कोरोना केस बढेसँगै अक्षयको ‘सूर्यवंशी’ रिलिज नहुने
नेपालबहस संवाददाता
फागुन २६, २०७७ बुधबार १८:२७:३८
२६ फागुन, एजेन्सी । बलिउडका नायक अक्षय कुमारको चलचित्र ‘सूर्यवंशी’ अप्रिल २ बाट रिलिज हुने पक्का जस्तै छ । तर, यसको मेकरले अब भने अप्रिल २ मा चलचित्र रिलिज नगर्ने भएको छ । रोहित सेट्टीको निर्देशनमा बनेको यो चलचित्रमा अक्षय कुमार र कट्रिना कैफ मुख्य भूमिकामा छन् । अप्रिल २ बाट चलचित्र रिलिज गर्न यसका मेकर तयार भएका थिए ।
तर, अब भारतका विभिन्न स्थानमा कोरोना भाइरसको केस बढेसँगै चलचित्र ‘सूर्यवंशी’ अप्रिल २ मा रिलिज नहुने भएको छ । अक्षय र रोहित सेट्टीले पनि तत्काल चलचित्र रिलिज गर्न नहुने निर्णय गरेका हुन् । महंगो बजेटमा बनेको चलचित्रलाई दर्शकको शत प्रतिशत अकुपेन्सीका साथ व्यापार हुन आवश्यक छ । योसँगै फेरि भारतमा कहिलेबाट दर्शकको चाप हलमा देखिन्छ भन्ने अनुमान लगाउन गाह्रो परेको छ ।
चलचित्र ‘सूर्यवंशी’ले हलमा दर्शक तान्ने र यसको असर नेपाली चलचित्रमा पर्ने विश्लेषण गर्दै केही मेकरले चैत्र २७ लाई प्रदर्शन मिति तोकेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म भूल भुलैया-३ को सस्पेन्सले भरिएको पोष्टर सार्वजनिक
असोज ९, २०८१ बुधबार
भारतबाट 'लापत्ता लेडिज' ओस्कारमा
असोज ७, २०८१ सोमबार
स्त्री-२ बन्यो ६०० करोड कमाई गर्ने बलिउडको दोस्रो फिल्म
असोज ७, २०८१ सोमबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार