ईमान्दारिताको राजनैतिक संस्कार स्थापित गराउने मेरो पहिलो कार्य हुनेछ –डा. शेखर
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
चैत १८, २०७७ बुधबार १९:४१:७
![](https://nepalbahas.prixacdn.net/media/albums/shekhar-koirala-6_5IJTjD2xTT.jpg)
नेपाली कांग्रेस अहिले आफ्नै पार्टीको चौधौं महाधिवेशनको आन्तरिक क्रियाकलापहरुमा व्यस्त रहेको देखिन्छ ।
विभिन्न जिल्लाहरुबाट क्रियाशिल सदस्यताका फारामहरु केन्द्रमा पठाउने, अध्याबधिक गर्ने र फाराम आउन बाँकी जिल्लाहरुमा समेत उचित संयन्त्र बनाएर यथाशिघ्र क्रियाशिल सदस्यता नवीकरण गर्ने र केन्द्रमा पठाउने कार्यलाई तिब्रताका साथ अगाडि बढाउदैछ ।
कांग्रेसको उक्त कार्यले अब भने आगामी २०७८ भदौमा नेपाली कांग्रेसको चौधौ महाधिवेशन सम्पन्न हुने आधारहरु तयार हुदैछन् । तमाम नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको चासो र चिन्ताको बिषय बनेको नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट नयाँ नेतृत्व आउने अपेक्षा समेत गरिएको छ ।
नेपाली कांग्रेस भित्र अहिले पार्टी सभापतिमा देखिएका अनुहारहरुमा वर्तमान सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला , डा. शशांक कोइराला, विमलेन्द्र निधि, अर्जुन नरसिंह के.सी., रामचन्द्र पौडेल लगायतका शिर्षस्थ नेताहरु नै सभापतिको दौडमा देखिएका छन् ।
छनौट चरणको दौडमा कति चुनिने हुन र कति छोडिने हुन त्यो त भविष्यले नै बताउन सक्ला तर वर्तमानमा सभापतिको दौडमा शेरबहादुर देउवा र डा. शेखर नै चर्चाको शिखरमा रहेका उम्मेद्वार देखिएका छन् । पार्टीको तेह्रौ महाधिवेशनमा रामचन्द्र पौडेललाई सघाएको कोइराला परिवार चौधौं महाधिवेशनमा भने आफै सभापति बन्ने दौडमा देखिएका कारण यस पटक बरिष्ठ नेता रामचन्द्र पौडेललाई सघाउने पक्षमा देखिदैन ।
डा. शेखर को बिगत बर्षहरुदेखिकै देश दौडाहा र कार्यकर्ताहरुको चाहनाका कारण पनि यस पटकको सभापति डा. शेखर नै बन्ने दर्बिला आधारहरु खडा हुँदै गैरहेका छन् । देशलाई छिटो विकासको मार्गमा लैजान नसके नेपाली कांग्रेसको बिकल्प जनताहरुले खोज्न सक्ने तर्फ अत्यन्तै चिन्तित देखिनु हुन डा. शेखर विश्वेश्वर प्रसाद कोइरालाले परिकल्पना गरेको नेपाली कांग्रेस बनाउन जनताका समस्यामा किन गहिरिएर सहभागि हुन सकेनौं भनेर आत्माआलोचना गर्दै अगाडि बढनु पर्ने कुरामा जोड दिदै आएका छन् ।
नेपाली कांग्रेसलाई विपक्षिले भनेजस्तो बनाउने हैन विश्वेश्वरप्रसाद कोइराला र गणेशमानीले भनेजस्तो बनाउनु पर्छ । कृष्णप्रसाद भट्टराई र गिरिजाबाबुले हिडाएको बाटोमा हिडाउनु पर्छ । शुशिल कोइरालाले जस्तो अदम्य शाहस देखाएर अबको नेपाली कांग्रेसलाई जनजनको प्यारो र भरोषा गर्न योग्य र लायक नेपाली कांग्रेस बनाउनु पर्छ भनेर नै अहिले डा. शेखर जनताका घर आँगनमा पुगिरहनु भएको छ ।
जबसम्म नेता र कार्यकर्ताका बिचमा दोहोरो सम्बाद गर्न सकिदैन तवसम्म संगठनलाई बलियो बनाउन सकिदैन । कार्यकर्ताहरुको भावना र चाहना अनुरुप नै हो पार्टीलाई अगाडि बढाउने । बिना कार्यकर्ताको नेता मात्रै बनेर काठमाण्डौमा बसेर भाषण गर्दैमा संगठन मजबुत हुँदैन यसका लागि आम कार्यकर्ताका घरघरमा पुगेर उनिहरुको समस्या र गुनासाहरुमा सरिक हुन सक्नु पर्दछ भन्ने विश्वेश्वरप्रसाद कोइराला कै राजनैतिक लाईनमा अहिले डा. शेखर उभिएका छन् । त्यसैले पनि उनलाई आगामी चौंधौ महाधिवेशनमा सभापति बन्ने बाटो खुल्दै गएको देखिन्छ । निरन्तरको जिल्ला दौडाहा र कार्यकर्ताको समर्थन प्राप्त गर्नुले पनि डा. शेखर प्रति कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरुको साथ र समर्थन बढदै गैरहेको देखिन्छ ।
किसुनजीको त्याग र गणेशमानजीको समर्पणबाट आफुले ईमान्दारीताको राजनैतिक संस्कार सिकेको बताउनु हुँदै शुशिल दा’को झै निस्वार्थ राजनीति गरेर नेपाली जनताको मुहारमा खुसीको हाँसो देख्नु मात्रै आफ्नाे एकमात्र अन्तिम लक्ष रहेको बताएका छन् । सभापति बन्दैमा आमुल परिवर्तन गर्न सकिन्छ भन्ने हैन भन्दै उनी ईमान्दारिताको राजनैतिक सस्कार स्थापित गराउन सके देशमा आधा भ्रष्टाचार कम गर्न सकिने कुरामा भने आफु विश्वस्त रहेको बताउछन् ।
सधैं नेपाली नागरिकको दुःखसुखमा साथ दिदैं आउन भएका कोइराला नेपालमा शिक्षा, स्वास्थ्यमा भएको व्यापारीकरणको बिरुद्धमा देखिनु भएको उनका भनाईहरु र विभिन्न कार्यक्रमहरुमा दिईएका अभिव्यक्तिहरुबाट प्रष्ट हुन्छ । डा. शेखर भन्छन् :– मेरो चिन्ता के मा छ ? भनेर भन्नुहुन्छ भने मेरो चिन्ता नेपालको गरिवी र पछ्र्यौटेपनमा छ । मेरो चिन्ता नेपाली नागरिकहरुलाई कसरी महङ्गो र व्यापारीकरण हुदै गएको शिक्षालाई पूर्ण रुपमा निशुल्क बनाउने भन्नेमा छ । मेरो चिन्ता गरिव जनताले निर्धक्कका साथ सर्वशुलभ तरिकाले कसरी स्वास्थ्य सेवा पाउने वाताबरण बनाउन सकिन्छ होला ? भन्नेमा छ । मेरो चिन्ता किसानको उत्पादनले कसरी बजार पाउने बातावरण मिलाउन सकिन्छ ? भन्नेमा छ अनि मेरो चिन्ता अपराधिले सजाय र निमुखाले न्याय पाउने विश्वसनीय वाताबरण कसरी बनाउन सकिन्छ ? भन्नेमा छ ।
डा. शेखर अगाडि भन्छन्, जीवनको उत्तरार्धमा अब मलाई कुनै व्यक्तिगत सम्पत्ति जम्मा गर्ने र कसरी राजधानीको मुटुमा आलिसान महल ठड्याउने भन्ने कुनै लोभ लालच र चाहना छैन । किसुनजीको त्याग र गणेशमानजीको समर्पणबाट आफुले ईमान्दारीताको राजनैतिक संस्कार सिकेको बताउनु हुँदै शुशिल दा’को झै निस्वार्थ राजनीति गरेर नेपाली जनताको मुहारमा खुसीको हाँसो देख्नु मात्रै आफ्नाे एकमात्र अन्तिम लक्ष रहेको बताएका छन् । सभापति बन्दैमा आमुल परिवर्तन गर्न सकिन्छ भन्ने हैन भन्दै उनी ईमान्दारिताको राजनैतिक सस्कार स्थापित गराउन सके देशमा आधा भ्रष्टाचार कम गर्न सकिने कुरामा भने आफु विश्वस्त रहेको बताउछन् । नेतृत्व तहमा ईमान्दारिता कायम गराउने नै आफ्नो पहिलो कर्तव्य हुने उनले बताएका छन् ।
राजनैतिक नेतृत्वले ईमान्दारिताका साथ प्रस्तुत हुने हो भने देशको स्थायी सरकारको रुपमा रहेका कर्मचारीहरु पनि आफै ईमान्दार हुन्छन् । कर्मचारीलाई भ्रष्टचार तर्फ अग्रसर गराएर बदनाम बनाउने पनि गलत राजनैतिक अभ्यास नै हो भन्दै डा. शेखर भन्छन्, कर्मचारीहरु पनि कुनै समुन्द्रपारीको देशबाट दुईचार बर्ष काम गर्न नेपाल आएका पाहुना हैनन् हाम्रै देशका नागरिकहरु हुन । उनिहरुलाई आत्मसम्मान उच्च हुने खालका पुरस्कार र हौसलापूर्ण व्यबहार मात्रै नेतृत्व तहले गरि दिने हो भने कर्मचारीले सरकारलाई पूर्णरुपमा सहयोग गर्दछन् । कर्मचारीले ईमान्दारिताका साथ जनताका काम बिना कुनै झण्झट समयमै सम्पन्न गर्ने प्रकृया शुरु हुने बित्तिकै जनता र कर्मचारी बिचको सुमधुर सम्बन्ध स्थापित भैहाल्छ । यसका लागि पहिला ईमान्दार राजनैतिक नेतृत्वको जरुरी छ ।
म सम्पूर्ण नेपाली जनताले आत्मै देखि मन पराउनु भएको र हृदयदेखि नै विश्वास गर्नुभएको सिंगो नेपाली कांग्रेसको सभापति बन्न चाहान्छु । मेरो विचारमा नेपाली कांग्रेसको सभापति कार्यकर्ताले भेट्न चाँहदा भेट्न सकिने हुनुपर्छ । नेपाली जनताका समस्यामा गहिरिएर बुझ्न सक्ने र साथ, सहयोग र सान्त्वना दिन सक्ने हुनुपर्छ ।
देश बनाउन आर्थिक अभाव नभएको भन्दै नेता डा. शेखर भन्छन्, मात्रै जनता र सरकार बिचमा विश्वासको कमी रहेको छ । अबको नेपाली कांग्रेसको नेतृत्व अत्यन्तै ईमान्दार रहने र जनता, सरकार र कर्मचारीसँग त्रिकोणात्मक सम्बन्ध राख्न सक्ने र जनताका काममा ईमान्दारिताका साथ लागिपर्ने हुने समेत विश्वास दिलाउनु भएको छ । मलाई को सभापति बन्ला ? को प्रधानमन्त्री बन्ला ? को मन्त्रि र सांसद बन्ला भन्नेमा कुनै चिन्ता छैन त्यो त निर्वाचनको माध्यमबाट जनताको मताधिकारबाट प्राप्त हुने अवसर हो भन्दै डा. शेखर भन्नुहुन्छ चिन्ता छ त नेपाली कांग्रेसका तमाम क्रियाशिल सदस्यहरुसम्म वीपीको विचार र कांग्रेसको घोषणापत्र कसरी पुर्याउने भन्नेमा छ । नेपाली कांग्रेसले लिएका बिकासका योजनाहरुका खाकामा स्थानीय नागरिकको साथ र सहयोगको बर्तन कसरी थप्न सकिन्छ ? भन्नेमा छ ।
यिनै योजना र कार्ययोजनाका साथ डा. शेखर नेपाली कांग्रेसको चौधौ माहाधिबेशनमा सभापतिको दौडमा छन् । कोइराला भन्छन्, मलार्ई पार्टी भित्र कुनै पनि गुट, उपगुट या समूहको नेता बन्नु छैन । म सम्पूर्ण नेपाली जनताले आत्मै देखि मन पराउनु भएको र हृदयदेखि नै विश्वास गर्नुभएको सिंगो नेपाली कांग्रेसको सभापति बन्न चाहान्छु । मेरो विचारमा नेपाली कांग्रेसको सभापति कार्यकर्ताले भेट्न चाँहदा भेट्न सकिने हुनुपर्छ । नेपाली जनताका समस्यामा गहिरिएर बुझ्न सक्ने र साथ, सहयोग र सान्त्वना दिन सक्ने हुनुपर्छ । जनताको भावनामा ठेस लाग्ने कुरा बोल्ने र जनताका चाहनाहरु कुल्चने व्यक्ति नेपाली कांग्रेसको नेता किमार्थ बन्न सक्दैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूजीखोलाका बाढीपीडित ठूलो वर्षा हुँदा राम्रोसँग निदाउन सक्दैनन्
असार २०, २०८१ बिहिबार
वर्षाले हिलाम्मे काठमाडौंका सडक ( फोटो फिचर )
असार २०, २०८१ बिहिबार
बाढी प्रभावित भन्छन्ः - 'बर्खा बर्सेनि हाम्रा लागि दुःखको समय हो'
असार २०, २०८१ बिहिबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
असार २०, २०८१ बिहिबार
सहकारी ठगी सम्बन्धका कारवाहीबारे प्रहरी प्रमुख र गृहसचिवसँग संसदीय समितिले लियो जानकारी
असार २१, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाको तिलगंगा क्षेत्रमा पार्क निर्माण
असार २१, २०८१ शुक्रबार
एसईईमा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई वालिङमाले गर्यो पुरस्कृत
असार २१, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्सबी हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी
असार २१, २०८१ शुक्रबार
नियुक्तिका लागि अन्तरिम आदेश भए सन्तोष र मुक्तिनाथमध्ये एक जना बन्नेछन धितोपत्रको अध्यक्ष
असार २१, २०८१ शुक्रबार
बेलायतमा लेबर पार्टीको ऐतिहासिक जित, स्टारमर प्रधानमन्त्री बन्ने
असार २१, २०८१ शुक्रबार