चौधरी फाउण्डेशनको सिजी उन्नति भिलेज स्थापना
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
फागुन २६, २०७७ बुधबार १८:२:५४
![](https://nepalbahas.prixacdn.net/media/albums/Chaudhary-group_ArsglhLwoS.jpg)
२६ फागुन, नवलपुर । देशकै प्रतिष्ठित औद्योगिक घरना चौधरी ग्रुप (सिजी)को सामाजिक संस्था चौधरी फाउण्डेशनले नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को गैँडाकोट नगरपालिकामा ‘सिजी उन्नति कल्चर भिलेज’ स्थापना गरेको छ ।
राष्ट्रको मौलिक कला, संस्कृति, साहित्य, वेशभूषा, हस्तकलालगायतको संरक्षण र प्रवद्र्धनका लागि सिजीले नगरपालिकाको हर्कपुरमा कल्चरल भिलेज स्थापना गरेको हो । प्राकृतिक सुन्दरताकाबीच अवस्थित यहाँ थारू संस्कृति झल्काउने रेस्टुराँ, अतिथिगृह र कोठा छन् । चित्रकलामार्फत थारू जातिका विभिन्न संस्कृति, मेलामहोत्सव र पर्वबारे जानकारी दिइएको फाउण्डेशनका प्रतिनिधि रामचन्द्र धितालले बताए । थारू जातिका दैनिकी झल्किने विषयवस्तु केन्द्रित गरेर भिलेज स्थापना गरिएको उनले बताए । यहाँ थारु समुदायबारे जानकारी दिनसक्ने उनीहरुका जीवन झल्किने गरी सिङ्गो तस्वीरनै कुँदिएका छन् ।
देशकै मुख्य बजार चितवनको नारायणगढबाट करीब १२ किलोमिटर पश्चिममा पूर्वपश्चिम राजमार्गसँगैका भिलेजमा कला सङ्ग्रहालय, रङ्गमञ्च, बाटिका (गार्डेन अफ आर्टस्), निसर्ग सयर, क्राफ्ट म्युजियम र क्रियटिभ स्टुडियो छन् । कल्चर अन्तर्गत थारू समुदायको गाउँ, बडाघर डबली, गदला मोद (बार) रहेका छन् । पाहुना खण्ड अन्तर्गत कला घर, बोधी कुञ्ज, थारू घर, आथित्य खण्ड रहेको धितालको भनाइ छ । ‘एक्पिरियन्स’ अन्तर्गत कला र हस्तकला, थारू संस्कृत, जनजाति, आथित्य, प्राङगरिक खेती रहेका छन् ।
चौधरी फाउण्डेशनका महाप्रबन्धक दामोदर भण्डारीले सांस्कृतिक हिसाबले भिलेजमा थारू गाउँ रहेको बताउनुभयो । यस अन्तर्गत थारू डबली, थारू बार छन् । थारू बारलाई ‘गदला मोद’ नाम दिइएको छ ।
थारू संस्कृतिमा गदला भनेको जाँड र मोद भनेको रक्सी हो । अरू संरचनाको नाम पनि यसैगरी राखिएका छन् । भिलेजमा थारू मात्र नभएर अन्य विभिन्न जातजातिका सांस्कृतिक विषय पनि समावेश गरिएका भण्डारीको भनाइ छ ।
करीब ६ बिघा क्षेत्रफलमा फैलिएको भिलेजमा नेपाली कलाको सङ्ग्रहालय पनि छ । भण्डारीकाअनुसार नेपाली मौलिक कला र साहित्यको संरक्षण तथा प्रवद्र्धनका लागि भनेर कला केन्द्र बनाइएको हो । कलाघर पनि यहीँ छ, जहाँ सर्जक आएर सिर्जना गर्न सक्छन् । प्राङ्गरिक खेतीपातीको प्रवद्र्धन र विभिन्न खाद्यान्न उत्पादन गर्ने तरिका प्रदर्शनी गर्न यहाँ विशेष स्थान छुट्याइएको उनले बताए । यहाँको थारू रेस्टुराँमा आउने पाहुनाका लागि यहीँका उत्पादन पस्किइनेछ । सँगै थकाली र नेपाली परम्परागत खानाको स्वाद पनि चखाइने भण्डारीले बताए ।
भिलेजमा ‘कल्चरल मल्टिपर्पस हल’ पनि हुनेछ । भिलेजमा ‘कला बाटिका’का लागि छुट्टै ठाउँ तयार गरिएको छ । यसमा १८ वटा स्थान छुट्याइएका छन्, जसलाई ‘ओपन एयर म्युजियम’ भनिएको छ । यहाँ कलाकारले आफ्ना कलाकृति सिर्जना गर्नेछन्, जसलाई यहीँ प्रदर्शनीमा राखिनेछ ।
भिलेजमा स्थानीय हस्तकलाका विभिन्न सामग्री पनि उत्पादन हुनेछन् । त्यसका लागि दक्षजनशक्ति उत्पादन गर्ने र उत्पादित वस्तुको पहुँच बजारसम्म पु¥याउने योजना छ । नेपाली शिल्प एवं कलाबारे रुचि जगाउन ‘हिस्ट्री म्युजियम’ पनि बनाइएको छ जहाँ नेपाली शिल्पिका प्राचीन, मध्यकालीन र आधुनिक शिल्प हुने फाउण्डेशनका प्रतिनिधि धितालले बताए ।
नवलपुर क्षेत्रका माझी, बोटे, दराई, मगरलगायतका संस्कृति पनि यहाँ हुनेछन् । घाटु, सोरठीजस्ता नाच प्रदर्शन गरिनेछ । नेपालका सबै कलाकार एवं साहित्यकार आएर यहाँ आफ्नो कला एवं साहित्य सिर्जना गर्न सकुन् भन्ने भिलेजको लक्ष्य रहेको धितालले बताए ।
भिलेजको अवधारणाले रोजगारी सिर्जनालाई प्रोत्साहन गर्नुका साथै यसले स्वरोजगारीलाई पनि समानान्तर रूपमा अगाडि बढाउने फाउण्डेशनको विश्वास छ । स्थानीयवासीलाई नै सहभागी गराइने भएकाले हस्तकलाका सामग्री उत्पादनदेखि अतिथि सत्कारसम्म उनीहरू नै अग्रपङ्क्तिमा रहने छन् ।
भरखरै स्थापना भएको यस भिजेलमा फागुन २८ गतेदेखि उन्नतिसँगको सहकार्यमा दुई दिने ‘फाइनप्रिन्ट फिभर’ महोत्सव आयोजना गरिनेछ । सोही दिन कल्चरल भिलेजको उद्घाटनलगत्तै यो महोत्सव शुरू हुनेछ ।
महोत्सवमा कलाकार अनिल शाही र उहाँको ब्याण्डले सांस्कृतिक प्रस्तुति राख्ने उनले बताए । वरिष्ठ कलाकार गोपाल कलाप्रेमी श्रेष्ठले बोल्नेछन् । डा बाबुराम भट्टराईसँग जीवन क्षेत्रीले ‘गुमनाम आमाका कथा’बारे कुरा गर्नेछ । अभिनेत्री मनिषा कोइरालासँग पत्रकार स्वरूप आचार्यले ‘जिजीविषा’बारे विशेष संवाद गर्ने बताइएको छ । कांग्रेसका युवा नेता एवं सांसद गगन थापा र व्यवसायी÷लेखक जीवा लामिछानेबीच ‘देश देशावर’को कुरा हुनेछ । ‘पूँजीवाद र स्वतन्त्र समाजका आधार’मा लेखक÷अध्येता हरि शर्मा र मुराहरि पराजुलीबीच छलफल हुनेछ ।
प्रतीक्षा कट्टेलले लेखक निरञ्जन कुँवरसँग उनको नयाँ पुस्तक ‘बिटविन क्विन्स एण्ड द सिटिज’को सेरोफेरोमा रहेर कुरा गर्ने कार्यतालिका बनेको छ । ‘क’ कविता सङ्ग्रहका लेखक असिम सागरसँग उपन्यासकार अमर न्यौपानेको संवाद हुनेछ । सञ्चारकर्मी रवि लामिछाने र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच ‘राजनीतिमा राजकाज’माथि रोचक शास्त्रार्थ हुनेछ ।
नेता प्रदीप गिरिले नागरिक आन्दोलन र देवेन्द्रराज पाण्डेमाथि विद्वत् प्रवचन दिनेछ । आफ्नो पुस्तक पठनको शुरुआती दिनबारे बोल्दै कलाकार राजेश हमालले पुराना दिन सम्झिने बताइएको छ । युवा केन्द्रित उपन्यासकार सुविन भट्टराई र भर्खर ‘रहर’ कथासङ्ग्रह लिएर आएका सुरेश बडालबीच रमाइलो संवाद हुनेछ । डा बाबुराम भट्टराई र सिजी फाउन्डेसन÷सिजी कर्प ग्लोबका अध्यक्ष विनोद चौधरीबीच अर्थतन्त्र, विकास र समृद्धिबारे रोचक कुराकानी हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी
असार १७, २०८१ सोमबार
पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा
असार १८, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
असार १९, २०८१ बुधबार
टर्की युरोकपको क्वाटरफाइनलमा
असार १९, २०८१ बुधबार
नमोबुद्धका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
असार १९, २०८१ बुधबार
म्याग्दी नदीको कटान रोक्न मंगलाघाटमा पर्खाल निर्माण
असार १९, २०८१ बुधबार
ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध
असार १९, २०८१ बुधबार
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ५२ प्रतिशत काम
असार १९, २०८१ बुधबार