दोलखामा नेपाल टेलिकमको फोरजी विस्तार
नेपालबहस संवाददाता
फागुन २०, २०७७ शुक्रबार ४:२२:२२
२० फागुन, चरीकोट ।दोलखाको नेपाल टेलिकमको सेवा विस्तार भएको सबै ठाउँमा आजबाट फोरजी सेवा सञ्चालनमा आएको छ । टेलिकमको दोलखा जिल्लाको विभिन्न क्षेत्रलाई सञ्चारसँग जोड्ने उद्देश्यले विभिन्न क्षेत्रमा निर्माण गरेको टावरमा इन्टरनेटको लागि गुणस्तर वृद्धि गरी सबै क्षेत्रमा सो सेवा सञ्चालन गरेको हो । जिल्लाको विभिन्न स्थानीय तहमा राखिएको २३ वटा टावरबाट नेपाल टेलिकमले सो सेवा सञ्चालनमा ल्याएको टेलिकम दोलखाका प्रमुख राजु गिरीले बताए।
एक सातामा ग्रामीण क्षेत्रका चार स्थानमा फोरजी सेवा विस्तार गरिएको छ । गौरिशंकर गाउँपालिका–८ खारेको टावरबाट, यसैगरी सिंगटी, जिरी नगरपालिकाको श्यामा र शैलुङ गाउँपालिकाको ताम्चेत दूधपोखरीमा रहेको नेपाल टेलिकमको टावरबाट सो सेवा विस्तार गरिएको हो । आन्तरिक पर्यटकलाई लक्षित गरी दोलखाको उत्तरी विकट क्षेत्र वेदिङमा टेलिफोन सेवा विस्तार भए पनि फोरजी सेवा सञ्चालनमा आउन सकेको छैन भने वैत्यश्वर गाउँपालिका–५ मैनापोखरी क्षेत्रमा सेवा विस्तारका लागी प्रक्रिया शुरू भएको नेपाल टेलिकम दोलखाले जनाएको छ ।
जिल्लाको उत्तरी क्षेत्रलाई लक्षित गरी गौरीशंकर गाउँपालिकाको खारेमा रहेको नेपाल टेलिकमको टावरमार्फत फोरजी सेवा शुरु भएसँगै गाउँपालिकाका चंखु, मार्बु, खारेलगायत वडामा दु्रत गतिको मोबाइल इन्टरनेट सेवा पुगेको गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले बताए । टेलिकमको फोरजी सेवा पुगेका कतिपय ठाउँमा थ्रिजी चलाइरहेकाले फोरजी सेवा निशुल्क सुचारु गर्न सकिने र यसका लागि स्टार ४४४ ह्यास डायल गरेर सिम सुचारु गर्न सकिने जनाइएको छ ।
दोलखामा आधा दर्जन प्राइभेट कम्पनीले इन्टनेट प्रदान गर्दैं आई रहेको भएता पनि हिमाली जिल्ला भएको र फाइवरमार्फत इन्टरनेट प्रदान गर्न नसकेको कारणले टेलिकमको इन्टरनेट सेवा धेरैको रोजाइमा पर्ने गरेको छ । हिमाली जिल्लामा इन्टरनेट प्रदान गर्ने पुरानो प्रविधि भि स्याट प्रविधिमार्फत जिल्लामा इन्टरनेट वितरण गर्दै आएकोमा यसप्रति सेवाग्राहीको गुनासो बढ्दै गएपछि फाइवर लाइनमा जिल्लालाई जोडिएको छ । हिमाली जिल्ला भए पनि राजधानीबाट नजिकै र यातयात सेवाले नजिकै भएको कारण बनेपा काभ्रे हुँदै र सिन्धुली खुर्कोट हुँदै दुई क्षेत्रबाट फाइवर लाइन जोडिएको छ ।
नेपाल सकारले डिजिटल नेपाल निर्माण गर्ने अभियानअन्तर्गत स्मार्ट दोलखा निर्माणको काम सञ्चार तथा सूचना प्रविधीमन्त्री पार्वत गुरुङले दोलखा जिल्लाबाट उद्घाटन गरेर शुरु गर्नुभएको छ । प्रत्येक क्षेत्रमा गुणस्तरीय इन्टरनेटको आवश्यकता पर्ने हुँदा मन्त्री गुरुङको निर्देशनमा नेपाल टेलिकमले द्रुत गतिमा फाइभर लाइन विस्तार तथा इन्टरनेटको काम गरी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्मार्ट फोनको युगमा टुकटुके मोबाइल झुन्ड्याएर सुत्नुपर्ने बाध्यता
असोज १, २०८१ मंगलबार
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अर्याल नियुक्त
भदौ २३, २०८१ आइतबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार