पवनको फिल्म वकिल साबको ट्रेलर रिलिज, थिएटरभित्र धक्कामुक्का !
नेपालबहस संवाददाता
चैत १९, २०७७ बिहिबार १९:३१:७
दक्षिण भारतीय सुपरस्टार पवन कल्याणको फिल्म ‘वकिल साब’को ट्रेलर रिलिजका क्रममा हंगामा भएको छ । दक्षिण भारतका कैयौं शहरहरुमा तोडफोड र हंगामा भएको हो ।
वकिल साबको ट्रेलर बुधबार हिजो बेलुकी करिब ४ बजे रिलिज भएको हो । यो ट्रेलर हेर्न फ्यानहरु निकै उत्साहित देखिए । विशाखापट्टनमका केही थिएटरहरुमा फ्यानहरुले तोडफोड गरेका हुन् ।
यसको भिडियोहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् । संगम सारथ थिएटरमा २ बजे नै फ्यानहरु जम्मा भएका थिए । थिएटरभित्र पुग्न भिडमा धक्कामुक्का चलेको थियो । यस क्रममा भिडले थिएटरको सिसाको ढोका फुटाइदिएको भारतीय समाचार एजेन्सीले बताएका छन् ।
सडकमा पनि कहीँ पटाखा फुटाइएका थिए भने कहीँ पवन कल्याणको पोस्टरको आरती गरिएको थियो । २ वर्षपछि पवन कल्याणको कमब्याकले फ्यानहरुमा उत्सवको माहोल छ ।
फिल्ममा पवन कल्याणको साथमा प्रकाश राज, निवेदिता थोमस, अञ्जली, अनन्या, नरेश, देव गिल लगायत छन् । श्रुति हसनको क्यामियो छ । फिल्म ९ अप्रिलमा सिनेमाघरमा रिलिज हुनेछ । यो फिल्म अमिताभ बच्चनको हिन्दी फिल्म पिंकको तेलुगु रिमेक हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म भूल भुलैया-३ को सस्पेन्सले भरिएको पोष्टर सार्वजनिक
असोज ९, २०८१ बुधबार
भारतबाट 'लापत्ता लेडिज' ओस्कारमा
असोज ७, २०८१ सोमबार
स्त्री-२ बन्यो ६०० करोड कमाई गर्ने बलिउडको दोस्रो फिल्म
असोज ७, २०८१ सोमबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार