पत्रकार पौडेलको ‘स्मृतिका तरङ्ग’ कृति बजारमा
नेपालबहस संवाददाता
बैशाख १७, २०७८ शुक्रबार १७:२४:५३
१७ वैशाख,चितवन । पत्रकार वीरेन्द्रमणि पौडेलको ‘स्मृतिका तरङ्ग’ शीर्षक कृति बजारमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुर निवासी पौडेलले समाजमा भएका आफूसँग सम्बन्धित घटना पुस्तकमा उतारेका हुन् ।
‘नारायणी टुडे’ राष्ट्रिय मासिक प्रकाशक रहेको सो कृति १६० पृष्ठको छ । पौडेलले भने “मैले पुस्तकमा ९० प्रतिशत जस्ताको तस्तै लेखेको छु । शतप्रतिशत लेख्दा सामाजिक संरचना खल्बलिने भएकाले पूरै लेख्न सकिन ।” चितवन जिल्लामा मात्र १० हजार पुस्तक बिक्री गर्ने लक्ष्य पौडेलको छ ।
गलत दिशातर्फ गइरहेको नेपाली समाज ठीक बाटामा ल्याउन यसले मद्दत गर्ने उनको भनाइ छ । पुस्तकमा सामाजिक, आर्थिक र राजनीतिक विषय समेटिएको छ । साहित्यकार डिआर पोख्रेलले संस्मरण निकै राम्रो यथार्थवादी रहेको बताए । आफ्नो र अरुको राम्रो, नराम्रो, छोटो छरितो र मीठो तरिकाले प्रस्तुत गरिएको छ ।
पौडेलको यसअघि ‘समय प्रवाह’, ‘समय सन्दर्भ’, ‘समय चक्र’, ‘परिवेश र प्रवृत्ति’ तथा लेखसङ्ग्रह प्रकाशन भइसकेका छन् । छब्बीस वर्षदेखि निरन्तर पत्रकारितासँगै लेखनमा सक्रिय पौडेलले राष्ट्रिय र स्थानीय पत्रपत्रिकामा करीब दुई हजार पाँच सय समसामयिक लेख लेखिसकिएको जिकिर गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसकियो पुस्तकालय सम्मेलन, १७ बुँदे गण्डकी घोषणापत्र जारी
जेठ २०, २०८१ आइतबार
बेलबारीमा गोविन्द हुक्पा चोङबाङको ‘मायाको सृष्टि’ विमोचित
चैत २५, २०८० आइतबार
गीतकार खतिवडाको नयाँ कृति, हिन्दी गीतहरूको संग्रह “कैसा मन मस्ताना प्यारे"
चैत ८, २०८० बिहिबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
पोखराबाट जोमसम उडेको तारा एयरको जहाज वेपत्ता
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार
पोखराबाट जोमसम उडेको तारा एयरको जहाज वेपत्ता
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
नेकपा एसको महाधिवेशनमा अरु शीर्ष गए, ओली गएनन्
असार १६, २०८१ आइतबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार
पोखराबाट जोमसम उडेको तारा एयरको जहाज वेपत्ता
असार १७, २०८१ सोमबार
चौबिसै घण्टा खुला गरिएसँगै चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय
असार १७, २०८१ सोमबार
व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत
असार १७, २०८१ सोमबार