि बोलपत्र माग गर्दा तोकिएको रकमभन्दा ४२ प्रतिशत कम रकममा बोलपत्र परेको छ”, अधिकारीले भने, “अहिले एक हजार ४३ हेक्टरमा नयाँ घाँसे मैदान निर्माणको काम भइरहेको छ, त्यो बोलपत्रबाट बचेको बाँकी रकमले पुनः एक हजार ४५ हेक्टर क्षेत्रफलमा नयाँ घाँसे मैदान व्यवस्थापन गर्नेगरी बोलपत्र प्रक्रियामा गएका छौँ ।”
अधिकारीले पछिल्लो बोलपत्रको काम पनि यसै आर्थिक वर्षमा सक्ने गरी हुने भन्दै यस वर्ष निकुञ्जले दुई हजार ८८ हेक्टर क्षेत्रफलमा नयाँ घाँसे मैदान निर्माण गर्ने जानकारी दिए । “राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट हामीलाई नयाँ घाँसे मैदान निर्माणका लागि रु तीन करोड ५० लाख आएको थियो”, अधिकारीले भने, “शुरुको बोलपत्रबाट आधा रकम बचत भएपछि पुनः बोलपत्र गरेर थप क्षेत्रफलमा घाँसे मैदान निर्माणको प्रक्रिया अगाडि बढाइएको हो ।” निकुञ्जले ४०० हेक्टर क्षेत्रफलमा पुरानो घाँसे मैदान व्यवस्थापनका लागि रु एक करोड बजेट पाएको थियो ।
निकुञ्जभित्र घाँस प्रजातिले ढाकेको क्षेत्रलाई घाँसे मैदानको रूपमा लिइन्छ । निकुञ्जको ९५२ वर्गकिलोमिटर क्षेत्रफलमध्ये करिब १० प्रतिशत मात्रै घाँसे मैदान रहेको छ । साना किरा फट्याङ्ग्रा, सरिसृपदेखि लिएर ठूला स्तनधारी प्रजाति गैँडा, बाघ, हात्तीलगायत अन्य खुर भएका प्रजातिका वन्यजन्तुलाई घाँसे मैदान विचरण गर्न, खेल्न, हिँडडुल गर्न, घाम ताप्न, आराम गर्नका लागि अत्यन्तै उपयोगी क्षेत्र मानिने निकुञ्ञजका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।
निकुञ्जका जनावरका लागि मात्रै नभएर जैविक विविधता संरक्षण र पर्यावरणमा सन्तुलन कायम राख्नसमेत घाँसे मैदानले ठूलो भूमिका खेल्ने बरालको भनाइ छ । “निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रका घाँसे मैदानमा मुख्य घाँस प्रजातिमध्ये दुबो, काँस, सिरु, बरुवा, नर्कट, थमेडा, ढड्डी आदि पाइन्छन्”, बरालले भने, “निकुञ्जको घाँसे मैदानमा ५० भन्दा बढी प्रजातिका घाँस छन् जुन यहाँका वन्यजन्तुको मुख्य आहारसमेत हो ।” निकुञ्जमा माइकेनिया, काँडे वनमारा, पार्थेनियम, सेतो वनमारालगायतका मिचाहा प्रजातिका झारका कारण घाँसे मैदानको क्षेत्रफल साँघुरिँदै गएको बरालले बताए ।
“वनमारासहित झाडी प्रजाति असारे, बेतघारे, बिलाउनेघारी घाँसे मैदानमा अनियन्त्रितरूपमा कोलोनी बनाइ बढेको देखिन्छ”, बरालले भने, “यी प्रजातिका झार मासेर घाँसे मैदान निर्माणको काम अगाडि बढाएका छौँ ।” निकुञ्जभित्रको घाँसे मैदानमा हुर्किएका रुख प्रजातिसमेत घाँसे मैदान संरक्षणमा चुनौती हुने उनले बताए । सन् १९७० को दशकमा निकुञ्जको २० प्रतिशतभन्दा बढी भागमा घाँसे मैदान रहेको भए पनि प्राकृतिक चक्रका कारण तथा घाँसे मैदानमा क्षेत्रगत एवं गुणात्मकरूपमा क्रमिक ह्रास हुँदा हाल १० प्रतिशतमा झरेको हो ।
निकुञ्जले यस आव २०७७र७८ मा सुखीभार, लामिताल पश्चिम खण्ड, खरमुजुर फाँटा, घटगाईं कछुवानी, डुमरिया, बोटेसिमरा, खोरियामुहान र पदमपुरलगायत ३० स्थानमा घाँसे मैदान विस्तारको काम गरिरहेको प्रमुख संरक्षण अधिकृत बरालले बताए । उनका अनुसार पुरानो १५ स्थानमा समेत घाँसे मैदान व्यवस्थापनको काम हुँदैछ । घाँसे मैदान व्यवस्थापनअन्तर्गत अग्लो घाँस/ढड्डी काट्ने, आगो लगाएर जलाउने, जरासहित रुख हटाउने, स–साना पोथ्रा हटाउने, रुखको मुना हटाउनेजस्ता काम हुने बरालले बताए ।
घाँसे मैदान व्यवस्थापनपछि निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा मर्ने क्रम घट्ने निकुञ्जको विश्वास रहेको छ । यस वर्षको सात महिनामा मात्रै चितवन राष्ट्रिय निकुञ्जमा विभिन्न कारणले २३ गैँडाको मृत्यु भइसकेको छ । सन् २०१५ मा भएको गैँडा गणनाअनुसार नेपालमा रहेका ६४५ गैँडामध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार
जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार
‘गौतम बुद्ध विमानस्थल दीर्घकालिनरूपमा सञ्चालन गरौं’
मंसिर १, २०८१ शनिबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
तीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
पार्टीभित्र गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जान्छः महामन्त्री थापा
मंसिर १, २०८१ शनिबार