गाउँमै च्याउको बीउ उत्पादन हुने भएपछि मकवानपुरका किसान खुशी
नेपालबहस संवाददाता
फागुन १४, २०७७ शुक्रबार २१:४३:५५
१४ फागुन, टिस्टुङ । मकवानपुरको बकैया गाउँपालिका–७ हात्तिखोलामा ‘च्याउको बीउ उत्पादन केन्द्र’ स्थापना भएको छ ।कोभिड–१९ ले आर्थिक क्षेत्रमा पारेको नकारात्मक असर कम गर्न सामूहिकरुपमा च्याउखेती गर्दै आएका किसान अब गाउँमै च्याउको बीउ उत्पादन हुने भएपछि खुशी भएका हुन् ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र बकैया गाउँपालिकाको आर्थिक सहयोगमा गाउँमै च्याउको बीउ उत्पादन केन्द्र स्थापना गरिएको बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले बताए । यसअघि च्याउको बीउ बाहिरबाट ल्याउँदा महङ्गो पर्ने गरेको र झन्झटिलोसमेत भएकामा गाउँमै उत्पादन केन्द्र सञ्चालनमा आएपछि सहज भएको च्याउ उत्पादक कृषकको भनाइ छ । “आफ्नै गाउँमा च्याउको बीउ उत्पादन हुन थालेपछि ठूलो राहत भएको छ”, कृषक रञ्जु खनालले भने, “अब समयको बचत हुनुका साथै लगानीको तुलनामा लाभ बढी हुने भएकाले हामी अत्यन्त हर्षित भएका छौँ ।”
च्याउको बीउ उत्पादन गर्न युएनडिपीले पराल पकाउने बोइलिङ मेसिन, अटो क्लेट, पराल काट्ने मेसिन उपलब्ध गराएको छ भने बकैया गाउँपालिकाले लेबिनल फ्रो मेसिन(ल्याप) उपलब्ध गराएको छ ।
कोभिड–१९ ले आर्थिक क्षेत्र चौपट हुन थालेपछि मकवानपुरको बकैयामा युएनडिपी र बकैया गाउँपालिका मिलेर ‘कोभिड–१९ रेस्पोन्स एण्ड सोसियो–इकोनोमी रिकोभरी प्रोजेक्ट’ सञ्चालन गरिरहेको छ । यसअन्तर्गत स्थानीय कृषकलाई च्याउखेती गर्न प्रोत्साहित गरी च्याउको पकेट क्षेत्र नै निर्माण गर्ने योजना रहेको परियोजना कार्यान्वयन गरिरहेको संस्था महिला सशक्तीकरण तथा गरीबी निवारण समूह नेपालका अध्यक्ष इन्दिरा न्यौपानेले बताए ।
वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले सो केन्द्रको उद्घाटन गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
जुम्लासहित उच्च हिमाली भेगमा गड्यौलाको मलको समस्या
कात्तिक ३०, २०८१ शुक्रबार
किसानले उत्पादन गरेको महले बजार पायो
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार