अमर नेम्वाङ लिम्बू साहित्य पुरस्कारबाट नेम्वाङ र भट्टराई सम्मानित
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार १६:४२:४
२७ माघ, पाँचथर । अमर नेम्वाङ लिम्बू स्मृति साहित्य पुरस्कारबाट लेखक/साहित्यकारद्वय वीर नेम्वाङ र प्रा डा गोविन्दराज भट्टराई पुरस्कृत भएको छ । अमर नेम्वाङ लिम्बू स्मृति प्रतिष्ठानले सोमबार फिदिममा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा लेखकद्वय नेम्वाङ र भट्टराईलाई संविधानसभा सदस्य भीष्मराज आङदेम्बेले पुरस्कारसहित सम्मान गरे । पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ । उक्त पुरस्कार दुई वर्षअघि निधन भएका पाँचथरको फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष एवं साहित्यकार अमरकुमार नेम्वाङको स्मृतिमा स्थापना भएको हो ।
सो अवसरमा आङदेम्बेले साहित्यले समृद्धिको पाठ सिकाउनुपर्ने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए । दशकैपिच्छेका राजनीतिक अस्थिरताले आम जनमानस तथा साहित्यकर्मीहरुमा आक्रोश मात्रै पैदा गराएको भन्दै उनले अब यस्तो अवस्था र चिन्तनको अन्त्य गर्नुपर्ने बताए ।
पुरस्कृत वीर नेम्वाङ पूर्वी नेपालमा लिम्बूवान पक्षधर राजनीति र लेखनमा सक्रिय हुनुहुन्छ भने प्रा डा भट्टराई नेपाली साहित्यमा योगदान दिँदै त्रिभुवन विश्वविद्यालयमा अध्यापनबाट सेवा निवृत्त भएको हो । सम्मानपछि नेम्वाङले पाँचथर आयामेली साहित्य आन्दोलन, रङ्गवादी साहित्य आन्दोलन, उत्तरवर्ती सोच र सिर्जनशील अराजकताजस्ता नेपाली साहित्यमा विशिष्ट योगदान दिने अभियानको अगुवाइ गर्ने जिल्ला भएको भन्दै साहित्यमार्फत सामाजिक रूपान्तरणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए । प्रा डा भट्टराईले स्व अमरकुमार नेम्वाङको इको राइटिङ (पर्यावरणीय लेखन) अनुकरणीय काम रहेको बताए । उनले नेम्वाङका रचनालाई पाठ्यक्रममा समावेश गर्नुपर्ने तथा अङ्ग्रेजी भाषामा रूपान्तरण गरी अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताए ।
अमर नेम्वाङ लिम्बू स्मृति प्रतिष्ठानका धर्मेन्द्र नेम्वाङका अनुसार स्व नेम्वाङको स्मृति दिवसका अवसरमा साहित्य पुरस्कार वितरण तथा अन्य सामाजिक कार्य गर्न थालिएको हो । गत वर्षदेखि उक्त साहित्यिक पुरस्कार वितरण थालिएको थियो । गत वर्ष उक्त पुरस्कार लेखकद्वय डा देवी क्षेत्री दुलाल र मुनाराज शेर्माले प्राप्त गरेको थियो ।
उक्त पुरस्कार वितरण कार्यक्रममा जिल्लाको कुम्मायक गाउँपालिका–१ का आगलागी प्रभावित कृष्णबहादुर थापा र डिकबहादुर थापाको परिवारलाई जनही रु १२ हजार ५०० राहत उपलब्ध गराइएको छ । यस्तै बाबुआमाविहीन सत्यहाङमा माध्यमिक विद्यालय फाल्गुनन्द–२ मा कक्षा १ मा अध्ययनर छ वर्षीय ग्राविल नेम्वाङको पठनपाठनमा सहयोग गर्न रु १० हजारको छात्रवृत्तिसमेत वितरण गरिएको छ । प्रतिष्ठानले जिल्लाका आठवटै स्थानीय तहलाई स्वास्थ्य सामग्रीसमेत वितरण गरेको छ ।
लिम्बू समुदायबाट दुई विषयमा स्नातकोत्तर गर्ने पहिलो व्यक्ति स्व नेम्वाङ जीवनभर समाजको सेवामा समर्पित भएको थियो । गाउँ पञ्चायतको प्रधानपञ्च, गाविस अध्यक्ष हुँदै उनी गाउँपालिका अध्यक्ष निर्वाचित भएको थियो । विसं २०७५ माघ २६ गते गाउँपालिकाको वडा नं ५ फाक्तेपमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बेहोस भई ढलेका नेम्वाङको अस्पताल पुर्याउन नपाउँदै निधन भएको थियो । उनका तीन साहित्यिक कृति प्रकाशित छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडोलेश्वरमा साताव्यापी निःशुल्क योग शिविर
मंसिर १, २०८१ शनिबार
दुई सय ३६ सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार
कात्तिक ३०, २०८१ शुक्रबार
भक्तपुरको दरबार स्क्वायरनजिक ९४ वर्षीया वृद्धाको हातखुट्टा बाँधिएको अवस्थामा शव भेटियो
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार
जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार
‘गौतम बुद्ध विमानस्थल दीर्घकालिनरूपमा सञ्चालन गरौं’
मंसिर १, २०८१ शनिबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
तीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
पार्टीभित्र गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जान्छः महामन्त्री थापा
मंसिर १, २०८१ शनिबार