१०१ वर्षीय साहित्यकार किञ्जल्कको अभिनन्दन गरिने
नेपालबहस संवाददाता
बैशाख २७, २०७८ सोमबार १८:५९:११
२७ वैशाख,गण्डकी । साहित्यकार गोपाल वैद्य ‘किञ्जल्क’को अभिनन्दन गरिने भएको छ । एक सय एक वर्षीय किञ्जल्कको अभिनन्दनका लागि डा नारायणप्रसाद खनालको संयोजकत्वमा १०१ सदस्यीय अभिनन्दन मूल समारोह समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा महेन्द्रलाल प्रधान र रामगोपाल ढेवाजू, सचिवमा कृष्णप्रसाद बाँस्तोला तथा कोषाध्यक्षमा प्रतिभा प्रधान र सहकोषाध्यक्षमा राइम ढेवाजू रहेका छन्।
साहित्यकार किञ्जल्कको साहित्यिक योगदानको सम्मान गर्दै अभिनन्दन गर्न लागिएको समितिका सचिव बाँस्तोलाले जानकारी दिए । समितिमा कास्की, बागलुङ, पर्वत, तनहुँ, गोरखा, चितवन, नवलपुर, रुपन्देही, दाङ र काठमाडौंका साहित्यकार, सङ्घसंस्थाका प्रतिनिधि रहेका छन् । बाँस्तोलाका अनुसार समितिले अभिनन्दन ग्रन्थ प्रकाशन गर्ने तथा अनुकूल समयमा किञ्जल्कको अभिनन्दन गर्नेछ ।
विसं १९७८ जेठ २ मा प्यूठानको खलङ्गामा जन्मनुभएका ‘बागलुङे वैद्य’ पोखरा महानगरपालिका २ भैरवटोल निवासी हुन् । पुख्र्यौली घर बागलुङ भएका उनको परिवार २०१५ सालदेखि पोखरामा बसेको हो । आयुर्वेदमा स्नातक उहाँले पोखरा भैरवटोलस्थित निवास भैषज्य सदनमा केही वर्ष अघिसम्म औषधालय सञ्चालन गरेका थिए ।
नेपाली र संस्कृत भाषामा सिद्धहस्त किञ्जल्कको पहिलो रचना संस्कृतको किञ्चल्क कणिका २०४० सालमा गोरखापत्रमा प्रकाशन भएको थियो । उनका हिमाद्री महिमा (संस्कृत, २०६१) बद्री केदार दर्शन (पद्यात्मक, २०५४), नीतिशतकम् (पद्यात्मक, २०५४) कृति प्रकाशित छन् । त्यस्तै उनका सम्पादित तथा अनुवादित कृति चाणक्य नीतिदर्पण (पद्यानुवाद, २०५४), कुमार सम्भव १, ४, ५ सर्ग (पद्यानुभाव, २०५४), शिव महिमा स्त्रोतम् (पद्यानुभाव, २०५६), विष्णुसहस्त्रनाम (पद्यानुभाव, २०५८), सूक्ति मुक्ताहार (पद्यानुभावसहित, २०५४), लक्ष्मीनृसिंहस्तोत्र भगवच्छरण (२०५७), स्तोत्र साधनपञ्चकम्, कैवल्याष्टक, उपमन्युकृत शिवस्तोत्रको पद्यानुभाव (२०६१) प्रकाशित छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलबारीमा गोविन्द हुक्पा चोङबाङको ‘मायाको सृष्टि’ विमोचित
चैत २५, २०८० आइतबार
गीतकार खतिवडाको नयाँ कृति, हिन्दी गीतहरूको संग्रह “कैसा मन मस्ताना प्यारे"
चैत ८, २०८० बिहिबार
बाल चित्रपुस्तक ‘म उड्न सकेँ’ बजारमा
फागुन २८, २०८० सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
काठमाडौंमा सुन लुटपाट गर्ने दुई जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ ७, २०८१ सोमबार
आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार