झोलुङगे पुल नहटाउँदा मोटरेवल पुल निर्माणमा ढिलाइ
नेपालबहस संवाददाता
माघ २९, २०७७ बिहिबार १७:५७:१८
२९ माघ, बझाङ । जयपृथ्वी नगरपालिकाले झोलुङगे पुल नहटाउँदा मोटरेवल पुल निर्माणमा ढिलाइ भएको छ । जिल्ला सदरमुकाम चैनपुर नजिक पानकोटमा सेतीपारिका बस्तीलाई जोड्न मोटरेवल पुल निर्माणाधीन छ ।
सो मोटरेवल पुल निर्धारित समयमा सम्पन्न नहुने देखिएको छ । पुलमा ढलानको काम मात्र बाँकी रहेका बताइएको छ । ढलान गर्ने कच्चापदार्थ गिट्टी, बालुवा, सिमेन्टलगायतका सामान पुलको पारीसम्म पुर्याउन लागि गाडी नअटाउने भएकाले झोलुङ्गे पुल हटाउनुपर्ने र्निमाण कम्पनीले जानकारी दिएको छ ।
सेती नदी पारी रहेका स्थानीय तहलाई जोड्ने गरी २०७३ साल नै निर्माण सम्पन्न हुनेगरी उक्त पुलको ठेक्का सम्झौता भएको थियो । लागत अनुमान नै त्रुटि भएका कारण पुल निमार्ण हुन नसकेपछि गत वर्ष लागत परिवर्तन गरी पुनः बोलपत्र आह्वान भई निर्माण कार्य शुरु भएको थियो । झण्डै रु आठ करोडको लागतमा निर्माण भइरहेको ६९ मिटर लम्बाइको पानकोट पुल यसै वर्षको चैत महिनामा सम्पन्न गर्ने गरी निर्माण कम्पनी इलाइट कन्स्ट्रक्सनले काम अघि बढाएको थियो ।
मोटरेवल पुलसँगै रहेको झोलुङ्गे पुल नगरपालिकाले हटाउनमा कुनै चासो नदिँदा निर्माण कार्यमा ढिलाइ भइरहेको निमार्णको जिम्मा पाएको ठेकेदार कम्पनीका प्रर्तिनिधि कपिल राइले जानकारी दिए । उनले झोलुङ्गे पुलका कारण सामान ढुवानी गर्न नसकिएको बताए । नजिकै अर्को वैकल्पिक बाटो छैन । झोलुङगे पुल नहटाइ काम गर्न सकिने अवस्था छैन ।
“पुलको सबै काम सकिएको र अब ढलानको काम मात्र बाँकी छ । पुलमा ढलान गर्नलाई झोलुङ्गे पुलले बाधा गरेका कारण आवश्यक साम्रगी पुलमा पुर्याउन सकिएको छैन । पुल नहटाएसम्म पुलको निर्माण सकिदैँन । ” उनलले बताए ।
जयपृथ्वी नगर प्रमुख वीरेन्द्रबहादुर खड्काले ठेकदार कम्पनीका प्रतिनिधिसँग निमार्णस्थलमै गएर हटाइदिने कुरा भएको बताए । उनले भने, “झोलुङ्गे पुलका कारण निमार्णकार्यमा असहज भयो हामीले हटाउदा स्थानीयवासीले काममा असहज गर्लान भन्ने डर छ । तपाईले झोलुङ्गे पुल हटाउनुपर्ने हो भनेर मसँग अनुरोध गरेको हो ।”
क्रस मोटरेवल पुल निमार्ण सम्पन्न पश्चात् पानकोट पुल सेती नदीमा बनेकोे पहिलो हुनेछ । यस पुल बनेपछि बझाङको सेतीपारिका साइपाल, तल्कोट, मष्टा, खप्तडछान्ना, थलारा गाउँपालिका र जयपृथ्वी नगरपालिकावासीले यातायातको सुविधा पाउनेछन् । पुल निमार्णको काम अन्तिम चरणमा पुगेपछि पुल बन्ने आशा पलाएको स्थानीयवासी नरेन्द्र उपाध्यायले बताए ।
उनले सेतीपारीका स्थानीय तहमा सडक सञ्जालको पहुँच भए पनि सेती नदीमा पक्की पुल नहुँदा यातायातका साधन बारपार गर्न सकेका छैनन् । हिउँदमा सेती नदीमा पानी घटेपछि केही महिनाका लागि अस्थायी काठे पुल राखेर यातायातका साधनले ओहोरदोहोर गर्दथे । गतजेठ महिनामा काठे पुल बगाएपछि यातायातका सेवा प्रभावित हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीमा विवादका कारण बसपार्क निर्माण अवरुद्ध
कात्तिक २९, २०८१ बिहिबार
आठ करोडको लागतमा त्रिशूलीमा नयाँ पुल
कात्तिक २९, २०८१ बिहिबार
मन्त्री दाहालले गरे निर्माणाधीन ग्वार्को फ्लाई ओभरको स्थलगत निरीक्षण
कात्तिक २६, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार