वैशाख ११ : लोकतन्त्रको विजय दिन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ११, २०७८ आइतबार ३:२१:३१
![](https://nepalbahas.prixacdn.net/media/albums/loktanra_WOEHiqCNXN.jpg)
११ बैशाख, काठमाडौं । तत्कालीन सात राजनीतिक दलले गरेको निरङ्कुश राजतन्त्रविरुद्ध आन्दोलनले विजय प्राप्त गरेको दिन वैशाख ११ अर्थात् लोकतन्त्र दिवसका रूपमा आम नेपालीले आजको दिनलाई स्मरण गरेका छन् । कोभिड–१९ सङ्क्रमणको महामारीका कारण औपचारिक कार्यक्रम कमै भए पनि सारा नेपालीले यो दिनलाई निरङ्कुशताको पराजय र लोकतान्त्रको विजयका रूपमा सम्झना गरेका छन् ।
जनता समाजवादी पार्टीका नेता एवं प्रतिनिधिसभा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्ण भन्छन – प्रत्येक वर्षको वैशाख ११ नेपाली जनताले उत्सावकै रूपमा मनाउनुपर्ने शुभ दिन हो । लोकतन्त्रको विकल्प भनेकै लोकतन्त्र मात्र हुन्छ । वैशाख ११ गते घोषणाकै विकास क्रमले मुुलुक गणतन्त्रतर्फ उन्मुख मात्र नभई जनता सार्वभौम भई लोकतन्त्रको स्थापना भएको घटना बताउँदै उनले भने, “यो दिनलाई जसरी सम्झनुपर्ने हो । कोरोनाका कारण उत्सव मनाउन सकेनौँ । दुःख लाग्ने कुरा त्यही छ ।”
लोकतन्त्रको रक्षाका लागि सम्पूर्ण नेपाली, सरकार, राजनीतिक दल एकताबद्ध भएर उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा यो बीचमा केही कमी कमजोरी भएको बताउँदै सभापति कर्णले भने, “राजा सर्बेसर्वा भइरहेको अवस्थाबाट नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट लोकतन्त्र स्थापित गरेको दिनको भावनालाई सबै राजनीतिक दलका नेतृत्वले आत्मसात गर्न सकुन् ।”
नेकपा९माओवादी केन्द्र० का नेता देवेन्द्र पौडेलले नेपाली जनताले अधिकार प्राप्तिका लागि ७० वर्ष निकै दुःख गरेको र अधिकार प्राप्तिका लागि उत्कर्ष चरणको दिनका रूपमा आजको दिनलाई लिइने गरेको बताए । उनले भने, “जनताले उत्कर्ष र उदारताको भावनासहित आन्दोलनमा सहभागी भई नयाँ नेपालको परिकल्पना गरेका थिए, दलहरूले त्यसको उचित व्यवस्थापन, संयोजन र नेतृत्व गर्न नसकेको, अल्मलिएको, सच्चिनुपर्ने अवस्था देखिएको तथा जनताप्रति अझै प्रतिबद्ध हुनुपर्ने चुनौतीका रूपमा यो दिनलाई स्मरण गरेको छु ।”
नेकपा ‘एमाले’का नेता एवं सांसद विजय सुब्बाले वर्षौदेखि लोकतन्त्र विपरीत शासन गर्दै आएका शासकविरुद्धमा भएको २०६२/६३ को आन्दोलन वास्तवमा २०४६ सालपछिको सबैभन्दा ठूलो आन्दोलन रहेको र त्यसले नेपाली जनता र देशकै लागि पनि नयाँ बाटो खोलिदिए पनि जनतालाई दिने प्रभाव अझै प्राप्ति नभएको बताए । उनले भने, “निरङ्कुश राजतन्त्रलाई फाल्न त सफल भइयो तर लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न राजनीतिक दलमा जुन योग्यता हुनुपर्ने हो, त्यो योग्यता देखिएन, नेपाली नेतामा यति सारो सुझबुझको कमी, व्यक्ति स्वार्थ, देश र जनतालाई वास्ता नगर्ने चरित्र छ होला भनेर कल्पना पनि गरिएको थिएन ।”
लोकतन्त्रलाई संस्थागत गर्न जनता अझै सचेत हुन जरुरी रहेको बताउँदै सांसद सुब्बाले भने, “जनता र राजनीतिक दलमा लागेका कार्यकर्ता इमान्दार हुनुपर्छ, वर्तमान पुस्ता नेता आशा लाग्दो ढङ्गले हुर्किरहेको जस्तो देखिन्न । थोरै इमान्दार छ । उसले देशका लागि काम गरे पनि प्रभाव पार्न सक्दैनन् । बहुमत सङ्ख्या भ्रष्ट र आत्म केन्द्रित भएका कारण अहिलेको गतिविधिलाई निहाल्दा अवस्था सङ्ग्लिन समय लाग्छ कि ?
निरङ्कुश राजतन्त्रविरुद्ध लोकतन्त्रका पक्षले राजालाई घुडा टेकाएको दिनका रूपमा स्मरण गरिने आजको दिनले आन्दोलनकारीबाट दरबार घेरिएपछि सेनालगायत सुरक्षाकर्मीले राजाको साथ छोडेपछि आन्दोलनले विजय हासिल गरेको थियो । नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनका बलमा लोकतन्त्र स्थापना भएपछि मुलुकमा गणतन्त्र, सङ्घीयता र नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको थियो ।
उक्त आन्दोलनका उपलब्धिका रूपमा जनतालको लामो चहानाअनुरूप संविधानसभाबाट वर्तमान नेपालको संविधान जारी भई लागू भएको हो । आन्दोलनका बलमा राजाले सदाका लागि सत्ता त्यागेको दिनका रूपमा नेपाली जनताले आजको दिनलाई स्मरण गर्दै आएका छन् । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूजीखोलाका बाढीपीडित ठूलो वर्षा हुँदा राम्रोसँग निदाउन सक्दैनन्
असार २०, २०८१ बिहिबार
वर्षाले हिलाम्मे काठमाडौंका सडक ( फोटो फिचर )
असार २०, २०८१ बिहिबार
बाढी प्रभावित भन्छन्ः - 'बर्खा बर्सेनि हाम्रा लागि दुःखको समय हो'
असार २०, २०८१ बिहिबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
असार २०, २०८१ बिहिबार
सात वटै प्रदेश सरकारमा माओवादीको उपस्थिति शून्य रहने
असार २१, २०८१ शुक्रबार
राष्ट्रियसभाको बैठक बस्दै
असार २१, २०८१ शुक्रबार
हिलाम्मे सडक, वडाध्यक्ष भन्छन् - ‘सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो’
असार २१, २०८१ शुक्रबार
नेपालमा गोताखोरको सङ्ख्या एक सय १० पुग्यो
असार २१, २०८१ शुक्रबार
अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार