कृषि कर्ममा रमाउँदै जनप्रतिनिधि
नेपालबहस संवाददाता
फागुन २६, २०७७ बुधबार १८:८:५४
२६ फागुन, पशुपतिनगर । विसं २०५९ मा रोजगारीका लागि साउदी अरेबिया पुगेका इलामको सन्दकपुर गाउँपालिका–२ का गिरिराज खनालले घर फर्किएर कृषि कर्म थालेपछि मनग्ये आम्दानी गरेका छन् । व्यावसायिक रुपमा फलफूलको नर्सरी राखेपछि खनालको आम्दानी बढेको मात्रै छैन गाउँका युवालाई रोजगारीको अवसर पनि दिएको छ ।
विदेशमा गरिने मेहनतबाट देशमै गरे कृषि क्षेत्रबाट रोजगारी सिर्जना हुने देखेर घर फर्किएका खनालले शुरुमा बाख्रापालनबाट आफ्नो कृषि कर्मको शुरुवात गरेका थिए । सामाजिक सेवामा सक्रिय भएर बाख्रा र कुखुरापालन गर्दै आएका खनाल गत स्थानीय निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भए । जनप्रतिनिधि भएपछि पनि उनले फलफूल र नगदेबालीको बिरुवा उत्पादन कार्यलाई निरन्तरता दिए । वडाध्यक्षमा निर्वाचित भएपछि बाख्रा र कुखुरापालन गर्न नभ्याउने भएपछि आफ्नो व्यवसायलाई परिवर्तन गरे । उनी भन्छन्, “अहिले फलफुल र नगदेबालीको बिरुवा बिक्रीबाट राम्रो आम्दानी भएको छ ।”
सन्दकपुर–२ का वडाध्यक्ष रहेका गिरिराज खनालले वैदेशिक रोजगारीबाट फर्केर गरेको आम्दानी देखेर स्थानीय युवा पनि कृषि कर्ममा सक्रिय हुन थालेका छन् । विसं २०५९ मा रोजगारीमा घरबाट निस्किएका खनाल साउदी अरेबिया पुगेका थिए । वैदेशिक रोजगारीका क्रममा कृषि फर्ममा नै काम गर्ने अवसर पाएपछि खनालले देशमै केही गर्न सकिने बुझेर घर फर्किएको बताए । ‘‘विदेशमा पनि घरमा दैनिकजसो गरिएका क्षेत्रमा नै रोजगारीका अवसर प्राप्त हुँदा रहेछन्’’, खनाल भन्छन्,“हामीले विदेशमा बसेर दिनको १० घण्टा नेपालमै काम गरेमा देशमै रोजगारीका अवसरसँगै आम्दानी मनग्ये आम्दानी गरिनेरहेछ ।” खनालले आफू स्वरोजगारसँगै गाउँका युवालाई रोजगारीका अवसर पनि दिएको छ ।
विदेशमा गरिने मेहनत देशमै गरे कृषि क्षेत्रबाट रोजगारी सिर्जना हुने देखेर घर फर्किनु भएका खनालले अहिले हरेक वर्ष २० लाख बढी आम्दानी गर्दै आएका छन् । ‘‘कुखुरा र बाख्रापालन गर्दागर्दै स्थानीय तहमा वडाध्यक्षको टिकट मिल्यो, चुनाव पनि जितियो उनी भन्छन्,“विदेशमा बस्दा फलफुल र तरकारीखेतीमै काम गरेकोअनुभवले गर्दा फलफुल र नगदेबालीको नर्सरी स्थापना गरी आफ्नो कृषि कर्मलाई निरन्तरता दिएको छु ।”
बिहान बेलुकी आफैँ नर्सरीमा खट्ने खनालले पाँचजना स्थानीय युवालाई रोजगारी दिएका छन् । किबी, टिम्मुर, एबोकाडो, अलँैची, कागती, सुन्तला प्रजातिका बिरुवा उत्पादन हुने नर्सरीबाट आम्दानीसँगै रोजगारी पाएको स्थानीय चन्द्र खतिवडाले बताए । रोजगारीसँगै कृषि क्षेत्रमा गर्नुपर्ने प्राविधिक ज्ञान पनि प्राप्त भएको छ, खतिवडा भन्छन्,“शुरुमा नर्सरीमा किन नङ खियाउनु जस्तो लाग्थ्यो अहिले गर्दै जाँदा आम्दानीका स्रोतसँगै आफ्नो बारीमा किबीखेती रोपी आम्दानी गर्न थालेका छौँ ।”
पूर्वी नेपालका पहाडी जिल्लामा व्यावसायिक रुपमा खेती हुने अलँैचीको बिरुवा खनालको नर्सरीबाट वार्षिक १० लाखको सङ्ख्यामा बिक्री हुन्छ । सरकारले सन्दकपुर गाउँपालिकालाई किबी जोन बनाएपछि उहाँको नर्सरीमा किबीका बिरुवाको माग बढी छ । कागती, अचार खाने टिम्मुर सुन्तलाका बिरुवा १० लाखको सङ्ख्यामा वार्षिक बिक्री हुने गरेको छ । सन्दकपुर–२ का वडाध्यक्ष रहेका खनालको नर्सरीको आम्दानी देखेर स्थानीयवासीलाई पनि कृषि तथा पशुपालन क्षेत्रमा काम गर्ने प्रेरणा मिलेको स्थानीय बताउँछन् । हरेक वर्ष ३० लाख बिरुवा बिक्री गर्ने खनालको नर्सरी तीन वटा टनेलमा राखिएको छ । एक टनेलबाट खर्च कटाएर सात लाख आम्दानी हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी
असार १७, २०८१ सोमबार
पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा
असार १८, २०८१ मंगलबार
बागमतीसहित यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना
असार १९, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १९, २०८१ बुधबार
नेदरल्याण्डस युरोकपको क्वाटरफाइनलमा
असार १९, २०८१ बुधबार
भारतमा धार्मिक सभामा भागदौड हुँदा १२० जनाभन्दा बढीको मृत्यु
असार १८, २०८१ मंगलबार
एकीकृत समाजवादीको महाधिवेशन बैठक बुधबार
असार १८, २०८१ मंगलबार
दाङमा खोलाले बगाउँदा एक महिलाको मृत्यु
असार १८, २०८१ मंगलबार